पूर्वप्रम नेपालविरुद्ध भ्रष्टाचार मुद्दा, यस्तो छ घटनाको नालीबेली

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार २४ जेठ, २०८२
१ वर्षअघि

काठमाडौँ । मुलुकमा बहुदलीय प्रजातन्त्रको पुनः स्थापनापछि पूर्वप्रधानमन्त्रीविरुद्ध पहिलोपटक अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गर्‍यो ।

आयोगले बिहीबार पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

भ्रष्टाचार मुद्दा दायर भएसँगै नेपालको सांसद पद स्वतः निलम्बन भएको छ । उनी रौतहट क्षेत्र नम्बर १ बाट निर्वाचित संघीय सांसद हुन् ।

पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनीलाई हदभन्दा बढी जग्गा किन्न, बेच्न तथा सट्टापट्टा गर्न अनुमति दिएको आरोपमा आयोगले विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको हो ।

आयोगले नेपाललाई १८ करोड ५८ लाख ५० हजार रुपियाँ बिगो दाबी तथा भ्रष्टाचार निवारण ऐन अनुसार कारबाहीको माग गरेको छ ।

आयोगका अनुसार पूर्वप्रधानमन्त्री नेपालको ठाडो आदेशमा उक्त कम्पनीले हदबन्दीभन्दा बढी जग्गा कम मूल्यमा किनेर बढी मूल्यमा बेचबिखन गरेको अनुसन्धानबाट पुष्टि भएको छ ।

भूमिसम्बन्धी ऐन, २०२१ को दफा ७ मा भित्री मधेशमा १० बिघा, काठमाडौँ उपत्यकामा २५ रोपनी तथा सम्पूर्ण पहाडी क्षेत्रमा ७० रोपनीभन्दा बढी जग्गा राख्न नपाइने उल्लेख छ ।

भूमिसम्बन्धी ऐन, २०२१ मा कुनै उत्पादनमूलक उद्योग वा व्यवसाय गर्न सरकारले हदबन्दीमा छुट हुने गरी जग्गा राख्ने सुविधाको व्यवस्था छ तर त्यसरी सुविधामा खरिद गरेको जग्गा बिक्री गर्न पाइँदैन ।

हदबन्दी छुटमा पाएको जग्गा सरकारले नै बिक्री गर्न अनुमति दिएपछि प्रश्न उठेको थियो ।

उक्त कम्पनीले काभे्रका विभिन्न ठाउँमा कानुनविपरीत ५५४ रोपनी पाँच आना एक पैसा जग्गा खरिद गरेको र यसरी खरिद गरिएको जग्गालाई पूर्वप्रधानमन्त्री नेपालको ठाडो प्रस्तावमा मन्त्रिपरिषद्ले बिक्री तथा सट्टापट्टा गर्न स्वीकृति दिने निर्णय गरेको आयोगले जनाएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा ४ मा मन्त्रीपरिषद्ले गरेको नीतिगत निर्णयमा आयोगले कुनै कारबाही नगरिने उल्लेख छ तर आयोगका प्रवक्ता राजेन्द्र पौडेलले प्रधानमन्त्री नेपालको ठाडो प्रस्तावमा भएको निर्णयलाई नीतिगत निर्णय भन्न नमिल्ने बताए ।

यस कार्यमा संलग्न रहेको आरोपमा आयोगले पूर्वप्रधानमन्त्री नेपालसहित मन्त्रीपरिषद् अन्तर्गतको विधेयक समितिका संयोजकसमेत रहेका तत्कालीन कानुन तथा न्यायमन्त्री प्रेमबहादुर सिंह, तत्कालीन भूमिसुधार तथा व्यवस्थामन्त्री डम्बर श्रेष्ठ, सरकारका पूर्वमुख्यसचिव माधवकुमार घिमिरे, भूमिसुधार तथा व्यवस्था मन्त्रालयका तत्कालीन सचिव छविराज पन्त, सहसचिवहरू जितबहादुर थापा र लालमणि जोशीविरुद्ध पनि मुद्दा दायर गरेको छ ।

मुद्दा दायर गरिएकामध्ये तत्कालीन मन्त्री श्रेष्ठ र पूर्वमुख्यसचिव माधव घिमिरेको निधन भइसकेको छ ।

उनीहरूसँगै मालपोत कार्यालय, काभ्रेपलाञ्चोकका कर्मचारी, गुठी संस्थान, शाखा कार्यालय काभ्रेपलाञ्चोकका कर्मचारी, सनराइज बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत तथा अन्य कर्मचारी/पदाधिकारी, भूमिसुधार तथा व्यवस्थापन विभागका कर्मचारी, भूमिसुधार तथा व्यवस्था मन्त्रालयका कर्मचारी र पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनी नेपालका प्रतिनिधि शालिग्राम सिंहसहित ९३ जनालाई प्रतिवादी बनाइएको छ ।

