साउदी अरबले २०३४ को विश्वकप आयोजना गर्ने

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार २७ मङ्सिर, २०८१
१ महिनाअघि

विराटनगर । फुटबलको सर्वोच्च निकायले सन् २०३४ को पुरुष विश्वकप फुटबल साउदी अरबमा आयोजना गर्ने निर्णय गरेको छ ।

फिफा कांग्रेसले सन् २०३४ को विश्वकप फुटबल प्रतियोगिता आयोजनाको अधिकार साउदी अरबलाई दिने निर्णय गरेको हो ।
पछिल्लो समय घरेलु फुटबलमा ठुलो धनराशी खर्च गरिरहेको साउदीले पुरुष विश्वकप फुटबल आयोजनाको अधिकार पाएको हो ।

विश्वकप फुटबलका लागि यो देशले अब ११ वटा रंगशाला बनाउनुपर्ने छ । तर, अहिलेसम्म ती कुनै पनि रंगशाला तयार भइसकेका छैनन् ।

त्यसमध्येको एउटा रंगशाला नयाँ सहरमा हुनेछ । तर रोचक के छ भने त्यो सहर नै बन्न बाँकी छ ।

यस्तै, सन् २०३० को विश्वकपको आयोजना पोर्चुगल, मोरक्को र स्पेनले संयुक्त रुपमा आयोजना गर्ने भएका छन् ।

फिफा कांग्रेसले यस विषयमा औपचारिक निर्णय गर्दै आयोजनाको अधिकार तीन देशलाई सुम्पिएको हो ।

सन् २०२३ को अक्टोबरमा विश्वकप आयोजनका लागि खुल्ला दर्खास्त आह्वान गरिएको थियो ।

पालैपालो विश्वकप आयोजना गर्ने महादेशीय चक्र अनुसार सन् २०३० को विश्वकप युरोप र सन् २०३४ को विश्वकप एसियाली देशले सञ्चालन गर्ने पक्का भएको हो ।

सन् २०३० मा विश्वकप आयोजनाको सय वर्षसमेत पूरा हुँदैछ । सो अवसरमा अर्जेन्टिना, पाराग्वे र उरुग्वे समेत एक एक विश्वकप फुटबलअन्तर्गतको खेलको आयोजना गर्नेछन् ।

सन् १९३० यता हुँदै आएको विश्वकपको ट्रफी अहिलेसम्म युरोप र दक्षिण अमेरिकाले मात्र अहिलेसम्म विश्वकप ट्रफी उचालेका छन् । युरोपले १२ र दक्षिण अमेरिकी टिमले १० पटक विश्वकप जितेका छन् ।

सन् १९९८ मा विश्वकप खेल्ने टिमको संख्या २४ बाट ३२ बनाइएको थियो । पहिलोपटक सन् २०२६ मा भने ४८ राष्ट्रलाई सहभागी गराइन लागिएको छ ।

फिफाले ४८ राष्ट्रको विश्वकप गर्नुमा आर्थिक कारण पनि छ । विश्वकपमा जति धेरै राष्ट्र सहभागी भयो, फिफाको आम्दानी उति नै बढ्नेछ ।

प्रकाशित समय: बिहिबार २७ मङ्सिर, २०८१, १३:४१:०७
विश्वकपमा नेपालको पहिलो जित: प्लेअफमा मलेसिया ७ विकेटले पराजित
शुक्रबार ११ माघ, २०८१
नेपालकी पूजा महतो बनिन् विश्वकपमा सर्वाधिक विकेट लिने खेलाडी
शुक्रबार ११ माघ, २०८१
हेरिटेज इन्टरनेसनल स्कुलका विद्यार्थी नेपालको उत्कृष्ट २० मा
शुक्रबार ११ माघ, २०८१
सप्तरीमा साइकल चढेर स्कुल जाँदै गरेकी बालिका बलात्कृत, प्रतिकार गर्दा भाँचिदिए हात !
शुक्रबार ११ माघ, २०८१
बेलबारीका खवास दम्पतीको व्यापार : चिया बेचेरै मासिक आम्दानी ५० हजार
शुक्रबार ११ माघ, २०८१
लघुकथाः लकडाउन
शुक्रबार ११ माघ, २०८१
विराटनगरमा मापसे गरेर मध्य रातमा मोटरसाइकल हुइँक्याउँदा दुर्घटना, एक जना घाइते
शुक्रबार ११ माघ, २०८१
अस्ट्रेलियाका रोस बने नेपाली फुटबल टोलीको प्रशिक्षक
बिहिबार १० माघ, २०८१
पाँच लाख धरौटीमा छुटे ॠषिकेशका पूर्वस्वकीय अनिल
बिहिबार १० माघ, २०८१
हिसान खेल : पुरुष फुटबलमा कान्तिपुर, जेभियर्स र ग्यालेक्सि तथा क्रिकेटमा कान्तिपुर र मेरिल्यान्ड विजयी
बिहिबार १० माघ, २०८१
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०