कोशी प्रदेश स्ट्रिट गेम्स : सर्किटमा आयुष र महिमा प्रथम, बारमा साहिल पहिलो

शब्द एक्स्प्रेस संवाददाता
बुधबार १९ चैत, २०८१
१ वर्षअघि

विराटनगर । नेपाली युथ फिटनेस एन्ड केलिसथेनिक्स विराटनगरले चौथो संस्करणको कोशी प्रदेश स्ट्रि६ गेम्सको आयोजना गरेको छ ।

कोशी प्रदेश खेलकुद विकास बोर्डको संयोजनमा गत शनिबार सहिद रंगशाला विराटनगरमा खुल्ला व्यायाम प्रतियोगिता सम्पन्न भएको थियो ।

विराटनगर महानगरपालिकाको प्रवर्द्धनमा भएको उक्त प्रतियोगितामा एक सय ३० जना पुरुष खेलाडी र ३० जना महिला खेलाडी गरी जम्मा १६० जना खेलाडी सहभागी थिए ।

जसमा पुरुष सर्किट विधातर्फको खेलमा आयुष नेम्वाङ प्रथम भए भने मुकेश अगुवा र एइनिस प्रधानले द्वितीय र तृतीय स्थान प्राप्त गर्न सफल भए ।

त्यसैगरी, महिला सर्किट विधातर्फको खेलमा महिमा यखा राई प्रथम हुँदा सपना मगर र भावना घिमिरेले क्रमशः द्वितीय र तृतीय स्थान प्राप्त गर्न सफल भए ।

खुल्ला बार विधातर्फको खेलमा साहिल लिबांग,सुशान्त नरसिंह राणा, संजोक थापाले क्रमशः प्रथम, द्वितीय र तृतीय स्थान प्राप्त गर्न सफल भए ।

हरेक विधाअन्तर्गतको खेलमा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गरेका खेलाडीहरूले एनवाइएफसी विराटनगरको तर्फबाट प्रोत्साहनस्वरूप क्रमशः मेडल, ट्रफीसहित नगद रु १५,०००, रु ९,००० र रु ६,००० नगद पुरस्कर तथा विभिन्न आकर्षक उपहारहरू प्राप्त गरे ।

नेपाली युथ फिटनेस एण्ड केलिसथेनिक्स विराटनगर संस्थाका संस्थापक अध्यक्ष सुमन बन्जाराको अध्यक्षतामा आयोजित उक्त कार्यक्रमको उद्घाटन समारोहमा प्रमुख अथिति विराटनगर महानगर प्रमुख नागेश कोइराला रहेका थिए ।

कार्यक्रमको समापन भने कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव पर्शुराम बस्नेत र विशिष्ट अतिथि एनवाइएफसीका संस्थापक अध्यक्ष सुकदेव कार्कीलगायतले गरेका थिए ।

प्रकाशित समय: बुधबार १९ चैत, २०८१, २०:५७:२८
गोल्छा च्यारिटी ट्रस्टद्वारा विपद् उद्धार कोषमा १ करोड ११ लाख सहयोग
मङ्गलबार २३ भदौ, २०८३
इटहरीको प्रहरी हिरासतमा ६८ वर्षीय थुनुवाको मृत्यु
मङ्गलबार २३ भदौ, २०८३
मकवानपुरमा १६२ किलो गाँजासहित दुई जना पक्राउ
मङ्गलबार २३ भदौ, २०८३
रूसमा हिमपहिरोमा परी ११ पर्वतारोहीको मृत्यु, ६ जना घाइते
सोमबार २२ भदौ, २०८३
ज्वालामुखी विस्फोटपछि इन्डोनेसियाका आठ विमानस्थल बन्द, १ लाख ७० हजार यात्रु प्रभावित
सोमबार २२ भदौ, २०८३
बाढी र जलवायु न्यायको विषय उठाउँदै इन्दिरा रानाले बेलायती उपसभामुखसँग गरिन् भेट
सोमबार २२ भदौ, २०८३
दुहबी नगरपालिकाले दियो २० युवालाई बारिस्टा तालिम, स्वरोजगार बनाउने लक्ष्य 
आईतबार २१ भदौ, २०८३
सुनको मूल्य तोलामा ३ हजार १ सय रुपैयाँले घट्यो
आईतबार २१ भदौ, २०८३
क्यासिनोमा इन्स्पेक्टर र गाउँपालिका अध्यक्षसहित ८ जना पक्राउ
आईतबार २१ भदौ, २०८३
अन्डाको भाउमा फेरि वृद्धि, एक्सएल अन्डा प्रतिक्रेट ६०५ रुपैयाँ पुग्यो
शुक्रबार १९ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०