विराटनगरमा विराट फुटसल च्याम्पियनसिप प्रतियोगिता हुँदै

शब्द एक्स्प्रेस संवाददाता
बुधबार १० ब‌ैशाख, २०८२
१ वर्षअघि

विराटनगर । कोशी प्रदेशको राजधानी विराटनगरमा विराट फुटसल च्याम्पियनसिप-२०८२ हुने भएको छ ।

मन्जिना फाउन्डेसन नेपालको आयोजना र कोशी प्रदेश खेलकुद विकास बोर्डको संयोजनमा वैशाख २२ गते देखि प्रतियोगिता सुरु हुने भएको हो ।

Advertisement

प्रतियोगितामा कोशी प्रदेशका ५ जिल्लाको सहभागिता रहने मन्जिना फाउन्डेसनका अध्यक्ष जतिन ताम्राकारले बताए ।

ताम्राकारका अनुसार प्रतियोगितामा मोरङ , झापा , सुनसरी , धनकुटा र उदयपुरको जिल्ला टिमको सहभागिता रहने छ ।

युवापुस्तामा पछिल्लो समय फुटसलको क्रेज रहेको र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा समेत फुटसल खेलमा सम्भावना देखिएकोले प्रतियोगिता आयोजना गर्न लागिएको ताम्राकारले प्रष्ट पारे ।

ताम्राकारले फाउन्डेसनले यसभन्दा अघि कर्पोरेट फुटसल प्रतियोगिता आयोजना गरिसकेको बताउँदै जिल्लास्तरीय टोलीको सहभागितामा भने पहिलोपटक प्रतियोगिता आयोजना गर्न लागेको जानकारी दिए ।

प्रतियोगितामा पहिलो हुने टोलीलाई ३१ हजार नगदसहित ट्रफी, मेडल र दोस्रो हुने टोलीलाई २१ हजार नगद ट्रफी, मेडल प्रदान गरिने छ ।

प्रतियोगिताको सम्पूर्ण खेल विराटनगरस्थित जम्बोरे फुटसलको कोर्टमा हुनेछ ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
राष्ट्रपति पौडेलद्वारा मैतीदेवी मन्दिरमा पूजाअर्चना
मङ्गलबार ४ कार्तिक, २०८३
रवि र सुशील भट्टको पक्राउमा फरक मापदण्ड अपनाइएको महेश बस्नेतको आरोप
सोमबार ३ कार्तिक, २०८३
नेपालको कप्तान
शीर्ष ६ मा उक्लिन नेपाललाई जित्नैपर्ने दबाब, निर्णायक खेलमा ओमानसँग भिड्दै
सोमबार ३ कार्तिक, २०८३
बाढीपहिरोको क्षतिपछि कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
आईतबार २ कार्तिक, २०८३
नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’
आईतबार २ कार्तिक, २०८३
३ हजारको फेन्सी सामान किनेकी नुवाकोटकी सन्तमायाले जितिन् १० लाख
आईतबार २ कार्तिक, २०८३
जेनजी आन्दोलनका बेला नख्खु कारागारबाट भागेका कैदी सुन्दरीजलबाट पक्राउ
आईतबार २ कार्तिक, २०८३
इनरुवाको घरबाट झन्डै एक टन गाँजा बरामद, चार जना प्रहरी नियन्त्रणमा
आईतबार २ कार्तिक, २०८३
जुम्लामा न्यूनतम तापक्रम माइनस ०.५ डिग्रीमा झर्‍यो
आईतबार २ कार्तिक, २०८३
जीबी राईको अडियोबारे हर्क साम्पाङको आशंका, ‘अर्को विषयबाट ध्यान मोड्ने प्रयास हुन सक्छ’
आईतबार २ कार्तिक, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०