विराटनगर । ताप्लेजुङ जिल्लास्तरीय मेयर कप खुला ब्याडमिन्टन प्रतियोगिताको उपाधि मेन्स डबल्स सिनियरतर्फ विकास तामाङ र लाक्पा शेर्पाको जोडीले जितेका छन् ।
मंगलबार भएको फाइनल खेलमा उक्त जोडीले रबिन साउदेन र सन्जुहाङ साउदेनको जोडीलाई हराएर उपाधिसँगै २० हजार प्राप्त गरेको हो ।
उपविजेता बनेका रबिन र सन्जुहाङको जोडीलाई १५ हजार रुपैयाँ प्रदान गरिएको थियो ।
यस्तै, मेन्स डबल जुनियरतर्फ विकास थेबे र आशिष विष्टको जोडी प्रथम भयो ।
उनीहरूले डेबिट गुरुङ र रविन सुनुवारको जोडीलाई पराजित गर्दै प्रथम बनेका हुन् । उनीहरूले १६ हजार रुपैयाँ हात पार्दा दोस्रो बनेका गुरुङ र सुनुवारले १२ हजार रुपैयाँमा चित्त बुझाए ।