चितवनलाई हराउँदै कर्णाली दोस्रो क्वालिफायरमा

शब्द एक्स्प्रेस संवाददाता
बुधबार ३ पुस, २०८१
२ वर्षअघि

विराटनगर । कर्णाली याक्सले काठमाडौंमा जारी पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो क्वालिफायरमा स्थान पक्का गरेको छ ।

बुधबार भएको एलिमिनेटर खेलमा चितवन राइनोजलाई २१ रनले पराजित गर्दै कर्णालीले दोस्रो क्वालिफायरमा स्थान सुरक्षित गरेको हो ।

Advertisement

अब कर्णालीले फाइनल प्रवेशका लागि सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सबीचको क्वालिफायर १ को विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा कर्णालीले प्रस्तुत गरेको १७५ रनको लक्ष्य पछ्याउन असफल चितवनले १४६ रन मात्रै बनाउन सक्यो ।

चितवनले १७५ रनको लक्ष्य पछ्याउने क्रममा सम्हालिएको सुरुआत गर्न सकेन। पहिलो ओभरको पाँचौं बलमा हसन इसाखिल एक रनमै गुल्शनकुमार झाको हातमा क्याच आउट भएपछि चितवनले लगातार विकेट गुमाउँदै दबाबमा पर्‍यो ।

पहिलो पावरप्लेमा चितवनले ४७ रन जोड्दा तीन प्रमुख ब्याटर गुमाइसकेको थियो। विपिन रावलले १८ र ल्युक बेन्केनस्टेनले १६ रन बनाएर आउट भए ।

कप्तान कुशल मल्ल र रवी बोपाराले चौथो विकेटका लागि ३६ रनको साझेदारी गर्दै टोलीलाई खेलमा फर्काउने प्रयास गरे । तर, कुशल २१ रनमै बोल्ड भएपछि चितवनको दबाब झन् बढ्यो ।

रवीले ३४ बलमा तीन चौका र चार छक्कासहित ५३ रन बनाएर उत्कृष्ट प्रदर्शन गरे । तर, उनले पनि टोलीलाई जित दिलाउन सकेनन् ।

अन्य ब्याटर सन्तोष कार्की, सोहेल तनवीर, र अमर रौटेलले दोहोरो अंकको स्कोर बनाउन असफल भए, जसले चितवनको यात्रा समाप्त गर्‍यो ।

बलिङतर्फ कर्णालीका जिशन मक्शूद सर्वश्रेष्ठ रहे । उनले चार ओभर बलिङ गर्दै तीन विकेट लिए ।

सोमपाल कामी र नन्दन यादवले समान दुई विकेट लिए भने विपिन शर्माले एक विकेट हात पारे ।

यो जितसँगै कर्णाली याक्स उपाधि होडका लागि अझै दौडमा रहँदै महत्त्वपूर्ण अवस्थामा पुगेको छ ।

त्यसअघि विलियम बसिस्टो र जयकिशन कोल्सावालाको अर्धशतकसँगै कर्णालीले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १७५ रन बनाएको थियो ।

तर, कर्णालीको सुरुआत ठिकठाकै रहे पनि पावरप्ले भित्र नै दुई विकेट गुमाउँदै ४९ रनमात्र बनाउन सफल भयो ।

ओपनर ऋत गौतम खाता नै नखोली आउट भए भने तेस्रो नम्बरमा आएका जिशन मक्शूद १२ बलमा एक चौका र एक छक्कासहित १४ रन बनाएर रञ्जित कुमारबाट क्याच आउट भए ।

कर्णाली दबाबमा परेको अवस्थामा जयकिश र बसिस्टोले तेस्रो विकेटका लागि ५९ रनको महत्त्वपूर्ण साझेदारी गर्दै टोलीलाई खेलमा फर्काए ।

जयकिशनले ३९ बलमा ५३ रन बनाउँदै १२.४ ओभरमा शरद भेष्वाकरको बलमा क्याच आउट भए। उनको इनिङ्समा ६ चौका र २ छक्का प्रहार भए ।

गुल्शनकुमार झा क्रिजमा आउनासाथ शून्य रनमा आउट भए पनि बसिस्टोले आफ्नो उत्कृष्ट प्रदर्शन जारी राख्दै प्रतियोगिताको दोस्रो अर्धशतक पूरा गरे ।

उनले ३९ बलमा ३ चौका र २ छक्कासहित ५२ रन बनाए । बसिस्टो अन्तिमतिर सोहेल तनवीरको बलमा बोल्ड भए ।

तर, त्यसअघि उनले चाड्विक वाल्टनसँग ६७ रनको अर्को महत्त्वपूर्ण साझेदारी गरे ।

वाल्टनले २३ बलमा ४ चौका र ३ छक्का प्रहार गर्दै अविजित ४६ रन बनाए, जबकि देव खनालले तीन रनको योगदान गरे ।

चितवनका बलरहरूमध्ये सोहेल तनवीरले ४ ओभरमा २४ रन खर्चेर २ विकेट लिए । शरद भेष्वाकर, कुशल मल्ल, र रवी बोपाराले समान १/१ विकेट लिए ।

चितवनले क्वालिफायर २ पुग्न १७६ रनको लक्ष्य पूरा गर्नुपर्नेछ ।

प्रकाशित समय: बुधबार १० असार, २०८३, ०५:५०:१०

सम्बन्धित खबर

अभिषेक गिरीलाई थुनाबाहिरै राखेर अनुसन्धान गर्न जिल्ला अदालतको आदेश
सोमबार २२ असार, २०८३
बुढीगंगामा ‘नवप्रवर्तन प्रतियोगिता: दुनाटपरी बनाउने मेसिन प्रथम, आविष्कार केन्द्र स्थापनाको तयारी
सोमबार २२ असार, २०८३
‘संविधानका आधारभूत संरचनालाई यथावत राख्नुपर्छ’
सोमबार २२ असार, २०८३
संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन
सोमबार २२ असार, २०८३
संविधान संशोधनमा महिलाको प्रतिनिधित्व ५० प्रतिशत पुर्‍याउन सांसद् राईको माग
सोमबार २२ असार, २०८३
रास्वपामा परिवारवाद र नातावाद पूर्ण निषेध
सोमबार २२ असार, २०८३
प्रतिनिधिसभाको बैठक बस्दै
सोमबार २२ असार, २०८३
१४ जिल्लामा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
सोमबार २२ असार, २०८३
विश्वकपबाट ब्राजिल बाहिरिएसँगै नेयमारले गरे सन्न्यासको घोषणा
सोमबार २२ असार, २०८३
गर्मीयामको स्वादिलो फल आँप : स्वादसँगै स्वास्थ्यका लागि लाभदायक
सोमबार २२ असार, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०