एभरेष्ट बेसक्याम्प अवलोकन गरेर स्वदेश फर्किए शिखर, फेरि नेपाल आउने चाहना

शब्द एक्स्प्रेस संवाददाता
आईतबार २३ मङ्सिर, २०८१
२ वर्षअघि

विराटनगर । भारतीय चर्चित क्रिकेटर शिखर धवनले एभरेष्ट बेसक्याम्पको अवलोकन गरेका छन् ।

नेपाल प्रिमियर लिए (एनपिएल) खेल्न नेपाल आएका उनले फर्किँदै गर्दा एभरेष्ट बेसक्याम्पको अवलोकन गरेका हुन् ।

उनीसहित कर्णाली याक्सका सहमालिक गृहेन्द्र घिमिरेसहितको टोलीले आइतबार एभरेष्ट बेसक्याम्पको अवलोकन गरेका थिए ।

उनीहरूले ३–४ घन्टा एभरेष्ट बेसक्याम्पमा बिताएका थिए ।

एभरेष्ट बेसक्याम्पको अवलोकनपछि शिखर आइतबार साँझ एयर इन्डियाको जहाजमार्फत स्वदेश फर्किएका छन् ।

यसअघि उनले एनपिएलका क्रममा पशुपति नाथ दर्शन गरेका थिए । शिखरले आउँदो मार्चमा नेपालको भ्रमणमा आउने चाहना व्यक्त गरेका छन् ।

कर्णालीबाट ४ खेल खेलेका शिखरले एक अर्धशतकसहित १३६ रन बनाए । भारत फर्किएका उनले नेपालमा एनपिएल खेल्दा राम्रो अनुभव भएको बताए ।

‘राम्रो अनुभव भयो । नेपालका खेलाडीलाई केही सिकाउने र मैले पनि केही मौका पाँए,’ उनले भने ।

एनपीएलको पहिलो संस्करणमा धवन आउँदा उनको प्रदर्शनलाई लिएर उनको प्रदर्शनलाई हेर्न दर्शकहरु निकै उत्सुक बनेका थिए ।

तर, धवनले खेलमा भने सोचेजस्तो धमाकेदार प्रदर्शन गर्न सकेनन् ।

धवन सहाभागी भएको कर्णाली याक्सको चार खेलमा टोलीले दुई खेलमा मात्र जित निकाल्न सफल भयो ।

एनपीएलमा कम्तीमा चार र बढीमा पाँच म्याच खेल्ने गरी सम्झौता गरेर आएका महंगा खेलाडी हुन्, धवन ।

उनले एउटा खेल ३० हजार डलर लिने सम्झौता भएको थियो ।

सबै व्यवस्थापकीय खर्चहरु समेत जोड्दा दुई करोड रुपैयाँ जति खर्च हुने फ्रेन्चाइज टोलीका ओनरले जनाएका छन् ।

धवनले चार खेलमा कुल १३६ रन बनाए, जसमा एउटा अर्धसतक सामेल छ ।

धवनको औसत ४५.३३ र स्ट्राइक रेट १२२.५२ रह्यो ।

धवनले जनकपुर बोल्ट्सविरुद्धको पहिलो खेलमा १४ बलमा १४ रन बनाएर आउट भएका थिए ।

दोस्रो खेलमा काठमाण्डु गुर्खाजविरुद्ध ५१ बलमा ७१ रन हान्दै राम्रो प्रदर्शन गरे ।

जसमा ५ छक्का र ४ चौका सामेल थिए ।

तरपनि दोस्रो खेलपनि कर्णालीले गुमाउन पुग्यो ।

चितवन राइनोजविरुद्धको तेस्रो खेलमा धवनले ४१ बलमा ४५ रन बनाए ।

उक्त खेल भने कर्णालीले जीत्दै एनपीएलमा पहिलो जित दर्ता गर्यो ।

चौंथो खेलमा धवन चलेनन्, उनले पाँच रन मात्र बनाएको उक्त खेल भने कर्णालीले जित्यो ।

पहिलो ब्याटिङ गर्दै कर्णालीले १३३ रनको कमजोर योगफल बनाएको थियो ।

शिखर धवनको ब्याटबाट पाँच रन मात्रै निस्कियो । तर, बलरहरुले उत्कृष्ट प्रदर्शन गर्दै कर्णालीलाई ७ रनको रोमाञ्चक जित दिलाए ।

यस म्याचसँगै एनपीएलको पहिलो संस्करणमा धवनको यात्रा समाप्त भएको हो ।

धवन आज साँझ पाँच बजेको फ्लाइटमा धवन भारत उड्नेछन् ।

धवनलाई ल्याउन भएको खर्च अनुसार उनको प्रदर्शन हुन नसकेको फ्रेन्चाइज स्विकार्छ ।

तर, अन्तर्राष्ट्रिय स्तरका ठूलो नाम रहेका धवनजस्तो खेलाडी एनपीएलमा आवद्ध हुनु नै उपलब्धि भएको फ्रेन्चाइजको भनाई छ ।

प्रकाशित समय: आईतबार २३ मङ्सिर, २०८१, १८:५९:४५
कोशीमा कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लियो
बुधबार ३ भदौ, २०८३
सांसद–मन्त्रीबीच दूरी बढेपछि रवि लामिछानेले बोलाए छलफल
बुधबार ३ भदौ, २०८३
आजदेखि देशभर म्यानपावर कम्पनी बन्द
सोमबार १ भदौ, २०८३
भारतीय स्थलसेनाध्यक्ष जनरल धीरज सेठ आज नेपाल आउँदै
आईतबार ३१ साउन, २०८३
सुदूरपश्चिममा एमालेका तीन मन्त्री र एक राज्यमन्त्रीले शपथ लिए
शुक्रबार २९ साउन, २०८३
सुदूरपश्चिममा खगराज भट्ट मुख्यमन्त्री नियुक्त
शुक्रबार २९ साउन, २०८३
धवलशमशेरसँग कुरा नमिलेपछि दुर्गा प्रसाईंले छुट्टै पार्टी खोल्ने
शुक्रबार २९ साउन, २०८३
पत्रकार किशोर श्रेष्ठलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति
बिहिबार २८ साउन, २०८३
विराटनगरका ७ आँखा अस्पतालमा मोरङ प्रशासनको तालाबन्दी 
बिहिबार २८ साउन, २०८३
बुढीगङ्गामा सप्ताहव्यापी अन्तर्राष्ट्रिय युवा दिवस, युवा संवाददेखि रक्तदानसम्मका कार्यक्रम
बिहिबार २८ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०