नेपाल र स्कटल्यान्ड भिड्दै, नेपाललाई पुनरागमन आवश्यक

शब्द एक्स्प्रेस संवाददाता
सोमबार २० जेठ, २०८२
१ वर्षअघि

विराटनगर । आइसिसी विश्वकप लिग–२ अन्तर्गत नेपालले सोमबार स्कटल्यान्डविरुद्ध उसैको मैदानमा खेल्दै छ ।

अंक तालिकामा कमजोर बन्दै गएको नेपाल र स्कटल्यान्डबीचको खेल अपरान्ह्र ३:४५ बजे सुरु हुने छ ।

Advertisement

नेपाल, स्कटल्यान्ड र नेदरल्यान्ड्स सम्मिलित त्रिदेशीय यस सिरिजमा नेपाल लामो समयपछि फर्किएको हो ।

सात महिनापछि लामो ढाँचाको सिरिजमा फर्किएको नेपाललाई लिग–२ मा टिकिराख्न आगामी खेलहरू चुनौतीपूर्ण रहेको छ ।

त्यसैले सोमबार स्कटल्यान्डविरुद्धको खेल नेपालका लागि अग्निपरीक्षा नै हुने छ ।

नेपालले यसअघि लिग–२ अन्तर्गत २०२४ को नोभेम्बरमा अमेरिकामा नेपाल, अमेरिका र स्कटल्यान्ड सम्मिलित सिरिज खेलेको थियो ।

यस सिरिज नेपाली टोलीका मुख्य प्रशिक्षक स्टुआर्ट ललाई नेपालको प्रशिक्षण सम्हाल्ने अवसर पनि सुरु भएको छ ।

त्यसैले प्रशिक्षक लका लागि पनि यो खेल अग्नि परीक्षा हुने छ । नेपाल र स्कटल्यान्डबिच यसअघि भएका भिडन्तमा नेपाल बलियो देखिएको छ ।

यसअघि भएका आठ एक दिवसीय खेलमा नेपाले चार जित र स्कटल्यान्डले तीन जित निकालेको छ ।

एक खेल भने रद्द भएको थियो । सोमबारदेखि लिग–२ खेल्नुअघि नेपालले स्कटल्यान्डको ‘ए’ टिमसँग दुई वटा अभ्यास खेल खेल्ने मौका पाएको थियो ।

जसअन्तर्गत नेपाल पहिलो खेलमा स्कटल्यान्डसँग १०२ रनले पराजित भयो भने आइतबारका लागि तय भएको दोस्रो खेल वर्षाका कारण रद्द भएको थियो ।

लिग–२ मा अहिले आठ टोलीबिच प्रतिस्पर्धा भइरहेको छ । यो सन् २०२७ मा आयोजना हुने आइसिसी एकदिवसीय विश्वकप छनोटको सिरिज पनि हो ।

सिरिजको शीर्ष चारमा रहने टोलीले विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउने छ । अन्तिम चारमा रहने टोलीले प्लेअफ खेल्नुपर्ने हुन्छ ।

नेपाल अहिले लिग–२ मा १२ खेलबाट ६ अंक जोड्दै तालिकाको अन्तिममा छ । १६ खेल सकेको स्कटल्यान्ड २० अंकसहित चौथो र २० खेल सकेको नेदरल्यान्ड्स २६ अंकसहित दोस्रो स्थानमा छ ।

यस्तै शीर्षस्थानमा रहेको अमेरिकाको २० खेलबाट २८, तेस्रो स्थानमा रहेको ओमानको २४, पाँचौँ स्थानमा रहेको क्यानाडाको २० खेलबाट २०, छैटौँ स्थानमा रहेको नामिबियाको २० खेलबाट १४ र सातौँ स्थानमा रहेको संयुक्त अरब इमिरेट्स (युएई) को १६ खेलबाट ६ अंक छ ।

नेपाले यस सिरिजको पहिलो खेल सोमबार स्कटल्यान्ड, बुधबार नेदरल्यान्ड्स, आइतबार स्कटल्यान्ड र मंगलबार नेदरल्यान्ड्ससँग खेल्ने छ ।

त्यसपछि तीन टोलीबीच टी–२० सिरिज हुने छ ।

सिरिजका लागि नेपाल क्रिकेट संघ (क्यान) ले यसअघिनै रोहितकुमार पौडेलको कप्तानीमा नेपाली टोलीको घोषणा गरिसकेको छ ।

सिरिजका लागि क्यानले हालै दक्षिण अफ्रिकाका निक पोथासलाई कन्सल्ट्यान्ट प्रशिक्षकको रूपमा नियुक्त गरेको छ ।

नेपालको टिम : राेहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान), गुल्सनकुमार झा, आसिफ शेख, करण केसी, सोमपाल कामी, कुशल भुर्तेल, ललितनारायण राजवंशी, अनिलकुमार साह, सन्दीप लामिछाने, भीम सार्की, आरिफ शेख, बसिर अहमद, नन्दन यादव र रिजन ढकाल

 

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
सामाजिक सञ्जाल नियमन गर्न छुट्टै कानुन ल्याउँदै सरकार, बालबालिकालाई उमेरगत प्रतिबन्धको तयारी
बुधबार १४ असोज, २०८३
इटहरीमा सीप तथा रोजगार मेला सुरु
बुधबार १४ असोज, २०८३
दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाउ आदेश
बुधबार १४ असोज, २०८३
महासभामा प्रधानमन्त्रीको सम्बोधन विश्वभर चर्चामा आयो : परराष्ट्रमन्त्री खनाल
बुधबार १४ असोज, २०८३
महाकालीको बाढीले दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुल भत्कियो
बुधबार १४ असोज, २०८३
चोलेन्द्रशमशेरलाई जेनजीबाट नभई अपरिचित समूहबाट थ्रेट आएको सरकारको स्पष्टीकरण
मङ्गलबार १३ असोज, २०८३
मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक, यस्ता छन् मुख्य निर्णय
मङ्गलबार १३ असोज, २०८३
कांग्रेस देउवा समूहमा प्रवेश गरे दीपक मनाङे
मङ्गलबार १३ असोज, २०८३
विराटनगरमा तासको खालमा प्रहरीको छापा, भागदौडमा एकको मृत्यु
मङ्गलबार १३ असोज, २०८३
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
मङ्गलबार १३ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०