पाँचथरमाथि सहज जित निकल्दै झापाले जित्यो प्रदेशस्तरीय महिला फुटबलको उपाधि

शब्द एक्स्प्रेस संवाददाता
आईतबार १८ फाल्गुण, २०८१
२ वर्षअघि

विराटनगर । प्रथम कोशी प्रदेश खेलकुद महोत्सव २०८१ अन्तर्गतको प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिताको उपाधि झापा जिल्ला टोलीले जितेको छ।

विराटनगरस्थित शहिद रंगशालामा आइतबार सम्पन्न प्रतियोगिताको सन्ध्याकालीन फाइनल खेलमा पाँचथर जिल्ला टोलीलाई ३-० को गोल अन्तरले पराजित गर्दै झापाले प्रतियोगिताको उपाधि उचाल्न सफल भएको हो ।

खेलको सुरुवात देखिनै पाँचथरमाथि हाबी रहेको झापा टोलीले खेलको पहिलो हाफमै जेनिफर मगरको गोलको सहायताले खेलमा अग्रता लिएको थियो ।

त्यस्तै खेलको दोस्रो हाफमा पूर्णिमा राई र जेनिफर मगरले एक-एक गोल थप्दै झापाको जित सुनिश्चित गरेकी थिइन् ।

प्रतियोगिताको फाईनल खेलको ‘वुमन अफ द म्याच’ झापाकी मनिता तुम्रुक र प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी तथा सर्वाधिक गोलकर्ता झापाकी जेनिफर मगर भइन् ।

उनी प्रतियोगिताभर ६ गोल गर्न सफल भएकी थिइन् ।

त्यस्तै , प्रतियोगिताको उत्कृष्ट गोलकिपर झापाकी सुशीला चौधरी , उत्कृष्ट डिफेन्स झापाकी नेहा चौधरी , उत्कृष्ट मिडफिलडर झापाकी सिम्रन राई , उत्कृष्ट स्ट्राइकर झापाकी पूर्णिमा राई र उत्कृष्ट प्रशिक्षक झापाका शान्तबहादुर रायमाझी भए ।

उपाधिसहित झापाले ट्रफी , मेडल, प्रमाणपत्र र नगद १ लाख प्राप्त गर्दा उपविजेता पाँचथरले ट्रफी , मेडल , प्रमाणपत्र र नगद ५० हजारमा चित्त बुझाएको थियो ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी भएकी मगरले ट्रफी र नगद २० हजार र अन्य विधाको उत्कृष्टले ट्रफी र जनही नगद १० हजार पुरस्कार प्राप्त गरे ।

विजेतालगायत उत्कृष्ट खेलाडीहरूलाई कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री राम राना , सामाजिक विकास मन्त्री पाँचकर्ण राई , राज्यमन्त्री सिर्जना राई , खेलकुद विकास बोर्डका उपाध्यक्ष विन्दिया कार्की र सदस्य सचिव कृष्ण बस्नेत ( पर्शुराम ) लगायतले ट्रफी, मेडल र पुरस्कार हस्तान्तरण गरे ।

प्रकाशित समय: आईतबार १८ फाल्गुण, २०८१, २३:१४:४२
गोल्छा च्यारिटी ट्रस्टद्वारा विपद् उद्धार कोषमा १ करोड ११ लाख सहयोग
मङ्गलबार २३ भदौ, २०८३
इटहरीको प्रहरी हिरासतमा ६८ वर्षीय थुनुवाको मृत्यु
मङ्गलबार २३ भदौ, २०८३
मकवानपुरमा १६२ किलो गाँजासहित दुई जना पक्राउ
मङ्गलबार २३ भदौ, २०८३
रूसमा हिमपहिरोमा परी ११ पर्वतारोहीको मृत्यु, ६ जना घाइते
सोमबार २२ भदौ, २०८३
ज्वालामुखी विस्फोटपछि इन्डोनेसियाका आठ विमानस्थल बन्द, १ लाख ७० हजार यात्रु प्रभावित
सोमबार २२ भदौ, २०८३
बाढी र जलवायु न्यायको विषय उठाउँदै इन्दिरा रानाले बेलायती उपसभामुखसँग गरिन् भेट
सोमबार २२ भदौ, २०८३
दुहबी नगरपालिकाले दियो २० युवालाई बारिस्टा तालिम, स्वरोजगार बनाउने लक्ष्य 
आईतबार २१ भदौ, २०८३
सुनको मूल्य तोलामा ३ हजार १ सय रुपैयाँले घट्यो
आईतबार २१ भदौ, २०८३
क्यासिनोमा इन्स्पेक्टर र गाउँपालिका अध्यक्षसहित ८ जना पक्राउ
आईतबार २१ भदौ, २०८३
अन्डाको भाउमा फेरि वृद्धि, एक्सएल अन्डा प्रतिक्रेट ६०५ रुपैयाँ पुग्यो
शुक्रबार १९ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०