एनएसएल : धक्कामुक्का चलेको खेलमा ललितपुरको जित

शब्द एक्स्प्रेस संवाददाता
बुधबार १९ चैत, २०८१
२ वर्षअघि

काठमाडौं । साबिक विजेता ललितपुर सिटीले नेपाल सुपर लिग (एनएसएल) मा पहिलो जित आत्मसात् गरेको छ ।

पहिलो खेलमा काठमाडौं रेजर्ससँग दुई गोलको अग्रता जोगाउन नसकेको ललितपुरले आफ्नो दोस्रो खेलमा पोखरा थन्डर्सलाई ३–२ ले पराजित गरेको हो ।

Advertisement

तनावपूर्ण खेलमा जोनाथन कान्टिलानाको दुई गोलसँगै जित निकालेको ललितपुर दुई खेलबाट चार अंक जोड्दै अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

पोखरा भने अझै अंकविहीन छ । पहिलो खेलमा पोखरालाई एफसी चितवनले २–० ले पराजित गरेको थियो ।

ललितपुरलाई जित दिलाउन जोनाथनबाहेक इमोह इजिकेलले एक गोल थपे । पोखराका समीर तामाङ र जोय आइडुले गरेको गोल सान्त्वना रह्यो ।

खेलको ८१औं मिनेटमा पोखराका समीरको क्रसमा कप्तान नवयुग श्रेष्ठले प्रहार गरेको बल ललितपुरका गोलकिपर जेफ्राले उत्कृष्ट बचाउन गरे ।

तर, पोखराका खेलाडीहरूले बलले लाइन पार गरिसकेको भन्दै गोलले मान्यता पाउनुपर्ने अडान राखेका थिए ।

तर, रेफ्री नवीन्द्र महर्जनले गोलको मान्यता दिएनन् । त्यसपछि नवयुग र समीर रेफ्रीसँग विवादमा उत्रिएका थिए ।

त्यहीबेला पोखराका किट पार्टनर जि स्पोर्ट्सका प्रमुख सुन्दर थापा रेफ्रीलाई हात नै हाल्न झम्टिएका थिए ।

उनलाई सम्झाउन एनएसएलका कम्पिटिसन डिरेक्टर सञ्जीव मिश्र नै पुगेका थिए ।

तर, सञ्जीवमाथि नै हातपात भएपछि अवस्था तनावपूर्ण भएको थियो ।

पोखराको अफिसिलय बेन्च लिस्टमा नामसम्म नभएका उनलाई बाहिर निकाल्न सुरक्षाकर्मी प्रयोग गर्नुपरेको थियो ।

इन्जुरी समयको नवौं मिनेटमा जोयले गोल गर्दै पोखरालाई ३–२ को स्थितिमा ल्याए ।

समीरले दिएको पासमा उनले गोल गरेका थिए । तर, समय अभावका कारण त्यसपछि पोखरा खेलमा फर्किन सकेन ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
पाकिस्तानका कप्तान साहिबजादा फरहान कर्णाली याक्समा अनुबन्ध
शुक्रबार ७ कार्तिक, २०८३
नेकपाले दुई महिने राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने
शुक्रबार ७ कार्तिक, २०८३
राष्ट्रपति पौडेलद्वारा मैतीदेवी मन्दिरमा पूजाअर्चना
मङ्गलबार ४ कार्तिक, २०८३
रवि र सुशील भट्टको पक्राउमा फरक मापदण्ड अपनाइएको महेश बस्नेतको आरोप
सोमबार ३ कार्तिक, २०८३
नेपालको कप्तान
शीर्ष ६ मा उक्लिन नेपाललाई जित्नैपर्ने दबाब, निर्णायक खेलमा ओमानसँग भिड्दै
सोमबार ३ कार्तिक, २०८३
बाढीपहिरोको क्षतिपछि कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
आईतबार २ कार्तिक, २०८३
नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’
आईतबार २ कार्तिक, २०८३
३ हजारको फेन्सी सामान किनेकी नुवाकोटकी सन्तमायाले जितिन् १० लाख
आईतबार २ कार्तिक, २०८३
जेनजी आन्दोलनका बेला नख्खु कारागारबाट भागेका कैदी सुन्दरीजलबाट पक्राउ
आईतबार २ कार्तिक, २०८३
इनरुवाको घरबाट झन्डै एक टन गाँजा बरामद, चार जना प्रहरी नियन्त्रणमा
आईतबार २ कार्तिक, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०