क्रिकेट फर इक्वालिटीअन्तर्गत कोशी र मधेश प्रदेशमा क्रिकेट उपकरण सामग्री हस्तान्तरण

शब्द एक्स्प्रेस संवाददाता
बुधबार २२ जेठ, २०८२
१ वर्षअघि

विराटनगर । नेपाल क्रिकेट फाउण्डेसनले कोशी प्रदेश क्रिकेट संघ र मधेश प्रदेश क्रिकेट संघको सहकार्यमा ‘क्रिकेट फर इक्वालिटी’ परियोजना अन्तर्गत प्रदेशस्तरीय “क्रिकेट उपकरण हस्तान्तरण कार्यक्रम आयोजना गरेको छ ।

परियोजना अन्तर्गत मधेश प्रदेशको सिरहा र कोशी प्रदेशको उदयपुर र सुनसरी जिल्लामा कार्यक्रम सम्पन्न आयोजना गरेको हो । कार्यक्रम अन्तर्गत हस्तान्तरण गरिएका क्रिकेट उपकरणहरूमा “हार्ड बल र सफ्ट बल क्रिकेट”दुबैलाई मध्यनजर गर्दै विविध उपकरणहरू प्रदान गरिएको थियो । क्रिकेट उपकरणमा क्रिकेट ब्याट, हेल्मेट, प्याड, ग्लोभ्स, लेदर बल, टेनिस बल, स्टम्प, कोन्स तथा किट ब्यागहरू समावेश थिए ।

सिरहाको हस्तान्तरण कार्यक्रममा मधेश प्रदेश क्रिकेट संघका अध्यक्ष सुनिल महासेठ, सचिव आयुष श्रेष्ठ तथा सिरहा जिल्ला क्रिकेट संघका सचिव बिकल बिष्टको उपस्थितिमा नेपाल क्रिकेट फाउण्डेसनका संस्थापक अभिषेक श्रेष्ठले क्रिकेट उपकरण हस्तान्तरण गरे । उदयपुरे हस्तान्तरण कार्यक्रममा उदयपुर जिल्ला क्रिकेट संघका अध्यक्षअ लविन बस्नेतको प्रमुख आतिथ्यमा सम्पन्न भयो ।

सुनसरीको हस्तान्तरण कार्यक्रममा कोशी प्रदेश क्रिकेट संघका अध्यक्ष सर्बजीतराज पाण्डे, सुनसरी जिल्ला क्रिकेट संघका उपाध्यक्ष सञ्जीव ढुंगाना तथा सचिव गोबिन्दप्रसाद पौडेलको सहभागितामा नेपाल क्रिकेट फाउण्डेसनका संस्थापक अभिषेक श्रेष्ठले क्रिकेट उपकरण हस्तान्तरण गरे ।

यस परियोजनाको उद्देश्य दुबै प्रदेशमा क्रिकेटको पहुँच र समानता सुनिश्चित गर्नु रहेको फाउण्डेसनका संस्थापक श्रेष्ठले बताए । परियोजनाको विद्यालय, ग्रामिण क्षेत्र र पिछडिएको समुदायमा खेलको पहुँच विस्तार गर्दै युवा प्रतिभालाई पहिचान गर्न केन्द्रित छ।

फाउण्डेसनका संस्थापक श्रेष्ठ र कोशी प्रदेश क्रिकेट संघका अध्यक्ष पाण्डले, “क्रिकेट खेल मात्र होइन, सामाजिक रूपान्तरणको साधन रहेको बताए । हामी आधारभूत संरचनालाई मजबुत पार्दै, समाजका सबै तहका युवालाई समान अवसर दिने अभियानमा रहेको फाउण्डेसनका संस्थापक श्रेष्ठले बताए ।

कोशी र मधेश प्रदेशमा खेलको पहुँच बढाउनु हाम्रो साझा जिम्मेवारी रहेको उनले बताए । यो अभियान आगामी दिनमा अन्य प्रदेश र जिल्ला क्रिकेट संघ सङको सहकार्यमा विस्तार गर्ने लक्ष्यसहित अगाडि बढाउँने फाउण्डेसनका संस्थापक श्रेष्ठले बताए । यस्तो अवसरले खेलमा सहभागिता मात्र नभई सामाजिक समावेशिता र नेतृत्व क्षमतामा पनि सकारात्मक परिवर्तन ल्याउनेछ” उनले भने ।

प्रकाशित समय: बुधबार २२ जेठ, २०८२, १८:४८:३६
कोशीमा कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लियो
बुधबार ३ भदौ, २०८३
सांसद–मन्त्रीबीच दूरी बढेपछि रवि लामिछानेले बोलाए छलफल
बुधबार ३ भदौ, २०८३
आजदेखि देशभर म्यानपावर कम्पनी बन्द
सोमबार १ भदौ, २०८३
भारतीय स्थलसेनाध्यक्ष जनरल धीरज सेठ आज नेपाल आउँदै
आईतबार ३१ साउन, २०८३
सुदूरपश्चिममा एमालेका तीन मन्त्री र एक राज्यमन्त्रीले शपथ लिए
शुक्रबार २९ साउन, २०८३
सुदूरपश्चिममा खगराज भट्ट मुख्यमन्त्री नियुक्त
शुक्रबार २९ साउन, २०८३
धवलशमशेरसँग कुरा नमिलेपछि दुर्गा प्रसाईंले छुट्टै पार्टी खोल्ने
शुक्रबार २९ साउन, २०८३
पत्रकार किशोर श्रेष्ठलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति
बिहिबार २८ साउन, २०८३
विराटनगरका ७ आँखा अस्पतालमा मोरङ प्रशासनको तालाबन्दी 
बिहिबार २८ साउन, २०८३
बुढीगङ्गामा सप्ताहव्यापी अन्तर्राष्ट्रिय युवा दिवस, युवा संवाददेखि रक्तदानसम्मका कार्यक्रम
बिहिबार २८ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०