कोशी प्रदेशमा पहिलोपटक खेलकुद महोत्सव हुँदै

शब्द एक्स्प्रेस संवाददाता
आईतबार ११ फाल्गुण, २०८१
२ वर्षअघि

विराटनगर । कोशी प्रदेशमा पहिलोपटक खेलकुद महोत्सव हुने भएको छ ।

कोशी प्रदेश खेलकुद विकास बोर्डले आगामी फागुन १३ देखि १८ गतेसम्म प्रथम संस्करणको कोशी प्रदेश खेलकुद महोत्सव आयोजना गर्न लागेको हो ।

Advertisement

आइतबार सामाजिक विकास मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै बोर्डले महोत्सवको तयारी पूरा भएको जानकारी दिएको छ ।

प्रदेशका १४ जिल्लाका खेलाडीहरू सहभागी हुने यस महोत्सवमा एथलेटिक्स, कबड्डी, डोरीतान, सफ्ट टेनिस, कराते, तेक्वान्दो, बुद्धिचाल, बाघचाल, महिला फुटबल, महिला भलिबल र टेबलटेनिस गरी ११ खेल समावेश गरिएको छ ।

खेलकुद महोत्सवको उद्घाटन कोशी प्रदेश सभाका सभामुख अम्बरबहादुर विष्टले गर्ने छन् ।

मोरङ र झापा जिल्लाका विभिन्न खेल मैदानहरूमा प्रतियोगिता सञ्चालन हुने कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव कृष्ण बस्नेत ‘पर्शुराम’ ले जानकारी दिए ।

उनले नियमित खेलकुद प्रतियोगिताले खेलाडीको प्रतिभामा निखार ल्याउने बताउँदै ‘खेल गति नै खेलाडीको प्रगति’ हो भन्ने मान्यताका साथ बोर्डले गतिविधि गर्दै आएको धारणासमेत व्यक्त गरे ।

करिब एक करोड ७९ लाख रुपैयाँ लागत अनुमान गरिएको यस प्रतियोगितामा बोर्डले एक करोड २० लाख रुपैयाँ व्यहोर्ने र बाँकी रकम प्रदेश सरकार, निजी क्षेत्र र खेलप्रेमीहरूको सहयोगबाट जुटाइने बताइएको छ ।

प्रदेशमा खेलकुद क्षेत्रलाई सक्रिय बनाउने र खेलाडीहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले यो महोत्सव आयोजना गरिएको कोशी प्रदेश सामाजिक विकास मन्त्री पाँचकर्ण राईले जानकारी दिए ।

आगामी चैत्र तेस्रो साताबाट सुरु हुने दसौं राष्ट्रिय खेलकुदको तयारीस्वरूप महोत्सव गर्न लागिएको उनको भनाइ छ ।

बोर्डका अध्यक्षसमेत रहेका राईले कोशी प्रदेशमा नियमित खेल गतिविधि हुँदा यस्ता गतिविधिले कोशी प्रदेशलाई १०औं राष्ट्रिय खेलकुद प्रतियोगितामा अधिक पदक जित्न सहयोग पुग्ने बताए ।

राईले नियमित खेलकुद प्रतियोगिताले खेलाडीको जीवन निर्वाहमा समेत महत्वपूर्ण भूमिका खेल्ने भन्दै खेलाडीले खेलेरै जीवनयापन गर्न सक्ने अवस्था सिर्जना गर्न सबैपक्ष लाग्नु पर्ने धारणा व्यक्त गरे ।

खेलकुद विकास बोर्डले खेलाडी तथा आगन्तुकहरूको स्वागतका लागि विभिन्न स्थानमा स्वागतद्वार निर्माण गरेको छ ।

खेलकुद महोत्सवको समापन भने कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गर्ने कार्यक्रम रहेको छ ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
सामाजिक सञ्जाल नियमन गर्न छुट्टै कानुन ल्याउँदै सरकार, बालबालिकालाई उमेरगत प्रतिबन्धको तयारी
बुधबार १४ असोज, २०८३
इटहरीमा सीप तथा रोजगार मेला सुरु
बुधबार १४ असोज, २०८३
दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाउ आदेश
बुधबार १४ असोज, २०८३
महासभामा प्रधानमन्त्रीको सम्बोधन विश्वभर चर्चामा आयो : परराष्ट्रमन्त्री खनाल
बुधबार १४ असोज, २०८३
महाकालीको बाढीले दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुल भत्कियो
बुधबार १४ असोज, २०८३
चोलेन्द्रशमशेरलाई जेनजीबाट नभई अपरिचित समूहबाट थ्रेट आएको सरकारको स्पष्टीकरण
मङ्गलबार १३ असोज, २०८३
मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक, यस्ता छन् मुख्य निर्णय
मङ्गलबार १३ असोज, २०८३
कांग्रेस देउवा समूहमा प्रवेश गरे दीपक मनाङे
मङ्गलबार १३ असोज, २०८३
विराटनगरमा तासको खालमा प्रहरीको छापा, भागदौडमा एकको मृत्यु
मङ्गलबार १३ असोज, २०८३
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
मङ्गलबार १३ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०