विश्वकप लिग–२ का लागि ‘कोर क्याम्प’ : सन्दीप लामिछाने फेरि कप्तान

शब्द एक्स्प्रेस संवाददाता
बुधबार १० ब‌ैशाख, २०८२
१ वर्षअघि

विराटनगर । नेपाल क्रिकेट संघ (क्यान) ले आगामी जुनमा स्कटल्यान्डमा आयोजना हुने आइसीसी क्रिकेट विश्वकप लिग–२ सिरिजको तयारीका लागि ‘कोर क्याम्प’ सञ्चालन गर्ने भएको छ ।

क्यानले पहिलो चरणमा ५२ सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरेको छ ।

टोलीमा यु–१९ का तीन खेलाडी नरेन भट्ट, युवराज खत्री र सन्तोष यादवलाई समेटिएको छ ।

छनोटमा परेका खेलाडीलाई निलो, हरियो, रातो र पहेँलो गरी चार समूहमा विभाजन गरिएको छ ।

प्रमुख प्रशिक्षक स्टुअर्ट लको प्रत्यक्ष निगरानीमा खेलाडीबिच अभ्यास खेल सञ्चालन गरी अन्तिम टोली छनोट गरिने क्यानले जनाएको छ ।

प्रशिक्षण र अभ्यास अप्रिल २६ देखि मे ३ तारिखसम्म मुलपानी मैदानमा हुनेछ ।

क्यानले सार्वजनिक गरेको निलो टोलीमा रोहितकुमार पौडेल (कप्तान), गुलशनकुमार झा, करण केसी, प्रज्वल थापा (विकेटकिपर), सन्दीप जोरा, कुशल मल्लदेव खनाल, अनिलकुमार साह (विकेटकिपर), शाकिब हक, सूर्य तामाङ, दिपेशप्रसाद कँडेल र युवराज खत्री छन् ।

हरियो टोलीमा आसिफ शेख (कप्तान तथा विकेटकिपर), सोमपाल कामी, इशान पाण्डे, अर्जुन कुमाल, आकाश त्रिपाठी, सागर ढकाल, दिलीप नाथ (विकेटकिपर), विवेककुमार यादव, पवन सर्राफ, रिजन ढकाल, शेर मल्ल, रसिद खान र सन्तोष यादव छन् ।

रातो टोलीमा सन्दीप लामिछाने (कप्तान), आरिफ शेख, भीम सार्की, प्रतिश जिसी, अर्जुन साउद (विकेटकिपर) तृतराज दास, शुभ कंसाकार, साहब आलम, बसिर अहमद, लोकेश बम, नन्दन यादव, आकाश चन्द र नरेन भट्ट छन् ।

यस्तै पहेँलो टोलीमा दीपेन्द्रसिंह ऐरी (कप्तान), कुशल भुर्तेल, ललितनारायण राजवंशी, विनोद भण्डारी (विकेटकिपर), मायन यादव, सुजन थापालिया, अर्जुन घर्ती (विकेटकिपर), किरण ठगुन्ना, अविनाश बोहरा, रुपेशकुमार सिंह, कमलसिंह ऐरी, विशाल पटेल र दीपेन्द्र रावत छन् ।

प्रकाशित समय: बुधबार १० ब‌ैशाख, २०८२, ०६:०१:३३
कांग्रेसले बोलायो संसदीय दलको बैठक
बुधबार १३ जेठ, २०८३
रास्वपा छोडेका दुई नेतृलाई कांग्रेसमा जिम्मेवारी
बुधबार १३ जेठ, २०८३
बुद्ध दर्शन सहकारीद्वारा ३४ बचतकर्तालाई बचत रकम फिर्ता
बुधबार १३ जेठ, २०८३
संसदमा रोचक दृश्य, खरेलको अभिव्यक्तिपछि केरुङ आक्रामक, औँला ठड्याउँदै पाखुरा सुर्किए
मङ्गलबार १२ जेठ, २०८३
‘वास्तविक र देखिने गरी नागरिकको दैनिक जीवनस्तर उकास्न सरकार प्रतिबद्ध छ’
मङ्गलबार १२ जेठ, २०८३
प्रधानमन्त्रीले एकसाथ भेटे ईयूका कूटनीतिज्ञलाई
मङ्गलबार १२ जेठ, २०८३
दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न अदालतको आदेश
मङ्गलबार १२ जेठ, २०८३
मनसुन प्रतिकार्यमा २६ हजार सुरक्षाकर्मी परिचालन गरिने
मङ्गलबार १२ जेठ, २०८३
पार्टी कार्यक्रममा हर्क साम्पाङको तस्वीर अनिवार्य प्रयोग गर्न निर्देशन
मङ्गलबार १२ जेठ, २०८३
काठमाडौंमा बर्ड फ्लु पुष्टि, उच्च सतर्कता अपनाउन अपिल
मङ्गलबार १२ जेठ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०