नेपाल आउँदै विश्वकप विजेता बुफोन, प्रधानमन्त्री ओलीसँग भेट गर्ने

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार ९ फाल्गुण, २०८१
२ वर्षअघि

काठमाडौं । विश्वकप विजेता इटालीका पूर्व कप्तान तथा गोलकिपर जियानलुइजी बुफोन नेपाल आउने भएका छन् ।

४७ वर्षीय बुफोन केपी ओली कप फुटबल प्रतियोगिताका दौरान नेपाल आउने भएका हुन् ।

Advertisement

प्रतियोगिताको आयोजक राष्ट्रिय युवा संघका अध्यक्ष क्षितिज थेबेले बुफोन नेपाल आउने पक्का भएको जाकारी दिए ।

केपी ओली कपको तेस्रो संस्करण यही फागुन ११ देखि १९ गतेसम्म हुनेछ ।

बुफोन फाइनलका दौरान दशरथ रंगशालामा उपस्थित हुनेछन् ।

संघका अध्यक्ष थेबेकाअनुसार बुफोन ल्याउनका लागि सम्झौतासमेत भइसकेको छ ।

यसअघि ब्राजिलका स्टारहरु रोनाल्डिन्हो र रोबर्टो कार्लोसलाई प्रस्ताव गरे पनि उनीहरू नआउने भएपछि बुफोनलाई ल्याउन लागिएको हो ।

बुफोन करिब एक साता नेपालमा रहनेछन् ।

त्यस दौरान उनले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटघाट गर्नुका साथै विभिन्न स्थानको भ्रमण पनि गर्नेछन् ।

सन् २००६ को फिफा विश्वकप जितेका बुफोनले १७६ अन्तर्राष्ट्रिय खेल खेलेका छन् ।

उनले इटलीका लागि ८० खेलमा कप्तानकाे भूमिका निर्वाह गरेका थिए ।

बुफोनले सन् १९९८ देखि २०१४ सम्म लगातार पाँच विश्वकप खेलेका थिए ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
सामाजिक सञ्जाल नियमन गर्न छुट्टै कानुन ल्याउँदै सरकार, बालबालिकालाई उमेरगत प्रतिबन्धको तयारी
बुधबार १४ असोज, २०८३
इटहरीमा सीप तथा रोजगार मेला सुरु
बुधबार १४ असोज, २०८३
दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाउ आदेश
बुधबार १४ असोज, २०८३
महासभामा प्रधानमन्त्रीको सम्बोधन विश्वभर चर्चामा आयो : परराष्ट्रमन्त्री खनाल
बुधबार १४ असोज, २०८३
महाकालीको बाढीले दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुल भत्कियो
बुधबार १४ असोज, २०८३
चोलेन्द्रशमशेरलाई जेनजीबाट नभई अपरिचित समूहबाट थ्रेट आएको सरकारको स्पष्टीकरण
मङ्गलबार १३ असोज, २०८३
मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक, यस्ता छन् मुख्य निर्णय
मङ्गलबार १३ असोज, २०८३
कांग्रेस देउवा समूहमा प्रवेश गरे दीपक मनाङे
मङ्गलबार १३ असोज, २०८३
विराटनगरमा तासको खालमा प्रहरीको छापा, भागदौडमा एकको मृत्यु
मङ्गलबार १३ असोज, २०८३
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
मङ्गलबार १३ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०