हिसान फुटबलको उपाधि कान्तिपुर र रेड स्टार कलेजलाई

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार १७ माघ, २०८१
२ वर्षअघि

विराटनगर । उच्च माध्यमिक शिक्षालय संघ (हिसान) मोरङले आयोजना गरेको खेलसप्ताहअन्तर्गत बुधबार राति भएको फुटबल प्रतियोगिताको उपाधि विराटनगरको कान्तिपुर कलेज र पथरीको रेड स्टार कलेजले जितेको छ ।

विराटनगरको सहिद मैदानमा फ्लड लाइटमा भएको रात्रीकालीन छात्र फुटबलको फाइनल खेलमा कान्तिपुर कलेजले पथरीको रेड स्टार कलेजलाई १–० को गोल अन्तरले पराजित गरि उपाधि जितेको हो ।

कान्तिपुरको जितमा मध्यान्तर पछिको १४ औं मिनेटमा गौतम चौधरीले निर्णायक गोल गरे ।

फाइनल खेलको प्लेयर अफ द फाइनल कान्तिपुरका शिवनारायण चौधरी घोषित भए ।

हाई स्कोरर कान्तिपुरका गौतम चौधरी, उत्कृष्ट गोलकिपर कान्तिपुरका जिवन चौधरी, उत्कृष्ट डिफेन्स कान्तिपुरका आदित्य राना मगर, उत्कृष्ट मिफिल्डर रेड स्तारका सौगात राई भए भने उत्कृष्ड प्रशिक्षक कान्तिपुरका कोमल खवास भए ।

यसअघि भएको छात्रा फुटबलमा साविक विजेता विराटनगरको अर्किड कलेजलाई पराजित गर्दै पथरीको रेड स्टारले पहिलो पटक छात्रा फुटबलको उपाधि जिेतेको छ ।

रेडस्टारले अर्किडलाई ३–० को गोल अन्तरले पराजित गरि उपाधि जितेको हो । रेड स्ठारको जितमा स्मृती राई, सलिजा राई र आशिका लिम्बुले १–१ गोर गरिन् ।

फाइनल खेलको प्लेयर अफ द सिरिज रेड स्टारकी स्मृती राई भइन भने हाइ स्कोरर अर्किडकी समिक्षा आचार्य, उत्कृष्ट मिडफिल्डर रेड स्टारकी सलिजा राई र उत्कृष्ट गोलकिपर रेड स्टारकी विद्या लिम्बु घोषित भइन् ।

विजयी तथा अन्य खेलाडीलाई प्रमुख अतिथि हिसानका केन्द्रीय उपाध्यक्ष भेषराज पोखरेल हिसान कोशी प्रदेशका अध्यक्ष ज्ञानबहादुर खडका, सचिव दिेपेश बास्तोला र हिसान मोरङका अध्यष अमित ढकाललगायतले पुरस्कार तथा ट्रफी वितरण गरे ।

प्रकाशित समय: बिहिबार १७ माघ, २०८१, १६:४०:३९
कोशीमा कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लियो
बुधबार ३ भदौ, २०८३
सांसद–मन्त्रीबीच दूरी बढेपछि रवि लामिछानेले बोलाए छलफल
बुधबार ३ भदौ, २०८३
आजदेखि देशभर म्यानपावर कम्पनी बन्द
सोमबार १ भदौ, २०८३
भारतीय स्थलसेनाध्यक्ष जनरल धीरज सेठ आज नेपाल आउँदै
आईतबार ३१ साउन, २०८३
सुदूरपश्चिममा एमालेका तीन मन्त्री र एक राज्यमन्त्रीले शपथ लिए
शुक्रबार २९ साउन, २०८३
सुदूरपश्चिममा खगराज भट्ट मुख्यमन्त्री नियुक्त
शुक्रबार २९ साउन, २०८३
धवलशमशेरसँग कुरा नमिलेपछि दुर्गा प्रसाईंले छुट्टै पार्टी खोल्ने
शुक्रबार २९ साउन, २०८३
पत्रकार किशोर श्रेष्ठलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति
बिहिबार २८ साउन, २०८३
विराटनगरका ७ आँखा अस्पतालमा मोरङ प्रशासनको तालाबन्दी 
बिहिबार २८ साउन, २०८३
बुढीगङ्गामा सप्ताहव्यापी अन्तर्राष्ट्रिय युवा दिवस, युवा संवाददेखि रक्तदानसम्मका कार्यक्रम
बिहिबार २८ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०