भाइरलको नियति : सचिनदेखि भेलुबाजेसम्म !

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार १९ पुस, २०८१
२ वर्षअघि

विराटनगर । निमोनियाका कारण निधन भएका बालगायक सचिन परियार आफ्नो बालापनको अनुभूति गर्न नपाएरै अस्ताए ।

हर्मोनल असन्तुलन र स्नायुको समस्याले गर्दा उनको शारीरिक विकास सही ढंगले भएको थिएन ।

Advertisement

यस्तै स्थितिमा गुल्मी सदरमुकाम तम्घासको कुनै बाटोमा उनी आफ्नै सुरमा खेल्दै हिडिरहेका भेटिएका थिए ।

त्यही बेला कसैले उनको भिडियो खिचेर सोसल मिडियामा राखेपछि उनी ‘भाइरल’ बने ।

भाइरल बन्नुको पछाडि उनको खास कुनै प्रतिभा थिएन । बरु बोल्ने शैली र लवजलाई ‘मनोन्जनको खुराक’ बनाइएका उनले भाइरलकै नियति भोग्नुपर्‍यो ।

सामाजिक सञ्जालबाट उदाएका उनले भाइरल हुने प्रवृत्तिका कारण सुविस्ताले बाँच्नसमेत पाएनन् ।

न उनलाई लेखपढ गर्न दिइयो, न स्वच्छन्द बाल्यकाल बिताउन नै दिइयो । अन्ततःसचिनले बिहीबार बिहान अन्तिम सास लिए ।

सिभियर निमोनियाले पल्मोनरी ह्यामरेज भएका कारण उनको निधन भयो । १३ वर्षीय सचिनको निधनमा सामाजिक सञ्जालको टाइमलाइन शोकमा डुबेको छ ।

भाइरलको नियति भोग्ने उनी पहिलो व्यक्ति थिएनन् । सामाजिक सञ्जालबाटै उदाएका भेलुबाजेका नामले भाइरल प्यूठानका मिनबहादुर बुढा पनि अर्को उदाहरण हुन् ।

विभिन्न युट्युवरले लिएको अन्तवार्तामा ‘रफ’ शब्द बोलेर भाइरल भएका भेलुबाजेको गत २० वैशाखमा निधन भयो ।

अत्यधिक मादकपदार्थ सेवनको कारण अस्पताल भर्ना भएका उनको उपचारका क्रममा मृत्यु भएको थियो ।

६१ वर्षीय बुढामगरले ‘ओख्खो’, ‘बेल्कुल’ र ‘अनुरोध गरेको छु’ जस्ता थेगोले सामाजिक सञ्जालका माध्यमबाट ‘भाइरल’ बनेका थिए ।

लोकप्रिय बन्दै गएपछि उनले केही हाँस्य टेलिशृंखलामा अभिनय र गीत गाउनेसमेत अवसर पाएका थिए ।

सामान्य ज्याला मजदुरी गरेर आफ्नो जीविकोपार्जन गरिरहेका भेलु बाजेलाई टिकटकले एकाएक भाइरल बनाइदियो । तर, उनको उपचारमा भएको आर्थिक अभावबारे कसैले चासो लिएनन् ।

सामाजिक सञ्जालमा के–के न भनेर भाइरल गराउँछन् । भ्यूज बढाउँछन् र पैसा कमाउँछन् अन्त्यमा मृत्यु सम्मुख पुगुन्जेलसम्म पनि अनेक शीर्षकमा कन्टेन्ट बनाएर सबैलाई पंगु बनाउँछन् ।

पैसा नै असुल्ने महत्वकांक्षा राखेर दुनियाँलाई रमिते बनाइने नाटकका पात्रहरूमध्ये भेलु बाजे र सचिन परियार थिए जो मृत्युका प्रिय भए ।

भाइरल हुन्जेल मानिसहरूले मनोरञ्जन लिने तर बिरामी पर्दा सहयोग नगर्ने हामी र सहयोगका लागि आएका रकम झ्वाम पार्ने अभियन्ताहरू नै भेलु बाजे र सचिनको निधनको दोषी हुन् भन्दा फरक नपर्ला !

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
बागलुङमा माटोको ढिस्कोले पुरिएर दुई मजदुरको मृत्यु, एक गम्भीर घाइते
सोमबार १९ असोज, २०८३
कांग्रेस महाधिवेशनको बन्दसत्र आजदेखि, असोज २२ मा मतदान
सोमबार १९ असोज, २०८३
कांग्रेस महाधिवेशनलाई भारत, चीनसहित विभिन्न देशबाट शुभकामना
आईतबार १८ असोज, २०८३
अपहरणपछि जंगलमा लुकाइएकी बालिका ३७ घण्टापछि सकुशल उद्धार
आईतबार १८ असोज, २०८३
एसियन गेम्समा २१ स्वर्णसहित भारत चौथो स्थानमा
आईतबार १८ असोज, २०८३
पूर्वाधार विकासले फेरिँदै बर्जु-३ को स्वरूप
आईतबार १८ असोज, २०८३
कांग्रेसको १५औँ महाधिवेशन आजदेखि, शेखर कोइराला सहभागी नहुने
आईतबार १८ असोज, २०८३
कांग्रेसको महामन्त्रीमा डा. सुनिल शर्माको उम्मेदवारी घोषणा
शनिवार १७ असोज, २०८३
स्थानीय आवश्यकताअनुसार विकास योजनामा बर्जु-२ को जोड
शनिवार १७ असोज, २०८३
अर्थमन्त्री वाग्ले अमेरिका प्रस्थान
शनिवार १७ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०