विराटनगर । फिफा विश्वकप २०२६ मा छनोट भइसकेको डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाले ब्राजिलमाथि गोलको बर्षा गरेको छ ।
अर्जेन्टिनाले अहिले मोनुमेन्टल डे नुनेज स्टेडियममा आफ्नो चिरप्रतिद्वन्द्वी ब्राजिललाई ४-१ गोलले हराएको हो ।
बुधबार बिहान सम्पन्न खेलमा सानदार जित निकालेसँगै शीर्ष स्थानमा रहेको अर्जेन्टिनाले १४ खेलबाट ३१ अंक पुर्याएको छ । समान खेलबाट २१ अंक रहेको ब्राजिल भने चौथो स्थानमा झरेको छ ।
ब्राजिलसँगको खेलअगावै अर्जेन्टिना विश्वकपमा छनोट भइसकेको थियो ।
सातौं स्थानमा रहेको बोलिभियाले एल आल्टोमा उरुग्वेसँग गोलरहित बराबरी खेलेपछि अर्जेन्टिनाले विश्वकपमा सोझै स्थान पक्का गरेको हो ।
बोलिभियासँग चार खेल मात्र बाँकी रहँदा १४ अंक मात्र रहेको छ ।
संयुक्त राज्य अमेरिका, क्यानडा र मेक्सिकोमा आयोजना हुने आगामी ४८ टिमले सहभागिता जनाउने छन् । दक्षिण अमेरिकाबाट ६ टिमले सिधैं आफ्नो स्थान सुनिश्चित गर्नेछन् ।
लिओनल मेसीको नेतृत्वमा रहेको तीनपटकको विश्वविजेता अर्जेन्टिनाले (२८ अंक) सुरु देखिनै दक्षिण अमेरिकी छनोटको शीर्ष स्थानमा रहँदै आएको छ ।
उसले ब्राजिल र उरुग्वेविरुद्धका महत्त्वपूर्ण ‘अवे’ जित निकालेको छ ।
तर, प्रशिक्षक लिओनल स्कालोनीले ३७ वर्षीय इन्टर मियामीका फरवार्ड मेसीलाई धेरै खेलमा खेलाएका छैनन् । त्यसैले मेसीले आगामी विश्वकप खेल्ने कि नखेल्ने भन्ने विषयमा अझै शंका कायमै छ ।
मेसीको ‘एडडक्टर’ मांसपेशीमा चोट रहेको छ, जसका कारण उनी अर्जेन्टिनाका पछिल्ला खेलमा अनुपस्थित छन् ।