प्रथम कोशी प्रदेश कुस्ती प्रतियोगिताको उपाधि मोरङलाई

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार ९ जेठ, २०८२
१ वर्षअघि

झापा । झापास्थित गौरादहमा सम्पन्न प्रथम कोशी प्रदेश स्तरीय कुस्ती प्रतियोगिताको उपाधि मोरङले जितेको छ । जेठ ४ देखि ६ गते सम्म गौरादह कभर्ड हलमा सम्पन्न प्रतियोगिताको विभिन्न तौल समूहमा ९ पदकसहित मोरङले उपाधि जितेको हो ।

प्रतियोगितामा ९ पदकसहित मोरङ प्रथम हुँदा ५ पदकसहित झापा दोस्रो र ३ पदकसहित सुनसरी तेस्रो भएको छ ।

Advertisement

प्रतियोगितामा महिला तर्फ मोरङले विभिन्न तौल समूहमा ५ पदक जितेको हो ।

मोरङका लागि ५० केजी तौलमा चानमुनी हेमरम, ५५ केजीमा सुनिता कुमारी साह, ५७ केजीमा सुप्रिया कार्की, ७२ केजीमा प्राप्ती ठाकुर र ७६ केजी समूहमा सुस्मिता राजवंशीले पदक जित्नु भएको थियो ।

महिला समूहको ५३ केजी तौल समूहमा सुनसरीकी प्रियंका सरदार, ६२ केजीमा झापाकी प्रतिमा साह, ६५ केजीमा ताप्लेजुङकी ज्योति इवारम प्रथम भएकी थिइन् ।

महिला तर्फ प्रतियोगिताको उत्कृष्ट खेलाडी मोरङकी सुप्रिया कार्की भइन् ।

प्रतियोगिताको पुरुष तर्फ ५७ केजी तौल समूहमा झापाका फुर्वा लामा शेर्पा, ६१ केजीमा सुनसरीका नितेश कुमार यादव, ६५ केजीमा मोरङका विकास राजवंशी, ७० केजीमा मोरङका सविन राजवंशी, ७४ केजीमा झापाका सुमन श्रेष्ठ प्रथम  भए ।

त्यस्तै, पुरुष तर्फ ७९ केजीमा झापाका संगम मुण्डा, ८६ केजीमा दुर्गानन्द यादव, ९२ केजीमा मोरङका जयप्रकाश साह, ९७ केजीमा झापाका रिजन श्रेष्ठ र १२५ केजीमा मोरङका इन्द्र राजवंशी प्रथम भए ।

पुरुषतर्फको उत्कृष्ट खेलाडी झापाका फुर्वा लामा शेर्पा हुनुभएको जिल्ला खेलकुद विकास समिति झापाका कार्यलय प्रमुख विष्णु नेम्वाङले जानकारी दिए ।

प्रतियोगिताको विजयी खेलाडी र टिमलाई कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव कृष्ण बस्नेत(पर्शुराम), जिल्ला खेलकुद विकास समिति झापाका अध्यक्ष भेषराज भण्डारी(प्रशान्त) लगायतले ट्रफी, मेडल र प्रमाणपत्र हस्तान्तरण गरेका थिए ।

जिल्ला खेलकुद विकास समिति झापाको आयोजनामा सम्पन्न प्रतियोगितामा कोशी प्रदेशको ४ जिल्लाको सहभागिता थियो ।

कोशी प्रदेश खेलकुद विकास बोर्डले संयोजन गरेको प्रतियोगिताको प्राविधिक सहयोगी नेपाल कुस्ती संघ रहेको थियो ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
दुहबीमा पालिकास्तरीय स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा सुरु
बिहिबार १५ असोज, २०८३
विराटनगर महानगर कांग्रेस सभापतिमा कृष्ण कार्की निर्वाचित
बिहिबार १५ असोज, २०८३
पोखराको फिर्केखोला किनारमा फेरि डोजर चलाइयो
बिहिबार १५ असोज, २०८३
संघीय संसदका दुवै सदनको चालु अधिवेशन अन्त्य
बिहिबार १५ असोज, २०८३
अब ज्यालादारी र करारमा कर्मचारी नियुक्त गर्न नपाइने
बिहिबार १५ असोज, २०८३
भारतीय राजदूत श्रीवास्तव आजै फर्किँदै
बिहिबार १५ असोज, २०८३
बाढीपहिरोले क्षति पुर्‍याएको बेनी–जोमसोम सडक मर्मत सुरु
बिहिबार १५ असोज, २०८३
सामाजिक सञ्जाल नियमन गर्न छुट्टै कानुन ल्याउँदै सरकार, बालबालिकालाई उमेरगत प्रतिबन्धको तयारी
बुधबार १४ असोज, २०८३
इटहरीमा सीप तथा रोजगार मेला सुरु
बुधबार १४ असोज, २०८३
दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाउ आदेश
बुधबार १४ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०