यता, नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) को बैठकले पार्टी अध्यक्ष माधवकुमार नेपाललाई प्रतिशोधपूर्ण तरिकाले मुद्दा दायर गरिएको निष्कर्ष निकालेको छ ।

पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बिहीबार बसेको पदाधिकारी बैठकले राजनीतिक रूपमा षड्यन्त्रपूर्वक अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट मुद्दा लगाइएकाले राजनीतिक र कानुनी रूपमा प्रतिवाद गर्ने निर्णय गरेको हो ।

एकीकृत समाजवादीका उपाध्यक्ष प्रकाश ज्वालाले राजनीतिक रूपमा पूर्वाग्रह राखेर भ्रष्टाचारको मुद्दा लगाएको दाबी गरे ।

घटना के हो ?

पतञ्जली आयुर्वेद कम्पनी नेपाल कम्पनी ऐन, २०६३ बमोजिम आवश्यक कागजपत्रसमेत पेस नगरी विदेशी व्यक्तिसमेत सञ्चालक बसी मुनाफारहित संस्थाका रूपमा स्थापना भएको थियो ।

आयोगले विशेष अदालतमा दायर गरेको आरोपपत्र अनुसार उक्त कम्पनीका सदस्य रहेका सिंहको मिलेमतोमा २०६६ माघ १८ गते अघि नै काभे्रको विभिन्न ठाउँमा ५५४ रोपनी पाँच आना एक पैसा जग्गा खरिद गरिएको थियो ।

आफूसमेतका प्रतिवादीहरूलाई लाभ हुने गरी अन्य सरकारी सार्वजनिक पद धारण गरेका व्यक्तिहरूसँगको मिलेमतो तथा योजनामा भूमिसम्बन्धी ऐन, २०२१ को दफा ७ र दफा ८ ले तोकिदिएको अधिकतम हदबन्दीभन्दा बढीको जग्गा खरिद गरेको देखिएको आयोगका प्रवक्ता पौडेलले बताए ।

हदबन्दीभन्दा बढी जग्गा खरिद गरेको तथा उक्त जग्गा कम मूल्यमा किनेर बढी मूल्यमा बेचबिखन गरेको सम्बन्धमा उजुरी परेको थियो ।

यस विषयमा अनुसन्धान गर्न सार्वजनिक लेखा समितिले समेत आयोगलाई निर्देशन दिएको थियो ।

आयोगका अनुसार हाल नाम परिवर्तन भई पतञ्जली योगपीठ नामकरण भएको उक्त संस्था मुनाफा वितरण नगर्ने प्रकृतिको कम्पनीका रूपमा स्थापित छ ।

उक्त कम्पनीका संस्थापक सदस्य सिंहसमेतले उक्त कम्पनीको उद्देश्यको प्रतिकूल हुने गरी जग्गा किनेका थिए ।

कानुनविपरीत किनेको हदभन्दा बढी जग्गा सोही ऐनको दफा ११ बमोजिम जफत गरेर सार्वजनिक कायम हुनुपर्नेमा बदनियतपूर्वक किनबेच गरेर ठुलो आर्थिक लाभ लिएको आयोगले दाबी गरेको छ ।

यसरी जग्गा किनबेचको निर्णय गराउँदा काभ्रेपलाञ्चोकको सुरु तहको कार्यालयदेखि नेपाल सरकार (मन्त्रीपरिषद्) सम्मबाट विभिन्न गैरकानुनी निर्णय गराएको देखिएको प्रवक्ता पौडेलले बताए ।

यसरी खरिद गरिएको जग्गा खरिद कार्य कानुनसम्मत देखिएको भनी निर्णय गराउन सुरुमा २०६६ पुस २९ गतेको मन्त्रीपरिषद्को बैठकमा पेस गरिएको थियो ।

उक्त प्रस्ताव मन्त्रीपरिषद् अन्तर्गतको विधेयक समितिमा पठाउने र सोही समितिबाट हुने निर्णयबमोजिम गरिने निर्णय २०६६ पुस २९ गतेको मन्त्रीपरिषद्को बैठकले गरेको थियो ।

मन्त्रीपरिषद्ले दिएको अधिकार अनुसार विधेयक समितिको संयोजक रहेका मन्त्री सिंहले २०६६ माघ १८ गते हदबन्दीभन्दा बढी जग्गालाई वैधानिकता दिने गरी हदबन्दी छुटको निर्णय गरेका थिए ।

