पोखरासँग पराजित भयो विराटनगर किंग्स

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार २७ मङ्सिर, २०८१
२ वर्षअघि

विराटनगर । विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपिएल) मा फेरि एकपटक पराजय बेहोरेको छ ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा बिहीबार भएको खेलमा विराटनगर पोखरा एभेन्जर्ससँग सुपर ओभरमा पराजित भएको हो ।

रेमन रेइफर नायक बन्दा पोखरा एभेन्जर्ससँग सुपर ओभरमा विराटनगर १३ रनले पराजित गरेको हो ।

पोखराको यो दोस्रो जित हो । पोखराले लुम्बिनी लायन्सलाई १० विकेटले हराएको थियो । तर, चितवन राइनोजसँग ८७, जनकपुर बोल्ड्स र कर्णाली याक्ससँग समान सात विकेटको हार बेहोर्‍यो ।

यता, विराटनगरले पनि लुम्बिनीलाई नै दुई विकेटले पराजित गरेको हो । उसले जनकपुरसँग आठ विकेट, सुदूरपश्चिम रोयल्ससँग ९० र कर्णालीसँग सात रनको हार बेहोरेको थियो ।

विराटनगरले दिएको १४० रनको लक्ष्य पछ्याइरहेको पोखरालाई अन्तिम ओभरमा जितका लागि १४ रन चाहिएको थियो । बसिर अहमदले पहिलो बलमा नारायण जोशीलाई कुनै रन दिएनन् ।

दोस्रो बलमा जोशीले एक रन लिएका थिए । तेस्रो बलमा रेमन रेइफरले छक्का प्रहार गरेसँगै खेल रोमाञ्चक मोडमा पुगेको थियो ।

तीन बलमा सात रन चाहिएको अवस्थामा बसिरले दुई बल डट राखे । तर, अन्तिम बलमा रेइफरले छक्का प्रहार गर्दै खेल सुपर ओभरमा पुर्‍याए। सुपर ओभरमा पनि रेइफर नै नायक बने ।

उनले कप्तान सन्दीपको पाँच बलमा १७ रन जोडे । आन्द्रे गौसले एक रन बनाएसँगै विराटनगरले सुपर ओभरमा १९ रनको लक्ष्य पाएको थियो ।

बलिङमा पनि उनै रेइफर आए । मार्टिन गप्टिल र निकोलस किर्टनलाई मात्रै पाँच रन दिँदै पोखरालाई दोस्रो जित दिलाए ।

त्यसअघि पोखराका आन्द्रेस गौसले सर्वाधिक ३९ रन बनाए । २७ बल खेलेका उनले सात चौका प्रहार गरे ।

कप्तान कुशल भुर्तेलले ३१, दिनेश खरेलले ११ रन बनाउँदा रेइफर ३४ र नारायण जोशी दुई रनमा अविजित रहे ।

विराटनगरका प्रतिश जिसीले सर्वाधिक चार विकेट लिए । चार ओभर गरेका उनले १८ रन खर्चिए। क्रिस सोलले दुई विकेट आफ्नो नाममा लेखाए ।

त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको विराटनगरले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १३९ रन बनाएको थियो ।

विराटनगरका स्कट एडवार्ड्सले डेब्यु खेलमै सर्वाधिक ४५ रन बनाए । ३५ बल खेलेका उनले पाँच चौका प्रहार गरे । ओपनर लोकेश बम २६ रनमा आउट हुँदा निकोलस क्रिर्टनले १९ रन बनाए ।

बसिर अहमद २१ र प्रतिश जिसी चार रनमा अविजित रहँदा अन्यले दोहोरो अंकमा रन बटुल्न सकेनन् । पोखराका सागर ढकाल र रेमन रेफरले समान दुई विकेट लिए । कुशल भुर्तेल र दीपेश खरेलको नाममा समान एक विकेट रह्यो ।

प्रकाशित समय: बिहिबार २७ मङ्सिर, २०८१, १३:२१:११
विराटनगरमा जारी एशियन पेन्ट्स च्याम्पियनसिपमा अर्किड र कान्तिपुर विजयी
बिहिबार २५ भदौ, २०८३
बाढीले सर्वस्व गुमाएकी विष्णुकुमारीको उपचारमा सुनील शर्माको पहल, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण
बुधबार २४ भदौ, २०८३
सुनसरी–४ मा कांग्रेसको अधिवेशन सरगर्मी, क्षेत्रीय सभापतिमा गफार अन्सारीको उम्मेदवारी
बुधबार २४ भदौ, २०८३
गोल्छा च्यारिटी ट्रस्टद्वारा विपद् उद्धार कोषमा १ करोड ११ लाख सहयोग
मङ्गलबार २३ भदौ, २०८३
इटहरीको प्रहरी हिरासतमा ६८ वर्षीय थुनुवाको मृत्यु
मङ्गलबार २३ भदौ, २०८३
मकवानपुरमा १६२ किलो गाँजासहित दुई जना पक्राउ
मङ्गलबार २३ भदौ, २०८३
रूसमा हिमपहिरोमा परी ११ पर्वतारोहीको मृत्यु, ६ जना घाइते
सोमबार २२ भदौ, २०८३
ज्वालामुखी विस्फोटपछि इन्डोनेसियाका आठ विमानस्थल बन्द, १ लाख ७० हजार यात्रु प्रभावित
सोमबार २२ भदौ, २०८३
बाढी र जलवायु न्यायको विषय उठाउँदै इन्दिरा रानाले बेलायती उपसभामुखसँग गरिन् भेट
सोमबार २२ भदौ, २०८३
दुहबी नगरपालिकाले दियो २० युवालाई बारिस्टा तालिम, स्वरोजगार बनाउने लक्ष्य 
आईतबार २१ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०