हिसान क्रिकेटको फाइनलमा फेरि एक पटक अरनिको र ग्रिनल्यान्ड भिड्ने

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार २७ फाल्गुण, २०८१
२ वर्षअघि

विराटनगर । विराटनगरमा जारी प्रथम कोशी प्रदेशस्तरीय अन्तर क्रिकेट प्रतियोगिताको फाइनलमा अरनिको कलेज र ग्रिनल्यान्ड भिड्ने भएका छन् ।

हिसान कोशीको आयोजना तथा हिसान मोरङको संयोजकत्वमा विराटनगरमा जारी प्रतियोगिताको फाइनलमा अरनिको कलेज र ग्रिनल्यान्ड भिड्ने भएका हुन् ।

Advertisement

गत माघमा सकिएको हिसान क्रिकेटमा अरनिको र ग्रिनल्याण्डबीच भएको फाइनल खेलमा अरनिकोले उपाधि जितेको थियो ।

अब, पुनः एकपटक अरनिको र ग्रिनल्यान्डले उपाधिका लागि खेल्ने भएका हुन् ।

विराटनगरको वैजनाथ क्रिकेट मैदानमा मंगलबार भएको पहिलो सेमिफाइनल खेलमा हिसान मोरङ क्रिकेट विजेता विराटनगरको अरनिको कलेजले विर्तामोडको निदि कलेजलाई ६८ रनको फराकिलो अन्तरले पराजित गरि फाइनलमा प्रवेश गरेको छ ।

टस जितेर ब्याटिङ गरेको अरनिकोले निर्धारित १५ ओभरमा ५ विकेट गुमाई १ सय ३१ रनको स्कोर बनाएको थियो । अरनिकोका जितमा प्लेयर अफ म्याच रुद्रप्रताब साहले अविजित ५० रन बनाउँदा सोनु साहले २९ रनको योगदान दिए । निदिका विशाल मगरले सर्वाधिक ४ विकेट लिए ।

१ सय ३२ रनको लक्ष्य पछ्याएको निदिले १५ ओभरमा सवै विकेट गुमाई ६४ रनमा सिमित भयो । निदिकालागि विशाल मगरले सर्वाधिक १० रनको योगदान दिए । अरनिकोका अमन यादवले ३ विकेट लिँदा प्रकाश पासवानले २ विकेट लिए ।

दोस्रो सेमिफानल खेलमा ग्रिनल्याण्ड कलेजले इटहरीको विश्व आर्दश कलेजलाई १६ रनले पराजित गरि फाइनलमा प्रवेश गरेको छ ।

टस जितेर ब्याटिङ गरेको ग्रिनल्याण्डले निर्धारित २० ओभरमा ९ विकेट गुमाई ९७ रनको स्कोर बनाएको थियो । ग्रिनल्याण्डका क्रि चौधरीले २४ रन बनाउँदा रअनिस सहनीले २३ रन बनाए । विश्व आर्दशका बलराम मण्डलले २ विकेट लिँदा सन्देश भण्डारी र आकाश सराफले पनि २–२ विकेट लिए ।

९८ रनको लक्ष्य पछ्याएको विश्व आर्दशले पुरै ओभर खेल्दै ९ विकेट ८१ रनमा सिमित भयो । विश्व आर्दशकाआर्यन आमिरले सर्वाधिक २२ रनको योगदान दिए । ग्रिनल्याण्डका प्लेयर अफ म्याच सुनिल यादवले ४ विकेट लिँदा अमित चौधरी र गनेश यादवले २–२ विकेट दिए ।

फागुन २८ गतेसम्म प्रतियोगितामा कोशी प्रदेशका मोरङ, सुनसरी र झापाका गरी ६ टिम सहभागी रहेको हिसान कोशीका अध्यक्ष ज्ञानबहादुर खडकाले बताए ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
सामाजिक सञ्जाल नियमन गर्न छुट्टै कानुन ल्याउँदै सरकार, बालबालिकालाई उमेरगत प्रतिबन्धको तयारी
बुधबार १४ असोज, २०८३
इटहरीमा सीप तथा रोजगार मेला सुरु
बुधबार १४ असोज, २०८३
दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाउ आदेश
बुधबार १४ असोज, २०८३
महासभामा प्रधानमन्त्रीको सम्बोधन विश्वभर चर्चामा आयो : परराष्ट्रमन्त्री खनाल
बुधबार १४ असोज, २०८३
महाकालीको बाढीले दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुल भत्कियो
बुधबार १४ असोज, २०८३
चोलेन्द्रशमशेरलाई जेनजीबाट नभई अपरिचित समूहबाट थ्रेट आएको सरकारको स्पष्टीकरण
मङ्गलबार १३ असोज, २०८३
मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक, यस्ता छन् मुख्य निर्णय
मङ्गलबार १३ असोज, २०८३
कांग्रेस देउवा समूहमा प्रवेश गरे दीपक मनाङे
मङ्गलबार १३ असोज, २०८३
विराटनगरमा तासको खालमा प्रहरीको छापा, भागदौडमा एकको मृत्यु
मङ्गलबार १३ असोज, २०८३
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
मङ्गलबार १३ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०