नेपाल आइपुगे विश्वकप विजेता कार्लोस

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार ९ ब‌ैशाख, २०८२
१ वर्षअघि

काठमाडौं । ब्राजिलियन लिजेन्ड फुटबलर रोबर्टो कार्लोस नेपाल आइपुगेका छन् । काठमाडौंमा जारी तेस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) हेर्न उनी मंगलबार बिहान नेपाल आइपुगेका हुन् ।

एनएसएलको आयोजक नेपाल स्पोर्ट्स म्यानेजमेन्ट एन्ड इभेन्ट कम्पनीले उनलाई नेपाल भित्र्याएको हो । उनी यसअघि नै नेपाल आउने कार्यतालिका थियो । तर, आकस्मिक बिरामीका कारण कार्लोस पूर्वनिर्धारित समयभन्दा केही ढिला गरेर नेपाल आइपुगेका हुन् ।

Advertisement

सन् २००२ को विश्वकप विजेता डिफेन्डर रोबर्टो कार्लोस एनएसएल लिग हेर्न केही दिनअगावै नेपाल आउने तयारी थियो । तर, अप्रत्याशित परिस्थिति र अचानक स्वास्थ्यमा आएको समस्याका कारण उनी पूर्वनिर्धारित समयमा आउन सकेका थिएनन् ।

तर, मंगलबार दुईदिने विशेष भ्रमणमा काठमाडौं आएका कार्लोस अब  त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा प्रमुख अतिथि बनेर एनएसएलको फाइनल खेल हेर्ने छन् ।

कार्लोस लेफ्टब्याकमा विश्व उत्कृष्ट खेलाडी मानिन्छन् । उनले प्रहार गरेका घुमाउरा फ्रिकिक बलले जाली चुम्दाको क्षणहरू दर्शकहरूले भुल्न सकेका छैनन् ।

एउटा विश्वकप र तीनवटा च्याम्पियन्स लिग जित्न सफल कार्लोस सन् २००२ मा ब्राजिलले विश्वकप जित्दा प्रमुख खेलाडी थिए ।

त्यसअघि सन् १९९८ को विश्वकपको फाइनल खेल्दा पनि उनी टोलीका लागि महत्वपूर्ण खेलाडी थिए । ५१ वर्षीय कार्लोसले ब्राजिलका लागि सन् १९९२ देखि २००६ सम्म १२५ खेलमा १० गोल गर्न सफल भए ।

स्पेनिस क्लब रियल मड्रिड, इटालीको इन्टर मिलानबाट व्यवसायिक फुटबल खेलिसकेका कार्लोस फुटबल इतिहासका सबैभन्दा प्रशंसा गरिएको डिफेन्डरहरूमध्ये एक हुन् ।

फिफा विश्वकप र चार ला लिगा उपाधिहरूसहित दुई दशकभन्दा लामो व्यावसायिक फुटबल खेलका उनले विश्वभरका लाखौँ फुटबल प्रेमीहरूलाई प्रेरित गरेका छन् ।

कार्लोसले छिमेकी मुलुक भारतको दिल्ली डाइनामोस र ओडिसा एफसीबाट समेत व्यवसायिक फुटबल खेलेका थिए । सन् २०१६ मा भने उनले व्यवसायिक फुटबलबाट सन्न्यास लिएका थिए ।

प्रकाशित समय: बुधबार १० असार, २०८३, ०५:५०:१०

सम्बन्धित खबर

प्रतिनिधिसभाको बैठक बस्दै
सोमबार २२ असार, २०८३
१४ जिल्लामा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
सोमबार २२ असार, २०८३
विश्वकपबाट ब्राजिल बाहिरिएसँगै नेयमारले गरे सन्न्यासको घोषणा
सोमबार २२ असार, २०८३
गर्मीयामको स्वादिलो फल आँप : स्वादसँगै स्वास्थ्यका लागि लाभदायक
सोमबार २२ असार, २०८३
एमाले कार्यदलको बैठक असार २५ गते बस्ने
आईतबार २१ असार, २०८३
ऊर्जा मन्त्रालयले सार्वजनिक गर्‍यो १०० दिनका ७५ कामको सूची
आईतबार २१ असार, २०८३
शिक्षा मन्त्रालयले सार्वजनिक गर्‍यो ४२ कामको सूची
आईतबार २१ असार, २०८३
थाइल्याण्डबाट चक्लेटको प्याकेटमा लुकाएर गाँजा ल्याउने भारतीय नागरिक पक्राउ
आईतबार २१ असार, २०८३
प्रधानमन्त्री मातहत ल्याइएको गुप्तचरलाई कानुनमा समेटिँदै
आईतबार २१ असार, २०८३
मापसे नियन्त्रण अभियान प्रभावकारी, तर सडक सुरक्षामा अझै चुनौती
आईतबार २१ असार, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०