मिल्स फुटबल : रेडस्टार, अर्किड र सगरमाथा क्वार्टरफाइनलमा

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार २ पुस, २०८१
२ वर्षअघि

विराटनगर । विराटनगरमा जारी दोस्रो ‘मिल्स फार्क फुटबल’ प्रतियोगितामा रेडस्टार, अर्किड र सगरमाथा स्कुल विजयी भएका छन् ।

विराटनगरस्थित जुट मिलको मैदानमा भएको प्रतियोगिताअन्तर्गत मंगलबारको पहिला खेलमा पथरीको रेडस्टार स्कुलले विराटनगरको कान्तिपुर कलेजलाई १-० गोलमा पराजित गर्‍यो ।

रेडस्टारको जितमा चोसाङ गुरुङले एक मात्र गोल गरेका थिए । प्लेयर अफ द म्याच रेडस्टारका जोशन कार्की भए ।

त्यस्तै, दोस्रो खेलमा विराटनगरको अर्किड कलेजले सुन्दरहरैँचाको ब्राइचफ्युचर स्कुललाई ३-१ गोलमा पराजित गर्‍यो ।

अर्किडका लागि प्लेयर अफ द म्याच दर्शन मगरले दुई र रोमन सोनामले १ गोल गर्दै टोलीलाई विजयी बनाए ।

त्यसैगरी, आजै भएको तेस्रो खेलमा विराटनगरको सगरमाथा स्कुलले विराटनगरकै आदर्श माविलाई टाइब्रेकरमा ४-३ गोलले हरायो ।

खेलको निर्धारित समयमा दुवै टोलीबाट १–१ गोलको बराबरी भएपछि खेलको निर्णय टाइब्रेकरबाट भएको हो ।

यससँगै रेडस्टार, अर्किड र सगरमाथा क्वार्टरफाइनलमा प्रवेश गरेका छन् ।

प्रकाशित समय: मङ्गलबार २ पुस, २०८१, २०:१८:४१
बाढीले सर्वस्व गुमाएकी विष्णुकुमारीको उपचारमा सुनील शर्माको पहल, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण
बुधबार २४ भदौ, २०८३
सुनसरी–४ मा कांग्रेसको अधिवेशन सरगर्मी, क्षेत्रीय सभापतिमा गफार अन्सारीको उम्मेदवारी
बुधबार २४ भदौ, २०८३
गोल्छा च्यारिटी ट्रस्टद्वारा विपद् उद्धार कोषमा १ करोड ११ लाख सहयोग
मङ्गलबार २३ भदौ, २०८३
इटहरीको प्रहरी हिरासतमा ६८ वर्षीय थुनुवाको मृत्यु
मङ्गलबार २३ भदौ, २०८३
मकवानपुरमा १६२ किलो गाँजासहित दुई जना पक्राउ
मङ्गलबार २३ भदौ, २०८३
रूसमा हिमपहिरोमा परी ११ पर्वतारोहीको मृत्यु, ६ जना घाइते
सोमबार २२ भदौ, २०८३
ज्वालामुखी विस्फोटपछि इन्डोनेसियाका आठ विमानस्थल बन्द, १ लाख ७० हजार यात्रु प्रभावित
सोमबार २२ भदौ, २०८३
बाढी र जलवायु न्यायको विषय उठाउँदै इन्दिरा रानाले बेलायती उपसभामुखसँग गरिन् भेट
सोमबार २२ भदौ, २०८३
दुहबी नगरपालिकाले दियो २० युवालाई बारिस्टा तालिम, स्वरोजगार बनाउने लक्ष्य 
आईतबार २१ भदौ, २०८३
सुनको मूल्य तोलामा ३ हजार १ सय रुपैयाँले घट्यो
आईतबार २१ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०