अन्तिम खेलमा पनि हार्‍यो विराटनगर, काठमाडौं भने प्लेअफको संघारमा

शब्द एक्स्प्रेस संवाददाता
आईतबार ३० मङ्सिर, २०८१
२ वर्षअघि

विराटनगर । नेपाल प्रिमियर लिग (एनपिएल) को आफ्नो अन्तिम खेलमा पनि विराटनगर किंग्सले पराजय बेहोरेको छ ।

त्रिवि मैदान कीर्तिपुरमा आइतबार भएको खेलमा विराटनगर काठमाडौं गुर्खाजसँग एक विकेटले पराजित बनेको हो ।

Advertisement

जितका लागि एक सय १८ रनको सामान्य लक्ष्य पछ्याएको काठमाडौँले १८.१ ओभरमा नौ विकेटको क्षतिमा एक सय २० रन जोड्दै लक्ष्य पूरा गरेको हो ।

काठमाडौँका लागि प्रतिक श्रेष्ठले सर्वाधिक ३९ रन बनाए भने यस्तै शंकर रानाले अविजित १६, रसिद खानले १४, जेराल्ड इरसमसले १२ र माइकल लेभिटले १० विकेट लिए ।

बलिङमा विराटनगरका कप्तान सन्दीप लामिछानेले तीन विकेट लिए भने चार्स सोल, अनिल खरेल र वसिर अहमदले दुई दुई विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको विराटनगरले १९.५ ओभरमा सबै विकेटको क्षतिमा एक सय १७ रन बनाएको थियो ।

विराटनगरका लागि राजेश पुलामीमगरले २५ रन बनाए भने ओपनर दीपक बोहराले २०, स्कट एडवार्डले १५ र वसिर, अहमदले १३ र निकोलनस किर्तनले १२ रन बनाए ।

विराटनगरलाई सस्तैमा रोक्न काठमाडौँका जेरार्ड इरास्मसले चार ओभरमा १७ रन खर्चिएर सर्वाधिक चार विकेट लिए ।

यस्तै दीपेश कँडेलले दुई तथा साहब आलम, करण केसी र डानियल डाउथवेटले एक एक विकेट लिए ।

यससँगै काठमाडौं प्लेअफ संघारमा उभिएको छ ।

पराजित विराटनगर यसअघिनै प्लेअफ होडबाट बाहिरिसकेको छ । लिगमा सबै सात खेल सकेको काठमाडौँले आठ अंक बनाएको छ ।

अब काठमाडौँलाई प्लेअफमा पुग्न सोमबार हुने कर्णाली याक्स र सुदूरपश्चिम रोयल्सबिचको नतिजाले भर पार्नेछ ।

उक्त खेलमा कर्णाली हारेमा काठमाडौँको अगाडिको यात्रा सहज बन्नेछ । अहिले ६ खेल सकेको कर्णालीको पनि आठ अंक छ ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
संघीय संसदका दुवै सदनको चालु अधिवेशन अन्त्य
बिहिबार १५ असोज, २०८३
अब ज्यालादारी र करारमा कर्मचारी नियुक्त गर्न नपाइने
बिहिबार १५ असोज, २०८३
भारतीय राजदूत श्रीवास्तव आजै फर्किँदै
बिहिबार १५ असोज, २०८३
बाढीपहिरोले क्षति पुर्‍याएको बेनी–जोमसोम सडक मर्मत सुरु
बिहिबार १५ असोज, २०८३
सामाजिक सञ्जाल नियमन गर्न छुट्टै कानुन ल्याउँदै सरकार, बालबालिकालाई उमेरगत प्रतिबन्धको तयारी
बुधबार १४ असोज, २०८३
इटहरीमा सीप तथा रोजगार मेला सुरु
बुधबार १४ असोज, २०८३
दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाउ आदेश
बुधबार १४ असोज, २०८३
महासभामा प्रधानमन्त्रीको सम्बोधन विश्वभर चर्चामा आयो : परराष्ट्रमन्त्री खनाल
बुधबार १४ असोज, २०८३
महाकालीको बाढीले दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुल भत्कियो
बुधबार १४ असोज, २०८३
चोलेन्द्रशमशेरलाई जेनजीबाट नभई अपरिचित समूहबाट थ्रेट आएको सरकारको स्पष्टीकरण
मङ्गलबार १३ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०