विराटनगर । नेपाल खेलकुद महासंघ मोरङ जिल्ला कमिटीको अध्यक्षमा शितल राय निर्वाचित भएका छन् ।
विराटनगरस्थित नेकपा एमाले पार्टी कार्यालयमा शनिबार सम्पन्न महासंघको दोस्रो जिल्ला अधिवेशनबाट मोरङ अध्यक्षमा राय निर्विरोध निर्वाचित भएका हुन् ।
२९ सदस्यीय जिल्ला कमिटीको उपाध्यक्षमा रिक्की रानामगर (प्रभाकर) र नविन थापा, सचिवमा सागर केसी, सहसचिवमा इन्दु बाँस्कोटा र मेनका ठाकुर र कोषाध्यक्षमा करुणा दाहाल निर्वाचित भएको महासंघ स्थायी कमिटी सदस्य रोहित कोइरालाले जानकारी दिए ।
दोस्रो जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै नेपाल खेलकुद महासंघका केन्द्रीय अध्यक्ष पर्शुराम बस्नेतले महासंघले पछिल्लो समय खेल क्षेत्रलाई गतिशील बनाउन देशैभरि खेलकुद प्रतियोगिताको आयोजन तथा रचनात्मक गतिविधि गरिरहेको बताए ।