उक्त निर्णय कार्यान्वयनका लागि मालपोत कार्यालय काभ्रेमा २०६६ चैत २४ गते पत्राचार गरिएको थियो ।

तर, यसअघि नै तत्कालीन प्रधानमन्त्री नेपालको ठाडो निर्देशनमा २०६६ चैत ६ गतेको मन्त्रीपरिषद्को बैठकले २०६६ माघ १८ अघि नै किनेको जग्गा बिक्री तथा सट्टापट्टा गर्न स्वीकृति दिने निर्णय गरेको देखिएको आयोगको आरोपपत्रमा उल्लेख छ ।

मन्त्रीपरिषद्को सोही निर्णयबमोजिम तत्कालीन मुख्यसचिव माधव घिमिरेले निर्णय कार्यान्वयनका लागि सम्बन्धित निकायलाई पत्राचार गरेका थिए ।

तर, मन्त्रीपरिषद्ले निर्णय गर्नुअघि नै अर्थात् २०६५ फागुन १५ मा सनराइज बैंकबाट हदबन्दीभन्दा बढी जग्गा धितो दृष्टिबन्धक गराई कर्जा प्रवाह गराएको समेत देखिएको छ ।

यसरी बदनियतपूर्वक कर्जा प्रवाह गराएको आरोपमा आयोगले उक्त बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत किशोर महर्जनसहित १३ जनालाई प्रतिवादी बनाएको छ ।

आयोगले प्रतिवादीको कसुर अनुसार फरक फरक बिगो, जरिबाना र कारबाहीको माग गरेको छ ।

प्रकाशित समय: शुक्रबार २४ जेठ, २०८२, ०६:४०:१३

सम्बन्धित खबर

बाढी–पहिरोबाट क्षतिग्रस्त संरचनाको अध्ययनमा १५० भन्दा बढी इन्जिनियर परिचालन

शुक्रबार ९ असोज, २०८३
१६ घण्टाअघि

 सप्तकोशीमा जलसतह बढ्यो, कोशी ब्यारेजका ३१ ढोका खोलिए

शुक्रबार ९ असोज, २०८३
१७ घण्टाअघि

आईसीसी टी–२० वरियतामा नेपाल दुई स्थान माथि, १४औँ स्थानमा उक्लियो

शुक्रबार ९ असोज, २०८३
१९ घण्टाअघि

एसियाली खेलकुद : अफगानिस्तानलाई ५ विकेटले हराउँदै नेपालको विजयी सुरुवात

शुक्रबार ९ असोज, २०८३
१९ घण्टाअघि

प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित, तुम्लिङटार र भरतपुरका उडान रद्द

शुक्रबार ९ असोज, २०८३
२१ घण्टाअघि

बाढी–पहिरोले बीपी राजमार्ग अवरुद्ध, धुलिखेलमा सवारीसाधन होल्ड

शुक्रबार ९ असोज, २०८३
२३ घण्टाअघि
बाढी–पहिरोबाट क्षतिग्रस्त संरचनाको अध्ययनमा १५० भन्दा बढी इन्जिनियर परिचालन
शुक्रबार ९ असोज, २०८३
 सप्तकोशीमा जलसतह बढ्यो, कोशी ब्यारेजका ३१ ढोका खोलिए
शुक्रबार ९ असोज, २०८३
आईसीसी टी–२० वरियतामा नेपाल दुई स्थान माथि, १४औँ स्थानमा उक्लियो
शुक्रबार ९ असोज, २०८३
एसियाली खेलकुद : अफगानिस्तानलाई ५ विकेटले हराउँदै नेपालको विजयी सुरुवात
शुक्रबार ९ असोज, २०८३
प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित, तुम्लिङटार र भरतपुरका उडान रद्द
शुक्रबार ९ असोज, २०८३
सुनको मूल्य घट्यो, तोलाको २ लाख ९८ हजार ६ सयमा कारोबार
शुक्रबार ९ असोज, २०८३
बाढी–पहिरोले बीपी राजमार्ग अवरुद्ध, धुलिखेलमा सवारीसाधन होल्ड
शुक्रबार ९ असोज, २०८३
एसियन गेम्स : महिला कबड्डीमा भारतसँग पराजित हुँदै नेपालले जित्यो कास्य
शुक्रबार ९ असोज, २०८३
‘हामीले सिर्जना नै नगरेको संकटको मूल्य चुकाइरहेका छौँ’
शुक्रबार ९ असोज, २०८३
भारी वर्षा र हिमपातको जोखिमपछि मनाङका उच्च हिमाली क्षेत्रमा पदयात्रा रोक
बिहिबार ८ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०