एनएसएल : धक्कामुक्का चलेको खेलमा ललितपुरको जित

शब्द एक्स्प्रेस संवाददाता
बुधबार १९ चैत, २०८१
१ वर्षअघि

काठमाडौं । साबिक विजेता ललितपुर सिटीले नेपाल सुपर लिग (एनएसएल) मा पहिलो जित आत्मसात् गरेको छ ।

पहिलो खेलमा काठमाडौं रेजर्ससँग दुई गोलको अग्रता जोगाउन नसकेको ललितपुरले आफ्नो दोस्रो खेलमा पोखरा थन्डर्सलाई ३–२ ले पराजित गरेको हो ।

तनावपूर्ण खेलमा जोनाथन कान्टिलानाको दुई गोलसँगै जित निकालेको ललितपुर दुई खेलबाट चार अंक जोड्दै अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

पोखरा भने अझै अंकविहीन छ । पहिलो खेलमा पोखरालाई एफसी चितवनले २–० ले पराजित गरेको थियो ।

ललितपुरलाई जित दिलाउन जोनाथनबाहेक इमोह इजिकेलले एक गोल थपे । पोखराका समीर तामाङ र जोय आइडुले गरेको गोल सान्त्वना रह्यो ।

खेलको ८१औं मिनेटमा पोखराका समीरको क्रसमा कप्तान नवयुग श्रेष्ठले प्रहार गरेको बल ललितपुरका गोलकिपर जेफ्राले उत्कृष्ट बचाउन गरे ।

तर, पोखराका खेलाडीहरूले बलले लाइन पार गरिसकेको भन्दै गोलले मान्यता पाउनुपर्ने अडान राखेका थिए ।

तर, रेफ्री नवीन्द्र महर्जनले गोलको मान्यता दिएनन् । त्यसपछि नवयुग र समीर रेफ्रीसँग विवादमा उत्रिएका थिए ।

त्यहीबेला पोखराका किट पार्टनर जि स्पोर्ट्सका प्रमुख सुन्दर थापा रेफ्रीलाई हात नै हाल्न झम्टिएका थिए ।

उनलाई सम्झाउन एनएसएलका कम्पिटिसन डिरेक्टर सञ्जीव मिश्र नै पुगेका थिए ।

तर, सञ्जीवमाथि नै हातपात भएपछि अवस्था तनावपूर्ण भएको थियो ।

पोखराको अफिसिलय बेन्च लिस्टमा नामसम्म नभएका उनलाई बाहिर निकाल्न सुरक्षाकर्मी प्रयोग गर्नुपरेको थियो ।

इन्जुरी समयको नवौं मिनेटमा जोयले गोल गर्दै पोखरालाई ३–२ को स्थितिमा ल्याए ।

समीरले दिएको पासमा उनले गोल गरेका थिए । तर, समय अभावका कारण त्यसपछि पोखरा खेलमा फर्किन सकेन ।

प्रकाशित समय: बुधबार १९ चैत, २०८१, २१:१५:१०
बुद्ध दर्शन सहकारीद्वारा ३४ बचतकर्तालाई बचत रकम फिर्ता
बुधबार १३ जेठ, २०८३
संसदमा रोचक दृश्य, खरेलको अभिव्यक्तिपछि केरुङ आक्रामक, औँला ठड्याउँदै पाखुरा सुर्किए
मङ्गलबार १२ जेठ, २०८३
‘वास्तविक र देखिने गरी नागरिकको दैनिक जीवनस्तर उकास्न सरकार प्रतिबद्ध छ’
मङ्गलबार १२ जेठ, २०८३
प्रधानमन्त्रीले एकसाथ भेटे ईयूका कूटनीतिज्ञलाई
मङ्गलबार १२ जेठ, २०८३
दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न अदालतको आदेश
मङ्गलबार १२ जेठ, २०८३
मनसुन प्रतिकार्यमा २६ हजार सुरक्षाकर्मी परिचालन गरिने
मङ्गलबार १२ जेठ, २०८३
पार्टी कार्यक्रममा हर्क साम्पाङको तस्वीर अनिवार्य प्रयोग गर्न निर्देशन
मङ्गलबार १२ जेठ, २०८३
काठमाडौंमा बर्ड फ्लु पुष्टि, उच्च सतर्कता अपनाउन अपिल
मङ्गलबार १२ जेठ, २०८३
सम्माननीय सभामुखज्यू, प्रधानमन्त्रीज्यूलाई हाजिर गराइदिनुस् : सांसद् बराल
मङ्गलबार १२ जेठ, २०८३
सांसद् राईको प्रश्न,जीवी राई कहिले पक्राउ पर्छन् ?
मङ्गलबार १२ जेठ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०