विराटनगरमा सोमबार चौथो संस्करणको इक्वालिटी कप हुँदै

शब्द एक्स्प्रेस संवाददाता
आईतबार १६ चैत, २०८१
२ वर्षअघि

विराटनगर । कोशी प्रदेशको राजधानी विराटनगरमा चौथो संस्करणको इक्वालिटी कप क्रिकेट हुने भएको छ । विराटनगर महानगरपालिका- ६ स्थित मारिलिबोन विराटनगर ज्वाला क्रिकेट ग्राउन्डमा सोमबार (भोलि) देखि चार दिनसम्म इक्वालिटी कप क्रिकेट हुन लागेको हो ।

आयोजक नेपाल क्रिकेट फाउन्डेसनले आइतबार पत्रकार सम्मेलनको आयोजना गर्दै भोलिदेखि चैत २१ गतेसम्म कोशी र मधेश प्रदेशका चार टोलीको सहभागितामा उक्त प्रतियोगिता हुने जानकारी दिएको हो ।
फाउन्डेसनका संयोजक मन्दीप साहले प्रतियोगितामा कोशीका मोरङ र इलाम तथा मधेश प्रदेशका सिरहा र सप्तरी गरी चार टोलीको सहभागिता रहने जानकारी दिए ।

Advertisement

उनका भुइँतहमा क्रिकेट प्रवर्द्धन गर्न, महिला क्रिकेटको विकास गर्न र लैंगिक समानता कायम गर्ने प्रयासस्वरूप हुने प्रतियोगिताअन्तर्गत दिनमा दुई खेल हुनेछन् ।

आइसिसीको नियमअनुसार टी-२० ढाँचामा हुने प्रतियोगिताको उद्घाटन सत्र विराटनगर महानगरपालिका प्रमुख नागेश कोइरालाको प्रमुख आतिथ्यता र कोशी प्रदेश क्रिकेट संघका अध्यक्ष सर्वजित पाण्डे र मोरङ जिल्ला क्रिकेट संघका अध्यक्ष सादबाबु कुरेशीको विशिष्ट आतिथ्यतामा हुने बताइएको छ ।

फाउन्डेसनकी बोर्ड सदस्य स्नेहा गुवाजुका अनुसार नव प्रतिभा पहिचानलाई मद्दत गर्ने लक्ष्यका साथ आयोजना हुन लागेको प्रतियोगिताले यसअघि नै केही खेलाडी उत्पादनमा टेवा पुर्‍याएको छ ।
अघिल्ला संस्करणबाट मोरङमा सानु राजवंशी, निरु राजवंशी (काजल) र पूर्णिमा राजवंशीले ठुला प्रतियोगिता खेल्न पाएको उनले सुनाइन् ।

करिब ६ लाख खर्च अनुमान गरिएको उक्त प्रतियोगिताअन्तर्गत उद्घाटन खेल बिहान ९:३० बजे हुनेछ, जसमा इलाम र सप्तरी भिड्नेछन् । भोलि नै १:३० बजे हुने अर्को मोरङ र सिरहाले प्रतिस्पर्धा गर्नेछन् ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
नागरिकको विश्वास जित्ने गरी सेवा प्रवाह गर्दै बर्जु-१
शुक्रबार १६ असोज, २०८३
दुहबीमा पालिकास्तरीय स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा सुरु
बिहिबार १५ असोज, २०८३
विराटनगर महानगर कांग्रेस सभापतिमा कृष्ण कार्की निर्वाचित
बिहिबार १५ असोज, २०८३
पोखराको फिर्केखोला किनारमा फेरि डोजर चलाइयो
बिहिबार १५ असोज, २०८३
संघीय संसदका दुवै सदनको चालु अधिवेशन अन्त्य
बिहिबार १५ असोज, २०८३
अब ज्यालादारी र करारमा कर्मचारी नियुक्त गर्न नपाइने
बिहिबार १५ असोज, २०८३
भारतीय राजदूत श्रीवास्तव आजै फर्किँदै
बिहिबार १५ असोज, २०८३
बाढीपहिरोले क्षति पुर्‍याएको बेनी–जोमसोम सडक मर्मत सुरु
बिहिबार १५ असोज, २०८३
सामाजिक सञ्जाल नियमन गर्न छुट्टै कानुन ल्याउँदै सरकार, बालबालिकालाई उमेरगत प्रतिबन्धको तयारी
बुधबार १४ असोज, २०८३
इटहरीमा सीप तथा रोजगार मेला सुरु
बुधबार १४ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०