बागमतीलाई हराउँदै एपिएफले जित्यो मुख्यमन्त्री कप महिला भलिबलको उपाधि

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार १५ फाल्गुण, २०८१
२ वर्षअघि

दमक : नेपाल खेलकुद महासंघ कोशी प्रदेश कमिटीको आयोजना तथा कोशी प्रदेश खेलकुद विकास बोर्डको संयोजनमा सम्पन्न मुख्यमन्त्री कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता २०८१ को उपाधि सशस्त्र प्रहरी बल ( एपिएफ ) क्लबले जितेको छ ।

दमकस्थित हिमालय माध्यमिक विद्यालयको मैदानमा बिहीबार भएको फाइनल खेलमा बागमती महिला टोलीलाई ३-० को सोझो सेटमा पराजित गर्दै एपिएफ महिला टोलीले उपाधि जितेको हो ।

फाईनल खेलको पहिलो सेटमा एपिएफले २५ अंक हासिल गर्दै बागमतीलाई १० अंकमा रोक्न सफल भएको थियो भने दोस्रो सेटमा एपिएफले २५ अंक जित्दा बागमती २२ मा रोकिएको थियो ।

अन्तिम सेटमा बागमतीले १८ अंक प्राप्त गर्दा एपिएफ २५ अंक जित्दै उपाधि आफ्नो पक्षमा पार्न सफल भएको थियो ।

प्रतियोगिताको उपाधि जित्दै एपिएफले ट्रफी , मेडल , प्रमाणपत्र सहित ५ लाख र उपविजेता बागमतीले ट्रफी , मेडल , प्रमाणपत्र सहित ३ लाख प्राप्त गरेको थियो ।

फाईनल खेलमा उत्कृष्ट प्रदर्शन गर्नुभएको एपिएफको कविता भट्ट ‘ वुमन अफ म्याच ‘ बन्न सफल हुनुभएको थियो ।

त्यस्तै , प्रतियोगिताको उत्कृष्ट खेलाडी एपिएफकी निरूता ठगुन्ना , उत्कृष्ट सर्भर कविता भट्ट , उत्कृष्ट डिफेन्डर शान्तिकला तामाङ , उत्कृष्ट स्पाइकर सलिना बुढा मगर , उत्कृष्ट ब्लकर सुमित्रा रेग्मी , उत्कृष्ट सेेटर जस्ना महतो र उत्कृष्ट कोच महेश चौधरी भएका थिए ।

उत्कृष्ट खेलाडी ठगुन्नाले ट्रफी सहित नगद २५ हजार र अन्य विधाका उत्कृष्टहरूले ट्रफी सहित जनही १० हजार प्राप्त गरे ।

प्रतियोगिताको विजेता लगायत अन्य उत्कृष्ट खेलाडीलाई कोशी प्रदेशका संस्थापक मुख्यमन्त्री शेरधन राई , कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव कृष्ण बस्नेत ( पर्शुराम ) लगायतले ट्रफी , मेडल हस्तान्तरण गरेका थिए ।

प्रकाशित समय: बिहिबार १५ फाल्गुण, २०८१, २०:३३:२५
बाढीले सर्वस्व गुमाएकी विष्णुकुमारीको उपचारमा सुनील शर्माको पहल, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण
बुधबार २४ भदौ, २०८३
सुनसरी–४ मा कांग्रेसको अधिवेशन सरगर्मी, क्षेत्रीय सभापतिमा गफार अन्सारीको उम्मेदवारी
बुधबार २४ भदौ, २०८३
गोल्छा च्यारिटी ट्रस्टद्वारा विपद् उद्धार कोषमा १ करोड ११ लाख सहयोग
मङ्गलबार २३ भदौ, २०८३
इटहरीको प्रहरी हिरासतमा ६८ वर्षीय थुनुवाको मृत्यु
मङ्गलबार २३ भदौ, २०८३
मकवानपुरमा १६२ किलो गाँजासहित दुई जना पक्राउ
मङ्गलबार २३ भदौ, २०८३
रूसमा हिमपहिरोमा परी ११ पर्वतारोहीको मृत्यु, ६ जना घाइते
सोमबार २२ भदौ, २०८३
ज्वालामुखी विस्फोटपछि इन्डोनेसियाका आठ विमानस्थल बन्द, १ लाख ७० हजार यात्रु प्रभावित
सोमबार २२ भदौ, २०८३
बाढी र जलवायु न्यायको विषय उठाउँदै इन्दिरा रानाले बेलायती उपसभामुखसँग गरिन् भेट
सोमबार २२ भदौ, २०८३
दुहबी नगरपालिकाले दियो २० युवालाई बारिस्टा तालिम, स्वरोजगार बनाउने लक्ष्य 
आईतबार २१ भदौ, २०८३
सुनको मूल्य तोलामा ३ हजार १ सय रुपैयाँले घट्यो
आईतबार २१ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०