विराटनगरमा विराट फुटसल च्याम्पियनसिप प्रतियोगिता हुँदै

शब्द एक्स्प्रेस संवाददाता
बुधबार १० ब‌ैशाख, २०८२
१ वर्षअघि

विराटनगर । कोशी प्रदेशको राजधानी विराटनगरमा विराट फुटसल च्याम्पियनसिप-२०८२ हुने भएको छ ।

मन्जिना फाउन्डेसन नेपालको आयोजना र कोशी प्रदेश खेलकुद विकास बोर्डको संयोजनमा वैशाख २२ गते देखि प्रतियोगिता सुरु हुने भएको हो ।

प्रतियोगितामा कोशी प्रदेशका ५ जिल्लाको सहभागिता रहने मन्जिना फाउन्डेसनका अध्यक्ष जतिन ताम्राकारले बताए ।

ताम्राकारका अनुसार प्रतियोगितामा मोरङ , झापा , सुनसरी , धनकुटा र उदयपुरको जिल्ला टिमको सहभागिता रहने छ ।

युवापुस्तामा पछिल्लो समय फुटसलको क्रेज रहेको र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा समेत फुटसल खेलमा सम्भावना देखिएकोले प्रतियोगिता आयोजना गर्न लागिएको ताम्राकारले प्रष्ट पारे ।

ताम्राकारले फाउन्डेसनले यसभन्दा अघि कर्पोरेट फुटसल प्रतियोगिता आयोजना गरिसकेको बताउँदै जिल्लास्तरीय टोलीको सहभागितामा भने पहिलोपटक प्रतियोगिता आयोजना गर्न लागेको जानकारी दिए ।

प्रतियोगितामा पहिलो हुने टोलीलाई ३१ हजार नगदसहित ट्रफी, मेडल र दोस्रो हुने टोलीलाई २१ हजार नगद ट्रफी, मेडल प्रदान गरिने छ ।

प्रतियोगिताको सम्पूर्ण खेल विराटनगरस्थित जम्बोरे फुटसलको कोर्टमा हुनेछ ।

प्रकाशित समय: बुधबार १० ब‌ैशाख, २०८२, १७:५४:४९
कोशीमा कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लियो
बुधबार ३ भदौ, २०८३
सांसद–मन्त्रीबीच दूरी बढेपछि रवि लामिछानेले बोलाए छलफल
बुधबार ३ भदौ, २०८३
आजदेखि देशभर म्यानपावर कम्पनी बन्द
सोमबार १ भदौ, २०८३
भारतीय स्थलसेनाध्यक्ष जनरल धीरज सेठ आज नेपाल आउँदै
आईतबार ३१ साउन, २०८३
सुदूरपश्चिममा एमालेका तीन मन्त्री र एक राज्यमन्त्रीले शपथ लिए
शुक्रबार २९ साउन, २०८३
सुदूरपश्चिममा खगराज भट्ट मुख्यमन्त्री नियुक्त
शुक्रबार २९ साउन, २०८३
धवलशमशेरसँग कुरा नमिलेपछि दुर्गा प्रसाईंले छुट्टै पार्टी खोल्ने
शुक्रबार २९ साउन, २०८३
पत्रकार किशोर श्रेष्ठलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति
बिहिबार २८ साउन, २०८३
विराटनगरका ७ आँखा अस्पतालमा मोरङ प्रशासनको तालाबन्दी 
बिहिबार २८ साउन, २०८३
बुढीगङ्गामा सप्ताहव्यापी अन्तर्राष्ट्रिय युवा दिवस, युवा संवाददेखि रक्तदानसम्मका कार्यक्रम
बिहिबार २८ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०