विराटनगर । उच्च माध्यमिक शिक्षालय संघ (हिसान) मोरङले आयोजना गरेको खेलसप्ताहअन्तर्गत बुधबार राति भएको फुटबल प्रतियोगिताको उपाधि विराटनगरको कान्तिपुर कलेज र पथरीको रेड स्टार कलेजले जितेको छ ।
विराटनगरको सहिद मैदानमा फ्लड लाइटमा भएको रात्रीकालीन छात्र फुटबलको फाइनल खेलमा कान्तिपुर कलेजले पथरीको रेड स्टार कलेजलाई १–० को गोल अन्तरले पराजित गरि उपाधि जितेको हो ।
कान्तिपुरको जितमा मध्यान्तर पछिको १४ औं मिनेटमा गौतम चौधरीले निर्णायक गोल गरे ।
फाइनल खेलको प्लेयर अफ द फाइनल कान्तिपुरका शिवनारायण चौधरी घोषित भए ।
हाई स्कोरर कान्तिपुरका गौतम चौधरी, उत्कृष्ट गोलकिपर कान्तिपुरका जिवन चौधरी, उत्कृष्ट डिफेन्स कान्तिपुरका आदित्य राना मगर, उत्कृष्ट मिफिल्डर रेड स्तारका सौगात राई भए भने उत्कृष्ड प्रशिक्षक कान्तिपुरका कोमल खवास भए ।
यसअघि भएको छात्रा फुटबलमा साविक विजेता विराटनगरको अर्किड कलेजलाई पराजित गर्दै पथरीको रेड स्टारले पहिलो पटक छात्रा फुटबलको उपाधि जिेतेको छ ।
रेडस्टारले अर्किडलाई ३–० को गोल अन्तरले पराजित गरि उपाधि जितेको हो । रेड स्ठारको जितमा स्मृती राई, सलिजा राई र आशिका लिम्बुले १–१ गोर गरिन् ।
फाइनल खेलको प्लेयर अफ द सिरिज रेड स्टारकी स्मृती राई भइन भने हाइ स्कोरर अर्किडकी समिक्षा आचार्य, उत्कृष्ट मिडफिल्डर रेड स्टारकी सलिजा राई र उत्कृष्ट गोलकिपर रेड स्टारकी विद्या लिम्बु घोषित भइन् ।
विजयी तथा अन्य खेलाडीलाई प्रमुख अतिथि हिसानका केन्द्रीय उपाध्यक्ष भेषराज पोखरेल हिसान कोशी प्रदेशका अध्यक्ष ज्ञानबहादुर खडका, सचिव दिेपेश बास्तोला र हिसान मोरङका अध्यष अमित ढकाललगायतले पुरस्कार तथा ट्रफी वितरण गरे ।