एफए कपबाट बाहिरियो लिभरपुल

शब्द एक्स्प्रेस संवाददाता
सोमबार २८ माघ, २०८१
२ वर्षअघि

विराटनगर । इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा रहेको लिभरपुल अप्रत्याशित हार बेहोर्दै एफए कपबाट बाहिरिएको छ ।

आइतबार एफए कपको चौथो चरणमा प्लेमाउथसँग १–० को स्तब्धकारी हार भोग्दै लिभरपुल बाहिरिएको हो ।

Advertisement

योसँगै लिभरपुलको यस सिजनमा चार वटा प्रमुख उपाधि जित्ने सपना पनि अन्त्य भएको छ ।

लिभरपुलले प्रिमियर लिगमा एक खेल कम खेल्दै तालिकामा ६ अंकको अग्रता लिएको छ ।

दोस्रो स्थानको आर्सनलको भने २४ खेलबाट ५० अंक छ ।

लिभरपुलले च्याम्पियन्स लिगको पहिलो चरण शीर्ष स्थानमा रहेर समाप्त गरेको छ र इङ्लिस लिग कपको फाइनलमा स्थान बनाइसकेको छ ।

दोस्रो श्रेणीको क्लब प्लेमाउथका रायन हार्डीले खेलको ५३औं मिनेटमा पेनाल्टीमार्फत निर्णायक गोल गर्दै आफ्नो टोलीलाई अप्रत्याशित जित दिलाए ।

दक्षिण–पश्चिम इङ्ग्ल्यान्डस्थित प्लेइमाउथ क्लब दोस्रो श्रेणी च्याम्पियनसिपको पुछारमा छ र हालै म्यानचेस्टर युनाइटेड पूर्वखेलाडी वायन रुनीलाई प्रशिक्षक पदबाट बर्खास्त गरेको थियो ।

च्याम्पियनसिपमा प्लेमाउथले ३० खेलबाट २५ अंक बटुलेको छ ।

लिभरपुलले मोहम्मद सालाह, कोडी गाक्पो र भर्जिल भान डाइकजस्ता स्टार खेलाडीबिना अत्यधिक परिवर्तन गरिएको टोली मैदानमा उतारेको थियो, जसको कारण यस हारको सामना गर्नुपर्‍यो ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
सामाजिक सञ्जाल नियमन गर्न छुट्टै कानुन ल्याउँदै सरकार, बालबालिकालाई उमेरगत प्रतिबन्धको तयारी
बुधबार १४ असोज, २०८३
इटहरीमा सीप तथा रोजगार मेला सुरु
बुधबार १४ असोज, २०८३
दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाउ आदेश
बुधबार १४ असोज, २०८३
महासभामा प्रधानमन्त्रीको सम्बोधन विश्वभर चर्चामा आयो : परराष्ट्रमन्त्री खनाल
बुधबार १४ असोज, २०८३
महाकालीको बाढीले दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुल भत्कियो
बुधबार १४ असोज, २०८३
चोलेन्द्रशमशेरलाई जेनजीबाट नभई अपरिचित समूहबाट थ्रेट आएको सरकारको स्पष्टीकरण
मङ्गलबार १३ असोज, २०८३
मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक, यस्ता छन् मुख्य निर्णय
मङ्गलबार १३ असोज, २०८३
कांग्रेस देउवा समूहमा प्रवेश गरे दीपक मनाङे
मङ्गलबार १३ असोज, २०८३
विराटनगरमा तासको खालमा प्रहरीको छापा, भागदौडमा एकको मृत्यु
मङ्गलबार १३ असोज, २०८३
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
मङ्गलबार १३ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०