काठमाडौं । स्ट्राइकर तथा कप्तान सावित्रा भण्डारीको ह्याट्रिकप्रेरित एएफसी एसियन कप छनोट प्रतियोगिताको समूह ‘एफ’मा रहेको नेपालले लगातार दोस्रो खेलमा फराकिलो जित हासिल गरेको छ ।
बुधबार उज्वेकिस्तानको राजधानी तास्केन्दस्थित मिली रंगशालामा सम्पन्न खेलमा समूह ‘एफ’को आफ्नो दोस्रो खेलमा नेपालले दक्षिण एसियाली प्रतिद्धन्द्धी श्रीलंकालाई ८–० ले निराश पार्यो । पहिलो खेलमा लाओसलाई ९–० ले हराएको नेपाल यो जितसँगै हालका लागि अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।
पहिलो हाफमा चार गोल गरेको नेपालले दोस्रो हाफमा पाँच गोल थपेको हो । नेपालका लागि सावित्राबाहेक गीता रानाले दुई तथा निशा थोकर, रेखा पौडेल र पुजा रानाले समान एक गोल गरे ।