कप्तान किरण चेमजोङ ब्रान्ड एम्बेसडरमा नियुक्त

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार १७ असार, २०८२
१ वर्षअघि

काठमाडौं। नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका कप्तान तथा गोलकिपर किरण चेम्जोङ आइटी सुत्र इन्कको ब्रान्ड एम्बेसडर नियुक्त भएका छन्।

संयुक्त राज्य अमेरिकामा मुख्यालय रहेको र ११ वर्षदेखि प्रविधि क्षेत्रमा नवप्रवर्तनकारी समाधानहरू प्रदान गर्दै आएको आईटी कन्सल्टिङ कम्पनीले किरणलाई ३ वर्षका लागि सोमबार आफ्नो ब्रान्ड एम्बेसडर नियुक्त गरेको हो।

Advertisement

सम्झौता ३० लाख रुपैयाँ बराबरको रहेको उल्लेख गर्दै आइटी सुत्रले यो सम्झौताले प्रविधि र खेलकुद दुई क्षेत्रलाई जोडेको बताइएको छ। कम्पनीको मुख्य उद्देश्य नेपाली प्राविधिक क्षमतालाई विश्व बजारमा प्रतिस्पर्धी बनाउनु रहेकोले किरणको प्रतिबद्धता, अनुशासन र अन्तर्राष्ट्रिय छविले कम्पनीको मिसनलाई थप बल पुर्‍याउने विश्वास लिएको बताइएको छ।

कम्पनीका सिइओ पंकज श्रेष्ठले सहकार्यबारे भने, ‘किरण चेम्जोङ खेलकुदको मैदानमा मात्रै होइन, हरेक नेपाली युवाका लागि प्रेरणाको स्रोत हुन्। उनको अटल समर्पण र विश्वास कम्पनीको मूल्य मान्यतासँग मेल खान्छ। यो केवल एउटा व्यावसायिक सम्झौता मात्र नभई नेपाली प्रतिभालाई प्रविधि र खेलकुद दुवै क्षेत्रमा अगाडि बढाउने हाम्रो साझा प्रतिबद्धता हो।’

सिइओ श्रेष्ठले यो साझेदारीले आइटी सुत्रका आगामी ब्रान्ड अभियान, युवा लक्षित तालिम कार्यक्रम, डिजिटल प्रस्तुति र सामाजिक पहलमा किरणको सक्रिय भूमिका निश्चित गर्ने बताए। आइटी सुत्र अमेरिकाको टेक्सासमा मुख्यालय रहेको एक आइटी परामर्श र स्टाफिङ कम्पनी हो।

कम्पनीको सफलताको प्रमुख आधार अमेरिकाका प्रतिष्ठित कम्पनीहरूमा १२ सय भन्दा बढी नेपाली प्राविधिकलाई अवसर प्रदान गर्नु रहेको बताइएको छ। किरण अहिले अमेरिका भ्रमणमा छन्। डेढ दशकभन्दा लामो समयदेखि राष्ट्रिय टोलीको गोलपोस्ट सम्हाल्दै आएका किरण राष्ट्रिय टोलीबाट १ सय खेल पूरा गर्ने पहिलो नेपाली खेलाडीको हुन्।

उनले भारत र माल्दिभ्सबाट व्यवसायीक फुटबल खेलेका छन्। घरेलु फुटबलमा थ्री स्टार क्लब, मच्छिन्द्र क्लब तथा नेपाल सुपर लिग अन्तर्गत धनगढी एफसीबाट प्रतिनिधित्व गरेका छन्।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
सामाजिक सञ्जाल नियमन गर्न छुट्टै कानुन ल्याउँदै सरकार, बालबालिकालाई उमेरगत प्रतिबन्धको तयारी
बुधबार १४ असोज, २०८३
इटहरीमा सीप तथा रोजगार मेला सुरु
बुधबार १४ असोज, २०८३
दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाउ आदेश
बुधबार १४ असोज, २०८३
महासभामा प्रधानमन्त्रीको सम्बोधन विश्वभर चर्चामा आयो : परराष्ट्रमन्त्री खनाल
बुधबार १४ असोज, २०८३
महाकालीको बाढीले दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुल भत्कियो
बुधबार १४ असोज, २०८३
चोलेन्द्रशमशेरलाई जेनजीबाट नभई अपरिचित समूहबाट थ्रेट आएको सरकारको स्पष्टीकरण
मङ्गलबार १३ असोज, २०८३
मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक, यस्ता छन् मुख्य निर्णय
मङ्गलबार १३ असोज, २०८३
कांग्रेस देउवा समूहमा प्रवेश गरे दीपक मनाङे
मङ्गलबार १३ असोज, २०८३
विराटनगरमा तासको खालमा प्रहरीको छापा, भागदौडमा एकको मृत्यु
मङ्गलबार १३ असोज, २०८३
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
मङ्गलबार १३ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०