साविक विजेता अर्जेन्टिना विश्वकपमा छनोट, ब्राजिलमाथि गर्‍यो गोलवर्षा

शब्द एक्स्प्रेस संवाददाता
बुधबार १२ चैत, २०८१
२ वर्षअघि

विराटनगर । फिफा विश्वकप २०२६ मा छनोट भइसकेको डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाले ब्राजिलमाथि गोलको बर्षा गरेको छ ।

अर्जेन्टिनाले अहिले मोनुमेन्टल डे नुनेज स्टेडियममा आफ्नो चिरप्रतिद्वन्द्वी ब्राजिललाई ४-१ गोलले हराएको हो ।

Advertisement

बुधबार बिहान सम्पन्न खेलमा सानदार जित निकालेसँगै शीर्ष स्थानमा रहेको अर्जेन्टिनाले १४ खेलबाट ३१ अंक पुर्‍याएको छ । समान खेलबाट २१ अंक रहेको ब्राजिल भने चौथो स्थानमा झरेको छ ।

ब्राजिलसँगको खेलअगावै अर्जेन्टिना विश्वकपमा छनोट भइसकेको थियो ।

सातौं स्थानमा रहेको बोलिभियाले एल आल्टोमा उरुग्वेसँग गोलरहित बराबरी खेलेपछि अर्जेन्टिनाले विश्वकपमा सोझै स्थान पक्का गरेको हो ।

बोलिभियासँग चार खेल मात्र बाँकी रहँदा १४ अंक मात्र रहेको छ ।

संयुक्त राज्य अमेरिका, क्यानडा र मेक्सिकोमा आयोजना हुने आगामी ४८ टिमले सहभागिता जनाउने छन् । दक्षिण अमेरिकाबाट ६ टिमले सिधैं आफ्नो स्थान सुनिश्चित गर्नेछन् ।

लिओनल मेसीको नेतृत्वमा रहेको तीनपटकको विश्वविजेता अर्जेन्टिनाले (२८ अंक) सुरु देखिनै दक्षिण अमेरिकी छनोटको शीर्ष स्थानमा रहँदै आएको छ ।

उसले ब्राजिल र उरुग्वेविरुद्धका महत्त्वपूर्ण ‘अवे’ जित निकालेको छ ।

तर, प्रशिक्षक लिओनल स्कालोनीले ३७ वर्षीय इन्टर मियामीका फरवार्ड मेसीलाई धेरै खेलमा खेलाएका छैनन् । त्यसैले मेसीले आगामी विश्वकप खेल्ने कि नखेल्ने भन्ने विषयमा अझै शंका कायमै छ ।

मेसीको ‘एडडक्टर’ मांसपेशीमा चोट रहेको छ, जसका कारण उनी अर्जेन्टिनाका पछिल्ला खेलमा अनुपस्थित छन् ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
नागरिकको विश्वास जित्ने गरी सेवा प्रवाह गर्दै बर्जु-१
शुक्रबार १६ असोज, २०८३
दुहबीमा पालिकास्तरीय स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा सुरु
बिहिबार १५ असोज, २०८३
विराटनगर महानगर कांग्रेस सभापतिमा कृष्ण कार्की निर्वाचित
बिहिबार १५ असोज, २०८३
पोखराको फिर्केखोला किनारमा फेरि डोजर चलाइयो
बिहिबार १५ असोज, २०८३
संघीय संसदका दुवै सदनको चालु अधिवेशन अन्त्य
बिहिबार १५ असोज, २०८३
अब ज्यालादारी र करारमा कर्मचारी नियुक्त गर्न नपाइने
बिहिबार १५ असोज, २०८३
भारतीय राजदूत श्रीवास्तव आजै फर्किँदै
बिहिबार १५ असोज, २०८३
बाढीपहिरोले क्षति पुर्‍याएको बेनी–जोमसोम सडक मर्मत सुरु
बिहिबार १५ असोज, २०८३
सामाजिक सञ्जाल नियमन गर्न छुट्टै कानुन ल्याउँदै सरकार, बालबालिकालाई उमेरगत प्रतिबन्धको तयारी
बुधबार १४ असोज, २०८३
इटहरीमा सीप तथा रोजगार मेला सुरु
बुधबार १४ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०