रोहितको उत्कृष्ट प्रदर्शनमा भारतले इंग्ल्यान्डलाई हरायो

शब्द एक्स्प्रेस संवाददाता
सोमबार २८ माघ, २०८१
२ वर्षअघि

विराटनगर । आइतबार भारत र इंग्ल्यान्डबीच भएको दोस्रो एकदिवसीय खेलमा भारतले इंग्ल्यान्डलाई ५ विकेटले पराजित गरेको छ ।

कटकको बाराबती रंगशालामा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गर्दै इङ्ल्यान्डले भारतलाई ३०५ रनको लक्ष्य दिएको थियो । भारतले ५.३ ओभर बाँकी रहँदा यो लक्ष्य हासिल गर्‍यो ।

Advertisement

भारतका कप्तान रोहित शर्माले ९० बलमा १२ चौका र ७ छक्का हान्दै ११९ रन बनाए। शुभमन गिलले ६०, श्रेयस अय्यरले ४४ र अक्षर पटेलले ४१ रन बनाए ।

तर, यशस्वी जयस्वालको स्थानमा खेलेका विराट कोहलीले भने राम्रो प्रदर्शन गर्न सकेनन्, मात्र ५ रन बनाएर आउट भए । इंग्ल्यान्डका लागि जो रुटले ६९ र बेन डकेटले ६५ रन बनाए ।

बलिङमा भारतका रविन्द्र जडेजाले सबैभन्दा धेरै तीन विकेट लिए भने इङ्ल्यान्डका जेमी ओभरटनले दुई विकेट लिए ।

यो जितसँगै भारतले तीन खेलको शृङ्खलामा २–० को अग्रता लिएको छ । अर्को खेल फेब्रुअरी १२ मा अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा हुनेछ ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
सामाजिक सञ्जाल नियमन गर्न छुट्टै कानुन ल्याउँदै सरकार, बालबालिकालाई उमेरगत प्रतिबन्धको तयारी
बुधबार १४ असोज, २०८३
इटहरीमा सीप तथा रोजगार मेला सुरु
बुधबार १४ असोज, २०८३
दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाउ आदेश
बुधबार १४ असोज, २०८३
महासभामा प्रधानमन्त्रीको सम्बोधन विश्वभर चर्चामा आयो : परराष्ट्रमन्त्री खनाल
बुधबार १४ असोज, २०८३
महाकालीको बाढीले दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुल भत्कियो
बुधबार १४ असोज, २०८३
चोलेन्द्रशमशेरलाई जेनजीबाट नभई अपरिचित समूहबाट थ्रेट आएको सरकारको स्पष्टीकरण
मङ्गलबार १३ असोज, २०८३
मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक, यस्ता छन् मुख्य निर्णय
मङ्गलबार १३ असोज, २०८३
कांग्रेस देउवा समूहमा प्रवेश गरे दीपक मनाङे
मङ्गलबार १३ असोज, २०८३
विराटनगरमा तासको खालमा प्रहरीको छापा, भागदौडमा एकको मृत्यु
मङ्गलबार १३ असोज, २०८३
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
मङ्गलबार १३ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०