पोर्चुगल सेमिफाइनलमा, रोनाल्डो चुके पेनाल्टीमा

शब्द एक्स्प्रेस संवाददाता
सोमबार १० चैत, २०८१
१ वर्षअघि

काठमाडौं । पोर्चुगल युईएफए नेसन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ ।

आइतबार डेनमार्कलाई समग्रमा ५–३ ले पराजित गर्दै पोर्चुगलले अन्तिम चारमा स्थान पक्का गरेको हो ।

दोस्रो लेगमा ५–२ को रोमाञ्चक जित निकाल्न पोर्चुगलले अतिरिक्त समयसम्म संघर्ष गर्नुपरेको थियो ।

पोर्चुगल अब जुन महिनामा आयोजना हुने अन्तिम ४ मा आयोजक जर्मनीसँग प्रतिस्पर्धा गर्नेछ ।

पहिलो लेगमा १–० ले पछि परेको भए पनि पोर्चुगलले दोस्रो लेगमा डेनमार्कमाथि उत्कृष्ट पुनरागमन गर्‍यो ।

क्रिस्टियानो रोनाल्डोले खेलको सुरुआतमै पेनाल्टी मिस गरेका थिए ।

तर, पछि उनले महत्त्वपूर्ण गोल गरे। त्यसपछि फ्रान्सिस्को ट्रिन्काओको दुई गोलले प्रशिक्षक रोबर्टो मार्टिनेजको टोलीलाई सेमिफाइनलमा पुर्‍यायो ।

डेनमार्कका गोलकिपर कास्पर श्माइकलले खेलको छैटौं मिनेटमा रोनाल्डोको ढिलो सुस्त चालमा गरिएको पेनाल्टी प्रहार सजिलै रोक्दै बललाई आफ्नो नियन्त्रणमा लिएका थिए ।

डेनमार्कले दुईपटक अग्रता लिएको भए पनि पोर्चुगलले पुनरागमन गर्दै खेल ३–२ मा पुर्‍याएको थियो । योसँगै खेल अतिरिक्त समयमा पुग्यो ।

३८औं मिनेटमा जोआकिम एन्डरसनको गल्तीपूर्ण क्लियरन्स आफ्नै पोस्टमा छिरेपछि पोर्चुगलले समग्र स्कोर बराबरी गर्‍यो ।

तर, ५६औं मिनेटमा कर्नर किकबाट रामसुस क्रिस्टेन्सेनले गोल गर्दै डेनमार्कलाई पुनः अग्रता दिलाए ।

रोनाल्डोले ७२औं मिनेटमा रिबाउन्डमा गोल गर्दै आफ्नो पेनाल्टीको गल्ती सुधारे ।

तर, चार मिनेटपछि क्रिस्टियन इरिक्सनले खुलेआम पोस्टमा गोल गर्दै घरेलु समर्थकलाई स्तब्ध बनाए ।

स्पोर्टिङ लिस्बनको घरेलु मैदानमा खेलिरहेका पोर्चुगलका वैकल्पिक खेलाडी ट्रिन्काओले खेल अतिरिक्त समयमा लैजान गोल गरे ।

अतिरिक्त समय सुरु भएपछि उनले भीडभाडभित्र बल पठाउँदै आफ्नो दोस्रो गोल पूरा गरे ।

ट्रिन्काओको उत्कृष्ट प्रदर्शनकै कारण गोन्सालो रामोसले ११५औं मिनेटमा निर्णायक गोल गर्दै पोर्चुगललाई सेमिफाइनलमा पुर्‍याए ।

डेनमार्कले पहिलो लेगमा अग्रता लिएर आइपुगेको थियो ।

तर, पोर्चुगलको निरन्तर आक्रमण र डेनमार्कको संघर्षले खेललाई निकै रोमाञ्चक बनायो ।

सन् २०१९ मा नेसन्स लिगको पहिलो संस्करण जितेको पोर्चुगल सोही लय दोहोर्‍याउने पहिलो टोली बन्ने लक्ष्यमा छ ।

प्रकाशित समय: सोमबार १० चैत, २०८१, ०७:१५:१९
गोल्छा च्यारिटी ट्रस्टद्वारा विपद् उद्धार कोषमा १ करोड ११ लाख सहयोग
मङ्गलबार २३ भदौ, २०८३
इटहरीको प्रहरी हिरासतमा ६८ वर्षीय थुनुवाको मृत्यु
मङ्गलबार २३ भदौ, २०८३
मकवानपुरमा १६२ किलो गाँजासहित दुई जना पक्राउ
मङ्गलबार २३ भदौ, २०८३
रूसमा हिमपहिरोमा परी ११ पर्वतारोहीको मृत्यु, ६ जना घाइते
सोमबार २२ भदौ, २०८३
ज्वालामुखी विस्फोटपछि इन्डोनेसियाका आठ विमानस्थल बन्द, १ लाख ७० हजार यात्रु प्रभावित
सोमबार २२ भदौ, २०८३
बाढी र जलवायु न्यायको विषय उठाउँदै इन्दिरा रानाले बेलायती उपसभामुखसँग गरिन् भेट
सोमबार २२ भदौ, २०८३
दुहबी नगरपालिकाले दियो २० युवालाई बारिस्टा तालिम, स्वरोजगार बनाउने लक्ष्य 
आईतबार २१ भदौ, २०८३
सुनको मूल्य तोलामा ३ हजार १ सय रुपैयाँले घट्यो
आईतबार २१ भदौ, २०८३
क्यासिनोमा इन्स्पेक्टर र गाउँपालिका अध्यक्षसहित ८ जना पक्राउ
आईतबार २१ भदौ, २०८३
अन्डाको भाउमा फेरि वृद्धि, एक्सएल अन्डा प्रतिक्रेट ६०५ रुपैयाँ पुग्यो
शुक्रबार १९ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०