काठमाडौं । न्युक्यासल युनाइटेडले लिभरपुललाई पराजित गर्दै इंग्लिस लिग कपको उपाधि जितेको छ ।
साउदी अरेबियाको लगानीमा सञ्चालित क्लबले आइतबार वेम्बली स्टेडियममा लिभरपुललाई २-१ गोलले हराउँदै उपाधि जितेको हो ।
न्युक्यासलले ७० वर्षपछि उपाधि जितेको हो । न्युक्यासलले पछिल्लोपल्ट सन् १९५५ मा एफए कप जितेको थियो । त्यसयता भने उसले उपाधि जित्न सकेको थिएन ।
तर, गएराति न्युक्यासललाई उपाधि जिताउन ड्यान बर्न र अलेक्जान्डर इसाकले गोल गरेका थिए ।
लिभरपुल प्रिमियर लिगमा शीर्ष स्थानमा छ । २०औं इङ्लिस लिग उपाधि जित्ने क्रममा अघि बढिरहेको छ ।
यसअघि मंगलबार पेरिस सेन्ट–जर्मेन (पिएसजी) सँग पेनाल्टी सुटआउटमा पराजित हुँदै लिभरपुल च्याम्पियन्स लिगबाट बाहिरिएको थियो ।