विराट गोल्डकपको उद्घाटन खेलमा आर्मी र कोलकाता भिड्ने

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार ८ फाल्गुण, २०८१
१ वर्षअघि

विराटनगर । आसन्न नवौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिताको खेलतालिका सार्वजानिक भएको छ ।

‘पूर्वको सान’ मानिने विराट गोल्डकपको नवौं संस्करण फागुन १९ गतेदेखि २८ गतेसम्म आयोजना हुँदैछ ।

विराटनगर सहिद रंगशालामा फ्लडलाइट्सको माध्यमबाट हुने रात्रीकलीन प्रतियोगिताको उद्घाटन फागुन १९ गते हुँदै छ ।

उक्त खेलका लागि आयोजक विराट गोल्डकप ट्रस्टले तालिका सार्वजनिक गरेको हो ।

जसअनुसार उद्घाटन खेलमा विभागीय टिम त्रिभुवन आर्मी क्लब र पाहुना टोली भारत कोलकाताको साउथर्न समिति फुटबल क्लबबीच हुने भएको छ ।

अघिल्लो संस्करणमा आर्मी क्वार्टरफाइनलबाट अगाडि बढ्न सकेको थिएन ।

यसैगरी, यस संस्करणको दोस्रो खेलमा फागुन २० गते सशस्त्र प्रहरी बल (एपीएफ) र सुदेभा दिल्ली फुटबल क्बल भारतबीच हुनेछ ।

त्यसैगरी फागुन २१ गते पहिलो क्वार्टरफाइनल खेल हुने भएको छ । पहिलो क्वार्टरफाइनल खेल आयोजक रिजालको मोरङ ११ र उद्घाटन खेलका बिजेता टिमसँग प्रतिस्पर्धा गर्नेछ ।

फागुन २२ गते दोस्रो क्वार्टरफाइनल खेल हुनेछ । नेपाल पुलिस क्लबले बाइ पाएको छ ।

सशस्त्र प्रहरी बल (एपीएफ) र सुदेभा दिल्ली फुटबल क्बलको बिजेता टिमसँग पुलिसले सेमिफाइनल यात्राको लागि प्रतिस्पर्धा गर्नेछ ।

फागुन २३ गते मच्छिन्द्र र थ्रीस्टार बीच हुनेछ भने फागुन २४ गते चर्च व्याइज फुटबल क्लब काठमाडौं र एन आरटी क्लब काठमाडौंबीच हुनेछ ।

फागुन २५ र २६ गते सेमिफाइनल खेल हुनेछ भने एक दिन ग्याप राखेर फागुन २८ गते फाइनल हुनेछ ।

प्रतियोगितामा विदेशी दुई टिमसहितका स्वदेशी ‘ए’ डिभिजनका १० टिमको सहभागिता रहेको छ ।

प्रकाशित समय: बिहिबार ८ फाल्गुण, २०८१, १२:५०:४५
कोशीमा कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लियो
बुधबार ३ भदौ, २०८३
सांसद–मन्त्रीबीच दूरी बढेपछि रवि लामिछानेले बोलाए छलफल
बुधबार ३ भदौ, २०८३
आजदेखि देशभर म्यानपावर कम्पनी बन्द
सोमबार १ भदौ, २०८३
भारतीय स्थलसेनाध्यक्ष जनरल धीरज सेठ आज नेपाल आउँदै
आईतबार ३१ साउन, २०८३
सुदूरपश्चिममा एमालेका तीन मन्त्री र एक राज्यमन्त्रीले शपथ लिए
शुक्रबार २९ साउन, २०८३
सुदूरपश्चिममा खगराज भट्ट मुख्यमन्त्री नियुक्त
शुक्रबार २९ साउन, २०८३
धवलशमशेरसँग कुरा नमिलेपछि दुर्गा प्रसाईंले छुट्टै पार्टी खोल्ने
शुक्रबार २९ साउन, २०८३
पत्रकार किशोर श्रेष्ठलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति
बिहिबार २८ साउन, २०८३
विराटनगरका ७ आँखा अस्पतालमा मोरङ प्रशासनको तालाबन्दी 
बिहिबार २८ साउन, २०८३
बुढीगङ्गामा सप्ताहव्यापी अन्तर्राष्ट्रिय युवा दिवस, युवा संवाददेखि रक्तदानसम्मका कार्यक्रम
बिहिबार २८ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०