चार खेलमा शिखर धवनलाई खेलाउन दुई करोड खर्च, निस्कियो १३६ रन

शब्द एक्स्प्रेस संवाददाता
आईतबार २३ मङ्सिर, २०८१
२ वर्षअघि

विराटनगर । नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करणमा जोडिएका सबैभन्दा चर्चित अन्तर्राष्ट्रिय क्रिकेटर शिखर धवन आज नेपाल छाड्दै छन् ।

फ्रेन्चाइज टोली कर्णाली याक्सबाट चारवटा खेल खेलेका भारतीय ब्याट्सम्यान आज फर्किने तयारी हुन् ।

Advertisement

एनपीएलको पहिलो संस्करणमा धवन आउँदा उनको प्रदर्शनलाई लिएर उनको प्रदर्शनलाई हेर्न दर्शकहरु निकै उत्सुक बनेका थिए ।

तर, धवनले खेलमा भने सोचेजस्तो धमाकेदार प्रदर्शन गर्न सकेनन् ।

धवन सहाभागी भएको कर्णाली याक्सको चार खेलमा टोलीले दुई खेलमा मात्र जित निकाल्न सफल भयो ।

एनपीएलमा कम्तीमा चार र बढीमा पाँच म्याच खेल्ने गरी सम्झौता गरेर आएका महंगा खेलाडी हुन्, धवन ।

उनले एउटा खेल ३० हजार डलर लिने सम्झौता भएको थियो ।

सबै व्यवस्थापकीय खर्चहरु समेत जोड्दा दुई करोड रुपैयाँ जति खर्च हुने फ्रेन्चाइज टोलीका ओनरले जनाएका छन् ।

धवनले चार खेलमा कुल १३६ रन बनाए, जसमा एउटा अर्धसतक सामेल छ ।

धवनको औसत ४५.३३ र स्ट्राइक रेट १२२.५२ रह्यो ।

धवनले जनकपुर बोल्ट्सविरुद्धको पहिलो खेलमा १४ बलमा १४ रन बनाएर आउट भएका थिए ।

दोस्रो खेलमा काठमाण्डु गुर्खाजविरुद्ध ५१ बलमा ७१ रन हान्दै राम्रो प्रदर्शन गरे ।

जसमा ५ छक्का र ४ चौका सामेल थिए ।

तरपनि दोस्रो खेलपनि कर्णालीले गुमाउन पुग्यो ।

चितवन राइनोजविरुद्धको तेस्रो खेलमा धवनले ४१ बलमा ४५ रन बनाए ।

उक्त खेल भने कर्णालीले जीत्दै एनपीएलमा पहिलो जित दर्ता गर्यो ।

चौंथो खेलमा धवन चलेनन्, उनले पाँच रन मात्र बनाएको उक्त खेल भने कर्णालीले जित्यो ।

पहिलो ब्याटिङ गर्दै कर्णालीले १३३ रनको कमजोर योगफल बनाएको थियो ।

शिखर धवनको ब्याटबाट पाँच रन मात्रै निस्कियो । तर, बलरहरुले उत्कृष्ट प्रदर्शन गर्दै कर्णालीलाई ७ रनको रोमाञ्चक जित दिलाए ।

यस म्याचसँगै एनपीएलको पहिलो संस्करणमा धवनको यात्रा समाप्त भएको हो ।

धवन आज साँझ पाँच बजेको फ्लाइटमा धवन भारत उड्नेछन् ।

धवनलाई ल्याउन भएको खर्च अनुसार उनको प्रदर्शन हुन नसकेको फ्रेन्चाइज स्विकार्छ ।

तर, अन्तर्राष्ट्रिय स्तरका ठूलो नाम रहेका धवनजस्तो खेलाडी एनपीएलमा आवद्ध हुनु नै उपलब्धि भएको फ्रेन्चाइजको भनाई छ ।

प्रकाशित समय: बुधबार १० असार, २०८३, ०५:५०:१०

सम्बन्धित खबर

अभिषेक गिरीलाई थुनाबाहिरै राखेर अनुसन्धान गर्न जिल्ला अदालतको आदेश
सोमबार २२ असार, २०८३
बुढीगंगामा ‘नवप्रवर्तन प्रतियोगिता: दुनाटपरी बनाउने मेसिन प्रथम, आविष्कार केन्द्र स्थापनाको तयारी
सोमबार २२ असार, २०८३
‘संविधानका आधारभूत संरचनालाई यथावत राख्नुपर्छ’
सोमबार २२ असार, २०८३
संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन
सोमबार २२ असार, २०८३
संविधान संशोधनमा महिलाको प्रतिनिधित्व ५० प्रतिशत पुर्‍याउन सांसद् राईको माग
सोमबार २२ असार, २०८३
रास्वपामा परिवारवाद र नातावाद पूर्ण निषेध
सोमबार २२ असार, २०८३
प्रतिनिधिसभाको बैठक बस्दै
सोमबार २२ असार, २०८३
१४ जिल्लामा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
सोमबार २२ असार, २०८३
विश्वकपबाट ब्राजिल बाहिरिएसँगै नेयमारले गरे सन्न्यासको घोषणा
सोमबार २२ असार, २०८३
गर्मीयामको स्वादिलो फल आँप : स्वादसँगै स्वास्थ्यका लागि लाभदायक
सोमबार २२ असार, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०