विश्वकप छनोट खेल्ने अर्जेन्टिनाको टोलीमा परेनन् मेस्सी

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार ४ चैत, २०८१
२ वर्षअघि

विराटनगर । अर्जेन्टिनाका मुख्य प्रशिक्षक लियोनल स्कालोनीले फिफा विश्वकपअन्तर्गत दक्षिण अमेरिकी छनोट खेल खेल्ने टोलीको नाम सार्वजनिक गरेका छन् ।

सोमबार उनले सार्वजनिक गरेको २५ सदस्यीय टोलीमा अर्जेन्टिनाका स्ट्राइकर तथा स्टार फुटबलर लियोनल मेस्सी समावेश छैनन् ।

Advertisement

मांसपेशी चोटका कारण ३७ वर्षीय फरवार्ड टोलीमा समावेश नभएका हुन् ।

विश्वकप छनोटमा शीर्ष स्थानमा रहेको अर्जेन्टिनाले शुक्रबार दोस्रो स्थानको उरुग्वेसँग खेल्नेछ ।

त्यसको चार दिनपछि मंगलबार अर्जेन्टिनाले ब्युनोस आयर्सस्थित मोनुमेन्टल स्टेडियममा पाँचौं स्थानको ब्राजिलको सामना गर्नेछ ।

अर्जेन्टिनी सञ्चारमाध्यमहरूका अनुसार मेस्सीलाई आइतबार इन्टर मियामीको एट्लान्टा युनाइटेडविरुद्धको २–१ को जितका क्रममा देब्रे थाईमा दुखाइ महसुस भएको थियो ।

तर, अर्जेन्टिनी फुटबल संघले उनको अनुपस्थितिको औपचारिक कारण खुलाएको छैन ।

मेस्सी मात्रै होइन, अर्जेन्टिनाका अन्य महत्त्वपूर्ण खेलाडीहरू पनि यी दुई खेलका लागि अनुपस्थित हुनेछन् ।

पाउलो डिबाला, गोन्जालो मोन्टिएल र जियोभानी लो सेल्सो चोटका कारण टोलीबाहिर छन् ।

मार्च २ मा घोषणा गरेको प्राम्भिक टोलीबाट एलेजान्ड्रो गार्नाचो र क्लाउडियो एचेभेरीलाई पनि प्रशिक्षक स्कालोनीले बाहिर राखेका छन् ।

विश्वकप विजेता मेसीलाई यस सिजनको सुरुआतदेखि नै इन्टर मियामीले चोटको जोखिमका कारण केही खेलमा विश्राम दिएको थियो ।

यो महिना मात्रै मेसीले ह्युस्टन डायनामो, काभालियर एससी र चार्लोट एफसीविरुद्धको खेल गुमाएका थिए ।

उनले काभालियर एससीविरुद्ध कन्काकाफ च्याम्पियन्स कपको अन्तिम १६ को दोस्रो लेगमा भने पुनरागमन गरेका थिए।

तर, प्रशिक्षक जाभियर माश्चरानोकाअनुसार मेस्सी आइतबार एट्लान्टाविरुद्धको खेलका लागि फिट थिए ।

उनले २०औं मिनेटमा गोल गरेका थिए, जुन समयमै उनलाई चोट लागेको बताइएको छ ।

विश्वकप छनोटको अंक तालिकामा अर्जेन्टिनाले १२ खेलबाट २५ अंक जोडेको छ । समान खेलबाट उरुग्वेको २० र ब्राजिलको १८ अंक छ ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
भैरहवाबाट साढे दुई करोडको सुनका गरगहनासहित महिला पक्राउ
शुक्रबार १६ असोज, २०८३
नागरिकको विश्वास जित्ने गरी सेवा प्रवाह गर्दै बर्जु-१
शुक्रबार १६ असोज, २०८३
दुहबीमा पालिकास्तरीय स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा सुरु
बिहिबार १५ असोज, २०८३
विराटनगर महानगर कांग्रेस सभापतिमा कृष्ण कार्की निर्वाचित
बिहिबार १५ असोज, २०८३
पोखराको फिर्केखोला किनारमा फेरि डोजर चलाइयो
बिहिबार १५ असोज, २०८३
संघीय संसदका दुवै सदनको चालु अधिवेशन अन्त्य
बिहिबार १५ असोज, २०८३
अब ज्यालादारी र करारमा कर्मचारी नियुक्त गर्न नपाइने
बिहिबार १५ असोज, २०८३
भारतीय राजदूत श्रीवास्तव आजै फर्किँदै
बिहिबार १५ असोज, २०८३
बाढीपहिरोले क्षति पुर्‍याएको बेनी–जोमसोम सडक मर्मत सुरु
बिहिबार १५ असोज, २०८३
सामाजिक सञ्जाल नियमन गर्न छुट्टै कानुन ल्याउँदै सरकार, बालबालिकालाई उमेरगत प्रतिबन्धको तयारी
बुधबार १४ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०