इन्डो-नेपाल क्रिकेट प्रतियोगिता : बिहारलाई हराउँदै सुपोल क्वार्टरफाइनलमा

शब्द एक्स्प्रेस संवाददाता
सोमबार २४ चैत, २०८१
१ वर्षअघि

विराटनगर । भारतको सुपोल क्रिकेट क्लब विराटनगरमा जारी चौथो संस्करणको मिल्स कप इन्डो–नेपाल टी–२० क्रिकेट प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेको छ ।

विराटनगरको जुट मिल खेल मैदानमा सोमबार भएको पहिलो खेलमा बिहार-११ माथि १२१ रनको सानदार विजय हासिल गर्दै सुपोल नकआउट चरणमा पुगेको हो ।

टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको सुपोलले २० ओभरमा ५ विकेट गुमाउँदै २०६ रनको विशाल स्कोर खडा गरेको थियो ।

सुपोलको आक्रामक ब्याटिङमा ऋषु कुमारको उल्लेखनीय योगदान रह्यो । उनले ४० बलमा ५ छक्का र ४ चौकाको मद्दतले अविजित ५९ रन बनाए ।

एमडी अमनले पनि उत्कृष्ट प्रदर्शन गर्दै २६ बलमा ५३ रनको आक्रामक इनिङ्स खेले । अन्तिम ओभरहरूमा विनय कुमारको विस्फोटक ब्याटिङले दर्शकहरूलाई उत्साहित तुल्यायो । उनले १६ बलमा ३ छक्का र ३ चौका प्रहार गर्दै अविजित ३५ रनको योगदान दिए ।

२०७ रनको कठिन लक्ष्य पछ्याएको बिहारले सुरुवातदेखि नै दबाबको सामना गर्नुप¥यो । सुपोलका बलरहरूको उत्कृष्ट प्रदर्शन अगाडि बिहारका ब्याट्सम्यानहरू क्रिजमा टिक्न सकेनन् र १३ ओभरमै पूरै टिम केवल ८५ रनमा अलआउट भयो ।

बिहारका आयुष सिंहले २२ बलमा २९ रन र यश राजले १६ बलमा १९ रन बनाए । अन्य कुनै पनि पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्, जसकारण टिमले सम्मानजनक स्कोर बनाउने आशा समाप्त भयो ।

सुपोलका तीव्र गतिका बलर प्रेम कुमारले कसिलो बलिङ गेर । उनले ४ ओभरमा केवल १५ रन खर्चेर ६ विकेट लिए, जुन यस प्रतियोगिताको अहिलेसम्मकै उत्कृष्ट बलिङ फिगर हो ।

प्रेमको घातक बलिङले बिहारका ब्याटरहरूलाई पूर्णरूपमा अस्तव्यस्त पार्‍यो । उनी खेलको प्यलेर अफ द म्याच घोषित भएर नगद तीन हजार पाए ।

रतेश सिंहले पनि उत्कृष्ट बलिङ गर्दै ३ ओभरमा १६ रन खर्चेर २ विकेट लिए । सुपोलको समग्र बलिङ टिमले उत्कृष्ट प्रदर्शन गरेको कारण, बिहारले आफ्नो इनिङ्स पूरा नगर्दै १३ ओभरमै सबै विकेट गुमायो ।

प्रकाशित समय: सोमबार २४ चैत, २०८१, १६:४४:००
गोल्छा च्यारिटी ट्रस्टद्वारा विपद् उद्धार कोषमा १ करोड ११ लाख सहयोग
मङ्गलबार २३ भदौ, २०८३
इटहरीको प्रहरी हिरासतमा ६८ वर्षीय थुनुवाको मृत्यु
मङ्गलबार २३ भदौ, २०८३
मकवानपुरमा १६२ किलो गाँजासहित दुई जना पक्राउ
मङ्गलबार २३ भदौ, २०८३
रूसमा हिमपहिरोमा परी ११ पर्वतारोहीको मृत्यु, ६ जना घाइते
सोमबार २२ भदौ, २०८३
ज्वालामुखी विस्फोटपछि इन्डोनेसियाका आठ विमानस्थल बन्द, १ लाख ७० हजार यात्रु प्रभावित
सोमबार २२ भदौ, २०८३
बाढी र जलवायु न्यायको विषय उठाउँदै इन्दिरा रानाले बेलायती उपसभामुखसँग गरिन् भेट
सोमबार २२ भदौ, २०८३
दुहबी नगरपालिकाले दियो २० युवालाई बारिस्टा तालिम, स्वरोजगार बनाउने लक्ष्य 
आईतबार २१ भदौ, २०८३
सुनको मूल्य तोलामा ३ हजार १ सय रुपैयाँले घट्यो
आईतबार २१ भदौ, २०८३
क्यासिनोमा इन्स्पेक्टर र गाउँपालिका अध्यक्षसहित ८ जना पक्राउ
आईतबार २१ भदौ, २०८३
अन्डाको भाउमा फेरि वृद्धि, एक्सएल अन्डा प्रतिक्रेट ६०५ रुपैयाँ पुग्यो
शुक्रबार १९ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०