राष्ट्रपति रनिङ शिल्डमा प्रथम हुने खेलाडीलाई प्रदेश सरकारले एक लाख दिने

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार २८ जेठ, २०८२
१ वर्षअघि

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले १५ औँ राष्ट्रपति रनिङ शिल्डमा प्रथम हुने कोशी प्रदेशका खेलाडीलाई १ लाख रकमसहित सम्मान गर्ने प्रतिबद्धता जनाएका छन् ।

विराटनगरस्थित कोशी प्रदेश खेलकुद विकास बोर्डमा १५ औँ राष्ट्रपति रनिङ शिल्डमा सहभागी हुने प्रदेशका खेलाडी बिदाई कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले प्रथम हुने खेलाडीलाई व्यक्तिगत, टिम स्पर्धामा प्रथम हुने टिमलाई १ लाख नगदसहित प्रशिक्षक र व्यवस्थापकलाई समेत उचित सम्मान गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको हो ।

Advertisement

मुख्यमन्त्री कार्कीले प्रदेश सरकारले खेलकुदलाई महत्व दिँदै सरकारको नीति तथा कार्यक्रममा आन्तरिक र बाह्य खेल प्रतियोगिता तथा अभ्यास गर्ने गरी ‘कोशी प्रदेश खेलग्राम’ निर्माणको योजना र तयारी गरेको बताए ।

उनले प्रदेशको सामाजिक विकास मन्त्रालयको नेतृत्वमा पूर्वाञ्चल विश्वविद्यालय र सुन्दरहरैँचा नगरपालिकाको सहकार्यमा खेलग्राम निर्माण हुने जानकारी दिए

त्यस्तै, बिदाई कार्यक्रममा बोल्दै प्रदेशका सामाजिक विकास मन्त्री तथा बोर्डका अध्यक्ष पाँचकर्ण राईले मौसमको प्रतिकूलता र छोटो समयको सूचना र अन्योलताको बाबजुद खेलाडी छनोट गर्न सफल भएको भन्दै खेलाडी तथा सरोकारवालाहरूलाई धन्यवाद व्यक्त गरे ।

मन्त्री राईले प्रदेश सरकारले खेलकुद क्षेत्रलाई महत्वको क्षेत्रको रूपमा लिएकोले खेलाडीहरूलाई निर्धक्क भएर खेल्न आग्रह गरे ।

खेलकुद विकास बोर्डका सदस्य सचिव कृष्ण बस्नेत (पर्शुराम)ले खेलाडीलाई प्रोत्साहन, सम्मान र सम्मानजनक वातावरणमा खेल खेल्ने माहोल उपलब्ध गराउने उद्देश्य साथ बोर्डले गतिविधि गरिरहेको बताए ।

बस्नेतले गत वर्षझैँ यस पटक पनि राष्ट्रपति रनिङ शिल्डमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी, प्रशिक्षक र व्यवस्थापक लगायतलाई सम्मान गर्ने योजना रहेको जानकारी दिए ।
उनले राष्ट्रपति रनिङ शिल्डको छनोट प्रतियोगितामा चोटिल भएका खेलाडीहरूको उपचारको सम्पूर्ण जिम्मा बोर्डले लिने समेत बताए ।

बस्नेतका अनुसार जेठ २८ देखि ३० गते सम्म काठमाडौँमा हुने १५ औँ राष्ट्रपति रनिङ शिल्डमा कोशी प्रदेशको प्रतिनिधित्व गर्दै खेलाडी, प्रशिक्षक र व्यवस्थापक गरेर ११५ जनाको सहभागिता रहने छ ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
सामाजिक सञ्जाल नियमन गर्न छुट्टै कानुन ल्याउँदै सरकार, बालबालिकालाई उमेरगत प्रतिबन्धको तयारी
बुधबार १४ असोज, २०८३
इटहरीमा सीप तथा रोजगार मेला सुरु
बुधबार १४ असोज, २०८३
दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाउ आदेश
बुधबार १४ असोज, २०८३
महासभामा प्रधानमन्त्रीको सम्बोधन विश्वभर चर्चामा आयो : परराष्ट्रमन्त्री खनाल
बुधबार १४ असोज, २०८३
महाकालीको बाढीले दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुल भत्कियो
बुधबार १४ असोज, २०८३
चोलेन्द्रशमशेरलाई जेनजीबाट नभई अपरिचित समूहबाट थ्रेट आएको सरकारको स्पष्टीकरण
मङ्गलबार १३ असोज, २०८३
मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक, यस्ता छन् मुख्य निर्णय
मङ्गलबार १३ असोज, २०८३
कांग्रेस देउवा समूहमा प्रवेश गरे दीपक मनाङे
मङ्गलबार १३ असोज, २०८३
विराटनगरमा तासको खालमा प्रहरीको छापा, भागदौडमा एकको मृत्यु
मङ्गलबार १३ असोज, २०८३
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
मङ्गलबार १३ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०