विराट गोल्डकप : घरेलु टिम मोरङको विजयी सुरुआत

शब्द एक्स्प्रेस संवाददाता
सोमबार १९ फाल्गुण, २०८१
१ वर्षअघि

विराटनगर । विराटनगरमा सुरु भएको विराट गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेल मोरङले जितेको छ । मोरङले भारतको साउथन समिति कोलकातालाई ३–२ ले हराउँदै उद्घाटन खेल जितेको हो ‌।

जितसँगै मोरङ क्वाटर फाइनलमा प्रवेश गरेको छ । अब उसको भेट त्रिभुवन आर्मी क्लबसँग हुनेछ । रात्रिकालीन स्पर्धामा मौसम सुब्बाले खेलको दोस्रो हाफको ४३ मिनेटमा निर्णायक गोल गर्दै मोरङलाई जित दिलाए । पहिलो हाफको प्रतिस्पर्धात्मक खेल २–२ गोलको बराबरीमा थियो ।

Advertisement

मोरङ एफएका लागि अभिषेक गुरुङले १० मिनेटमा पहिलो गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।

कयौँ पटक गोल पोस्टमा प्रहार गरेका साउथन समितिका खेलाडीले १३ मिनेटमा बराबरी गोल फर्काउन सफल भए ।

कोलकाताका सुदीप्ता हाल्देनले जवाफी गोल गरे । खेलको ३४औँ मिनेटमा कोलकाताका अनिमेषले हेडमार्फत गोल गर्दै खेललाई २–१ को अवस्थामा पुर्‍याए । पहिलो हाफको ४६औँ मिनेटमा पेनाल्टीलाई सदुपयोग गर्दै मोरङका दोर्जे तामाङले दोस्रो गोल गरे । त्यसपछि खेल २–२ को अवस्थामा पुग्यो ।

सहिद रंगशालामा सुरु भएको प्रतियोगितामा नेपाल र भारतका १० टिम सहभागी छन् । नेपालका ८ वटा विभागीय टोली छन् ।

प्रतियोगिताको विजेताले ११ लाख रुपैयाँ, उपविजेताले ५ लाख, उत्कृष्ट प्रशिक्षकले १५ हजार, सर्वाधिक गोलकर्ताले १५ हजार, दैनिक हुने खेलको उत्कृष्ट खेलाडीलाई १५ हजार र प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई ५१ हजार पुरस्कार दिइने फुटबल आयोजक समिति संयोजक नवीन रिजालले बताए ।

प्रतियोगिता फागुन २८ गतेसम्म चल्नेछ । अघिल्लो संस्करणको उपाधि मोरङ ११ ले जितेको थियो ।

प्रकाशित समय: बुधबार १० असार, २०८३, ०५:५०:१०

सम्बन्धित खबर

संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन
सोमबार २२ असार, २०८३
संविधान संशोधनमा महिलाको प्रतिनिधित्व ५० प्रतिशत पुर्‍याउन सांसद् राईको माग
सोमबार २२ असार, २०८३
रास्वपामा परिवारवाद र नातावाद पूर्ण निषेध
सोमबार २२ असार, २०८३
प्रतिनिधिसभाको बैठक बस्दै
सोमबार २२ असार, २०८३
१४ जिल्लामा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
सोमबार २२ असार, २०८३
विश्वकपबाट ब्राजिल बाहिरिएसँगै नेयमारले गरे सन्न्यासको घोषणा
सोमबार २२ असार, २०८३
गर्मीयामको स्वादिलो फल आँप : स्वादसँगै स्वास्थ्यका लागि लाभदायक
सोमबार २२ असार, २०८३
एमाले कार्यदलको बैठक असार २५ गते बस्ने
आईतबार २१ असार, २०८३
ऊर्जा मन्त्रालयले सार्वजनिक गर्‍यो १०० दिनका ७५ कामको सूची
आईतबार २१ असार, २०८३
शिक्षा मन्त्रालयले सार्वजनिक गर्‍यो ४२ कामको सूची
आईतबार २१ असार, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०