रचनाको दाबी : अर्को संस्करणमा विराटनगर किंग्स बलियो बनेर फर्किने छ

शब्द एक्स्प्रेस संवाददाता
आईतबार ७ पुस, २०८१
२ वर्षअघि

विराटनगर । पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) शनिबारबाट सम्पन्न भयो । तर, एनपिएलको धङधङी भने अहिलेसम्म सकिएको छैन ।

आठ टोली सहभागी रहेको एनपिएलको उपाधि जित्दै जनकपुर बोल्ट्सले एक करोड १० लाख रुपैयाँ हात पार्‍यो । उपविजेता बनेको सुदूरपश्चिम रोयल्सले ५१ लाखमा चित्त बुझायो ।

Advertisement

कोशीको सान भन्ने नाराका साथ एनपिएलमा सहभागिता जनाएको विराटनगर किंग्स भने प्ले अफसम्म पनि पुग्न पाएन । राष्ट्रिय टोलीका पूर्वकप्तान सन्दीप लामिछाने सम्मिलित विराटनगरले सातमध्ये पाँच खेलमा पराजय बेहोर्‍यो ।

तर, दोस्रो संस्करणको एनपिएलमा भने बलियो बनेर फर्किने फेस अफ विराटनगर किंग्सका रूपमा रहेकी गायिका रचना रिमालले दाबी गरेकी छन् ।

आइतबार सामाजिक सञ्जालमा लेख्दै रिमालले खेलाडीहरूको राम्रो गर्दागर्दै पनि टिमको प्रदर्शन औसत रहेको बताएकी छन् ।

उनले लेखेकी छन् :

नेपाल प्रिमियर लिगको पहिलो संस्करण भव्यताका साथ सम्पन्न भएको छ । पहिलो संस्करणमा नै म खेलकुदको एक समर्थकलाई विश्वास गरेर विराटनगर किंग्सले ‘फेस अफ विराटनगर किंग्स’ को रूपमा आबद्ध गराउनु हुने ‘विराटनगर किंग्स’ सँग आबद्ध सम्पुर्णमा धेरैभन्दा धेरै धन्यवाद । आफू टिमसँग आबद्ध हुँदा थुप्रै कुरा सिक्ने अवसर प्राप्त गरेकी छु । यस पटक हाम्रो खेलाडीहरूले आफूले सकेको राम्रो गर्दागर्दै टिमको प्रदर्शन औसत रह्यो । तर, हामी विश्वस्त छौँ, अर्को संस्करण हामी बलियो बनेर फेरि आउँनेछौँ ।

नेपाल प्रिमियर लिग नेपाली क्रिकेट विकासको लागि एक कोशेढुंगा साबित हुने पक्का छ । पहिलो संस्करणमा नै यसले पाएको लोकप्रियता लोभ लाग्दो छ । हामी समर्थकहरू र स्वयम् खेलाडीहरूका लागि अन्य ठुलो पर्वजत्तिकै उत्साहित र उमंगमय बनेको छ । यस प्रतियोगिताले कोरेको यो बाटोले समग्र नेपाली खेल क्षेत्रमा नै सकरात्मक प्रभाव पार्ने छ भन्नेमा विश्वस्त छु । जय खेलकुद ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
बाढीपहिरोले क्षति पुर्‍याएको बेनी–जोमसोम सडक मर्मत सुरु
बिहिबार १५ असोज, २०८३
सामाजिक सञ्जाल नियमन गर्न छुट्टै कानुन ल्याउँदै सरकार, बालबालिकालाई उमेरगत प्रतिबन्धको तयारी
बुधबार १४ असोज, २०८३
इटहरीमा सीप तथा रोजगार मेला सुरु
बुधबार १४ असोज, २०८३
दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाउ आदेश
बुधबार १४ असोज, २०८३
महासभामा प्रधानमन्त्रीको सम्बोधन विश्वभर चर्चामा आयो : परराष्ट्रमन्त्री खनाल
बुधबार १४ असोज, २०८३
महाकालीको बाढीले दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुल भत्कियो
बुधबार १४ असोज, २०८३
चोलेन्द्रशमशेरलाई जेनजीबाट नभई अपरिचित समूहबाट थ्रेट आएको सरकारको स्पष्टीकरण
मङ्गलबार १३ असोज, २०८३
मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक, यस्ता छन् मुख्य निर्णय
मङ्गलबार १३ असोज, २०८३
कांग्रेस देउवा समूहमा प्रवेश गरे दीपक मनाङे
मङ्गलबार १३ असोज, २०८३
विराटनगरमा तासको खालमा प्रहरीको छापा, भागदौडमा एकको मृत्यु
मङ्गलबार १३ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०