महिला टिमलाई विश्वकप पुर्‍याउने प्रशिक्षक महेश रिजाललाई विकेभिएमको सम्मान

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार ७ मङ्सिर, २०८१
२ वर्षअघि

विराटनगर । यु–१९ महिला क्रिकेट टोलीलाई विश्वकप पुर्‍याउने मुख्य प्रशिक्षक महेशप्रसाद रिजाललाई विराटनगरमा रहेको विकेभिएम स्कुलले सम्मान गरेको छ ।

शुक्रबार स्कुलमा आयोजित कार्यक्रममा स्कुलले रिजाललाई खादा, माला र मायाको चिनो प्रदान गरेको हो ।

विकेभिएम स्कुलमा वि.सं. २०६० सालदेखि प्रशिक्षकको भूमिका निभाउँदै आएका रिजाललाई नेपाल क्रिकेट संघ (क्यान) ले २०८१ भदौ ११ गते यु–१९ महिला टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको थियो ।

नेपालको महिला क्रिकेटले इतिहासमै पहिलोपटक विश्वकपको मञ्चमा उभ्याउँदा विराटनगरका रिजाल त्यसका प्रमुख नेतृत्वकर्ता थिए ।

देशलाई खुशी दिने यही कोशेढुंगा पार गराएका उनी गृहनगरमा आएको समयमा सम्मानित भएका हुन् ।

उनको नेतृत्वमा महिला टि–२० विश्वकपको एसिया छनोटमा नेपालले ६ खेलमा ५ जित हासिल गर्दै विश्वकपको यात्रा तय गरेको हो ।

नेपालले युएईलाई नेट रनरेटमा पछि पार्दै विश्वकपमा स्थान सुरक्षित गरेको हो ।

नेपालको युथ–१९ महिला टिमले आउँदो डिसेम्बरमा एशिया कप र जनवरीमा विश्वकप खेल्दै छ ।

प्रकाशित समय: शुक्रबार ७ मङ्सिर, २०८१, १८:०९:००
कोशीमा कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लियो
बुधबार ३ भदौ, २०८३
सांसद–मन्त्रीबीच दूरी बढेपछि रवि लामिछानेले बोलाए छलफल
बुधबार ३ भदौ, २०८३
आजदेखि देशभर म्यानपावर कम्पनी बन्द
सोमबार १ भदौ, २०८३
भारतीय स्थलसेनाध्यक्ष जनरल धीरज सेठ आज नेपाल आउँदै
आईतबार ३१ साउन, २०८३
सुदूरपश्चिममा एमालेका तीन मन्त्री र एक राज्यमन्त्रीले शपथ लिए
शुक्रबार २९ साउन, २०८३
सुदूरपश्चिममा खगराज भट्ट मुख्यमन्त्री नियुक्त
शुक्रबार २९ साउन, २०८३
धवलशमशेरसँग कुरा नमिलेपछि दुर्गा प्रसाईंले छुट्टै पार्टी खोल्ने
शुक्रबार २९ साउन, २०८३
पत्रकार किशोर श्रेष्ठलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति
बिहिबार २८ साउन, २०८३
विराटनगरका ७ आँखा अस्पतालमा मोरङ प्रशासनको तालाबन्दी 
बिहिबार २८ साउन, २०८३
बुढीगङ्गामा सप्ताहव्यापी अन्तर्राष्ट्रिय युवा दिवस, युवा संवाददेखि रक्तदानसम्मका कार्यक्रम
बिहिबार २८ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०