विराटनगरमा फागुन दोस्रो सातादेखि ‘कर्पोरेट Crik-8’ प्रतियोगिता हुँदै

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार ११ पुस, २०८१
२ वर्षअघि

विराटनगर । कोशी प्रदेशको राजधानी विराटनगरमा आगामी फागुन दोस्रो सातादेखि ‘सुपर जेनेरल कर्पोरेट Crik-8’ हुने भएको छ ।

विराटनगर महानगरपालिका-७ सहिद मैदानमा आउँदो फागुन १३ गतेदेखि १७ गतेसम्म ‘कर्पोरेट Crik-8’ हुन आँटेको हो ।

Advertisement

दुबईको इलेक्ट्रोनिक्स ब्रान्ड सुपर जेनेरलको मुख्य प्रायोजन र अल्फा स्पोर्ट्सको आयोजनामा पहिलोपटक कर्पोरेट Crik-8 प्रतियोगिता हुन लागेको हो ।

नेपालभरिका विभिन्न उद्योगभित्रका क्रिकेट प्रतिभाले भरिपूर्ण खेलाडीहरू समाहित १६ टोलीले सहभागिता जनाउने उक्त प्रतियोगिता आठ ओभरको हुने छ ।

यसैले यसको नाम ‘क्रिके-8’ राखिएको आयोजक संस्था अल्फा स्पोर्ट्सका प्रबन्ध निर्देशक शोरेज राज वन्तले जानकारी दिए ।

यस प्रतियोगिता आयोजनाका निम्ति बिहीबार सुपर जेनेरलको नेपालका लागि एकमात्र आधिकारिक विक्रेता रहेको डिइई इन्टरनेसनलका प्रबन्ध निर्देशक देवासिस गोल्छा र अल्फा स्पोर्ट्सका प्रबन्ध निर्देशक वन्तले सम्झौतापत्र आदानप्रदान गरेका छन् ।

सम्झौतापत्रमा हस्ताक्षर गर्दै युवा उद्योगी देवासिस गोल्छाले उद्योगभित्र लुकेर रहेका प्रतिभा प्रष्फोटनका लागि यो प्रतियोगिता उत्कृष्ट सावित हुनेमा आफू विश्वस्त रहेको सुनाए ।

यसैगरी, अल्फा स्पोर्ट्सका प्रबन्ध निर्देशक वन्तले साँझ ५ बजेदेखि आयोजना हुने प्रतियोगिता नयाँ ढाँचामा सञ्चालन हुने सुनाए ।

उनका अनुसार १६ टिमलाई विभिन्न चार समूहमा विभाजन गरी लिग चरणका खेल हुने छन् भने समूहका दुई शीर्ष टिम क्वार्टरफाइनलमा प्रवेश गर्ने .छन् ।

टेनिस बलको प्रयोगमा हुने प्रतियोगितामा एउटा खेलाडीले अधिकतम् दुई ओभर बलिङ गर्न पाउने छन् । हरेक टिममा १० खेलाडी हुने छन् ।

आठ ओभरकोमात्र भएका कारण करिब ४५ मिनेटमा एउटा खेल सकिने छ । लिग चरणमा एकै दिन पाँच वटासम्म खेल खेलाइने छन् ।

लिग चरणका २४, क्वार्टरफाइनलका चार, सेमिफाइनलका दुई, तेस्रो स्थानका लागि एक र फाइनलमा एक गरी ३२ वटा खेल हुने छन् ।

प्रतियोगितामा सहभागी बन्ने टिमले र पुरस्कार भने चाँडै नै सार्वजनिक गर्ने आयोजकको तयारी छ । खेलको भिडिओ प्रत्यक्ष प्रसारण गर्ने तयारी पनि आयोजकको छ ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
बाढीपहिरोले क्षति पुर्‍याएको बेनी–जोमसोम सडक मर्मत सुरु
बिहिबार १५ असोज, २०८३
सामाजिक सञ्जाल नियमन गर्न छुट्टै कानुन ल्याउँदै सरकार, बालबालिकालाई उमेरगत प्रतिबन्धको तयारी
बुधबार १४ असोज, २०८३
इटहरीमा सीप तथा रोजगार मेला सुरु
बुधबार १४ असोज, २०८३
दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाउ आदेश
बुधबार १४ असोज, २०८३
महासभामा प्रधानमन्त्रीको सम्बोधन विश्वभर चर्चामा आयो : परराष्ट्रमन्त्री खनाल
बुधबार १४ असोज, २०८३
महाकालीको बाढीले दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुल भत्कियो
बुधबार १४ असोज, २०८३
चोलेन्द्रशमशेरलाई जेनजीबाट नभई अपरिचित समूहबाट थ्रेट आएको सरकारको स्पष्टीकरण
मङ्गलबार १३ असोज, २०८३
मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक, यस्ता छन् मुख्य निर्णय
मङ्गलबार १३ असोज, २०८३
कांग्रेस देउवा समूहमा प्रवेश गरे दीपक मनाङे
मङ्गलबार १३ असोज, २०८३
विराटनगरमा तासको खालमा प्रहरीको छापा, भागदौडमा एकको मृत्यु
मङ्गलबार १३ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०