रोहित र सन्दीपसहित पाँच खेलाडीले मासिक एक लाख तलब थाप्ने, करण र कुशलको भने घट्यो तलब

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार २९ फाल्गुण, २०८१
२ वर्षअघि

काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेल र सन्दीप लामिछानेसहित पाँच खेलाडी वर्गीकरणको श्रेणी ‘ए’ मा परेका छन् ।

नेपाल क्रिकेट संघ (क्यान) ले बुधबार सार्वजनिक गरेको खेलाडीको नयाँ वर्गीकरणमा पुरुषतर्फ ‘ए’ मा पर्नेमा कप्तान रोहित, सन्दीप, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी र आसिफ शेख परेका हुन् ।

Advertisement

यसअघि श्रेणी ‘ए’ मा रहेका करण केसी र कुशल भुर्तेल ‘बी’ मा झरेका छन् । क्यानले खेलाडीलाई ‘ए’, ‘बी’, ‘सी’, राष्ट्रिय र इमर्जिङ गरी तीन श्रेणीमा विभाजन गरी सेन्ट्रल कन्ट्याक्टमा राखेको हो ।

जसअनसार ‘ए’ मा रहने खेलाडीको मासिक तलब एक लाख, ‘बी’ को ७० हजार, ‘सी’ को ५५ हजार, राष्ट्रियको ३५ हजार र इमर्जिङको २५ हजार रुपैयाँ रहेको छ ।

श्रेणी ‘बी’ मा कुशल र करणसँगै गुल्शनकुमार झा, ललितनारायण राजवंशी र अनिकुमार शाह रहेका छन् । अनिल पहिलो पटक श्रेणीमा परेका हुन् ।

यस्तै क्यानले महिलातर्फ ‘ए’ श्रेणीमा कप्तान इन्दु वर्मा, पूजा महतो, रुविना क्षेत्री र सीता रानामगरलाई समावेश गरेको छ ।

महिलातर्फ ‘ए’ मा रहने खेलाडीको मासिक तलब ५०, ‘बी’ को ३५ हजार, ‘सी’ को २५ हजार र ‘डी’ को २० हजार रुपैयाँ रहेको छ ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
भैरहवाबाट साढे दुई करोडको सुनका गरगहनासहित महिला पक्राउ
शुक्रबार १६ असोज, २०८३
नागरिकको विश्वास जित्ने गरी सेवा प्रवाह गर्दै बर्जु-१
शुक्रबार १६ असोज, २०८३
दुहबीमा पालिकास्तरीय स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा सुरु
बिहिबार १५ असोज, २०८३
विराटनगर महानगर कांग्रेस सभापतिमा कृष्ण कार्की निर्वाचित
बिहिबार १५ असोज, २०८३
पोखराको फिर्केखोला किनारमा फेरि डोजर चलाइयो
बिहिबार १५ असोज, २०८३
संघीय संसदका दुवै सदनको चालु अधिवेशन अन्त्य
बिहिबार १५ असोज, २०८३
अब ज्यालादारी र करारमा कर्मचारी नियुक्त गर्न नपाइने
बिहिबार १५ असोज, २०८३
भारतीय राजदूत श्रीवास्तव आजै फर्किँदै
बिहिबार १५ असोज, २०८३
बाढीपहिरोले क्षति पुर्‍याएको बेनी–जोमसोम सडक मर्मत सुरु
बिहिबार १५ असोज, २०८३
सामाजिक सञ्जाल नियमन गर्न छुट्टै कानुन ल्याउँदै सरकार, बालबालिकालाई उमेरगत प्रतिबन्धको तयारी
बुधबार १४ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०