सदस्य सचिव बस्नेतले गरे खेलकुद संरचनाको अनुगमन

शब्द एक्स्प्रेस संवाददाता
बुधबार १ जेठ, २०८२
१ वर्षअघि

विराटनगर । कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव कृष्ण बस्नेत (पर्शुराम) ले खोटाङ जिल्लाको खेलकुद विकास समितिको कार्यालय तथा जिल्लामा रहेको खेलकुद संरचनाहरुको अनुगमन तथा निरीक्षण गरेका छन् ।

कोशी प्रदेशको विभिन्न जिल्लाहरुको खेलकुद समिति मातहतको कार्यालय तथा खेलकुदको संरचनाको अनुगमन तथा खेलक्षेत्रका सरोकारवालाहरूसँग अन्तरक्रियाको क्रममा बस्नेत खोटाङ पुगेका छन् ।

Advertisement

बस्नेतले जिल्लामा उपलब्ध खेलक्षेत्र, निजी क्षेत्रमा आवद्ध व्यक्तिहरुसँग अन्तरक्रिया समेत गरेको खेलकुद विकास बोर्डका कार्यालय प्रमुख कालिदास भट्टराईले जानकारी दिए ।

खोटाङ जिल्ला भ्रमणको क्रममा सदस्य सचिव बस्नेतले जिल्ला खेलकुद विकास समितिको कार्यालय तथा खोटाङ बहुउद्देश्यीय कभर्डहल लगायतको संरचनाको अनुगमन तथा निरीक्षण गरेका छन् ।

त्यस्तै, अन्तरक्रियाको क्रममा जिल्ला विकास खेलकुद समिति खोटाङका अध्यक्ष महेश राईले जिल्लामा रहेको कभर्डहलको स्तरोन्नति र विकास समितिको कार्यालयको निर्माणलाई प्राथिमिकतामा राख्न बोर्डसँग आग्रह गरेका थिए ।

सदस्य सचिव बस्नेतले अन्तरक्रियाको क्रममा प्रदेश भरिबाटै खेलकुद संरचनाको निर्माण र सुधारका लागि बजेट माग आएकोले खेलकुद क्षेत्रलाई हालको सीमित बजेट भन्दा थप बजेट मागको लागि मुख्यमन्त्री , आर्थिक मामिला तथा योजना मन्त्री र सामाजिक विकास मन्त्रीसँग पहल गरिरहेको बताए ।

उनले खेलकुद क्षेत्रको विकास राज्यको लगानीले मात्रै पर्याप्त नहुने बताउँदै निजी क्षेत्रको समेत साथ-सहयोगको अपेक्षा बोर्डले गरेको धारणा समेत व्यक्त गरेका थिए ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
सामाजिक सञ्जाल नियमन गर्न छुट्टै कानुन ल्याउँदै सरकार, बालबालिकालाई उमेरगत प्रतिबन्धको तयारी
बुधबार १४ असोज, २०८३
इटहरीमा सीप तथा रोजगार मेला सुरु
बुधबार १४ असोज, २०८३
दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाउ आदेश
बुधबार १४ असोज, २०८३
महासभामा प्रधानमन्त्रीको सम्बोधन विश्वभर चर्चामा आयो : परराष्ट्रमन्त्री खनाल
बुधबार १४ असोज, २०८३
महाकालीको बाढीले दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुल भत्कियो
बुधबार १४ असोज, २०८३
चोलेन्द्रशमशेरलाई जेनजीबाट नभई अपरिचित समूहबाट थ्रेट आएको सरकारको स्पष्टीकरण
मङ्गलबार १३ असोज, २०८३
मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक, यस्ता छन् मुख्य निर्णय
मङ्गलबार १३ असोज, २०८३
कांग्रेस देउवा समूहमा प्रवेश गरे दीपक मनाङे
मङ्गलबार १३ असोज, २०८३
विराटनगरमा तासको खालमा प्रहरीको छापा, भागदौडमा एकको मृत्यु
मङ्गलबार १३ असोज, २०८३
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
मङ्गलबार १३ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०