युगान्डामाथि नेपालको रोमाञ्चक जित

शब्द एक्स्प्रेस संवाददाता
आईतबार २५ फाल्गुण, २०८१
२ वर्षअघि

काठमाडौं । नेपालले वुमन्स डे टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा घरेलु टोली युगान्डामाथि रोमाञ्चक जित निकालेको छ ।

आइतबार सम्पन्न खेलमा नेपाल एक विकेटले विजयी भएको हो ।

नेपाल पहिलो खेलमा नामिबियासँग ६ विकेटले पराजित भएको थियो ।

युगान्डाले भने हङकङलाई आठ विकेटले पराजित गरेको थियो ।

युगान्डाले प्रस्तुत गरेको ७६ रनको लक्ष्य नेपालले अन्तिम बल बाँकी रहँदा नौ विकेट गुमाउँदै पूरा गरेको हो ।

नेपालकी ओपनर सना प्रविणले सर्वाधिक १७ रन बनाइन् ।

उनले यही खेलमार्फत सिनियर टोलीमा डेब्यु गरेकी हुन् ।

नेपाली यु–१९ महिला टोलीलाई एसिया कप र आइसिसी यु–१९ विश्वकप खेलाएकी ओपनरलाई यसैपल्ट राष्ट्रिय टोलीमा समावेश गरिएको थियो ।

नामिबियासँग पहिलो खेलमा ६ विकेटले हार्दा उनी बेन्चमा थिइन् ।

तर, अर्को खेलमै उनले डेब्यु गर्ने अवसर प्राप्त गरेकी हुन् ।

उनी नेपाली महिला टोलीबाट डेब्यु गर्ने ३८औं खेलाडी हुन् ।

पूजा महतो १६ र रुविना क्षेत्री बेलबासेले १९ रन बनाउँदा अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

त्यसअघि एन्टेब्बे क्रिकेट ओभलमा पहिला ब्याटिङ थालेको युगान्डाले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै ७६ रनको योगफल तयार गरेको थियो ।

युगान्डाकी इम्याक्युलेट नकिसुयीले सर्वाधिक २२ रन बनाइन् ।

४० बल खेलेका उनले तीन चौका प्रहार गरिन् ।

स्टेफनी नाम्पीना १४ र मालिसा अरिओकोटले ११ रन बनाउँदा अन्यले राम्रो प्रदर्शन गर्न सकेनन् ।

नेपालकी पूजा महतोले तीन र कप्तान इन्दु बर्माले दुई विकेट लिइन्।

प्रकाशित समय: आईतबार २५ फाल्गुण, २०८१, १७:१७:३९
गोल्छा च्यारिटी ट्रस्टद्वारा विपद् उद्धार कोषमा १ करोड ११ लाख सहयोग
मङ्गलबार २३ भदौ, २०८३
इटहरीको प्रहरी हिरासतमा ६८ वर्षीय थुनुवाको मृत्यु
मङ्गलबार २३ भदौ, २०८३
मकवानपुरमा १६२ किलो गाँजासहित दुई जना पक्राउ
मङ्गलबार २३ भदौ, २०८३
रूसमा हिमपहिरोमा परी ११ पर्वतारोहीको मृत्यु, ६ जना घाइते
सोमबार २२ भदौ, २०८३
ज्वालामुखी विस्फोटपछि इन्डोनेसियाका आठ विमानस्थल बन्द, १ लाख ७० हजार यात्रु प्रभावित
सोमबार २२ भदौ, २०८३
बाढी र जलवायु न्यायको विषय उठाउँदै इन्दिरा रानाले बेलायती उपसभामुखसँग गरिन् भेट
सोमबार २२ भदौ, २०८३
दुहबी नगरपालिकाले दियो २० युवालाई बारिस्टा तालिम, स्वरोजगार बनाउने लक्ष्य 
आईतबार २१ भदौ, २०८३
सुनको मूल्य तोलामा ३ हजार १ सय रुपैयाँले घट्यो
आईतबार २१ भदौ, २०८३
क्यासिनोमा इन्स्पेक्टर र गाउँपालिका अध्यक्षसहित ८ जना पक्राउ
आईतबार २१ भदौ, २०८३
अन्डाको भाउमा फेरि वृद्धि, एक्सएल अन्डा प्रतिक्रेट ६०५ रुपैयाँ पुग्यो
शुक्रबार १९ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०