नेपालका प्रशिक्षक जलेन्द्रले किन युरोपमै लुक्नुपर्ने अवस्था आयो ?

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार ४ मङ्सिर, २०८१
२ वर्षअघि

विराटनगर । नेपालको फेन्सिङका पूर्वखेलाडी तथा राष्ट्रिय टोलीका प्रशिक्षक जलेन्द्रबहादुर शाही युरोपमा लुकेर बसेका छन् ।

उनी हंगेरीको बुढापेस्टमा तीन महिनाको लेभल-२ प्रशिक्षण लिन पुगेको त्यहाँ पुगेका थिए । तर, छोरा बिरामी भएको बाहनामा उनी उतै लुकेका हुन् ।

युरोपमै लुकेपछि शाहीलाई नेपाल फेन्सिङ संघले सबै किसिमको जिम्मेवारीबाट मुक्त गरी कारबाही गरेको छ ।

शाही कैलाली जिल्ला फेन्सिङ संघका अध्यक्ष र सुदूरपश्चिम प्रदेश फेन्सिङ संघका उपाध्यक्ष हुन् ।

संघले तीन महिनासम्म चलेको लेभल २ को प्रशिक्षणमा फेन्सिङका मुख्य प्रशिक्षक बनाउन नै शाहीलाई हंगेरीमा पठाएको हो ।

राष्ट्रिय फेन्सिङ टोलीका मुख्य प्रशिक्षण गर्न कम्तीमा लेभल २ कोर्स पास गर्नुपर्छ ।

यो लेभल २ कोर्स पास गरेलगत्तै शाहीले मुख्य प्रशिक्षक जिम्मेवारी पाउने पक्का थियो ।

फेन्सिङका खेलाडी तथा प्रशिक्षकलाई एक्सपोज गर्न अन्तर्राष्ट्रिय फेन्सिङ महासंघले लेभल २ कोर्स कार्यक्रम आयोजना प्रत्येक वर्ष आयोजना गरिरहेको हुन्छ ।

राष्ट्रकै इज्जत नराम्रो बनाएका व्यक्तिलाई तत्कालै नेपाल फर्काउन नेपाल फेन्सिङ संघले हंगेरीमा रहेको दूतावासमा पत्र पठाएको छ ।

पछिल्लो समय शाहीको सोसल मिडियामा उनले स्पेनको विभिन्न सहरबाट पोस्ट गरेका छन् ।

संघले पनि उनी अहिले पनि स्पेनमा रहेको अनुमान गरेको छ ।

अन्तर्राष्ट्रिय फेन्सिङ महासंघले बुढापेस्टमा रहेको फेन्सिङ एकेडेमीमा लेभल २ कोर्स आयोजना गरेको थियो ।

त्यसै एकेडेमीमा विभिन्न राष्ट्रबाट आएका खेलाडी तथा प्रशिक्षकहरूलाई राखेको थियो ।

प्रकाशित समय: मङ्गलबार ४ मङ्सिर, २०८१, १५:५३:३२
संसदमा रोचक दृश्य, खरेलको अभिव्यक्तिपछि केरुङ आक्रामक, औँला ठड्याउँदै पाखुरा सुर्किए
मङ्गलबार १२ जेठ, २०८३
‘वास्तविक र देखिने गरी नागरिकको दैनिक जीवनस्तर उकास्न सरकार प्रतिबद्ध छ’
मङ्गलबार १२ जेठ, २०८३
प्रधानमन्त्रीले एकसाथ भेटे ईयूका कूटनीतिज्ञलाई
मङ्गलबार १२ जेठ, २०८३
दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न अदालतको आदेश
मङ्गलबार १२ जेठ, २०८३
मनसुन प्रतिकार्यमा २६ हजार सुरक्षाकर्मी परिचालन गरिने
मङ्गलबार १२ जेठ, २०८३
पार्टी कार्यक्रममा हर्क साम्पाङको तस्वीर अनिवार्य प्रयोग गर्न निर्देशन
मङ्गलबार १२ जेठ, २०८३
काठमाडौंमा बर्ड फ्लु पुष्टि, उच्च सतर्कता अपनाउन अपिल
मङ्गलबार १२ जेठ, २०८३
सम्माननीय सभामुखज्यू, प्रधानमन्त्रीज्यूलाई हाजिर गराइदिनुस् : सांसद् बराल
मङ्गलबार १२ जेठ, २०८३
सांसद् राईको प्रश्न,जीवी राई कहिले पक्राउ पर्छन् ?
मङ्गलबार १२ जेठ, २०८३
त्रिभुवन विमानस्थलका सबै पसलमा नेपाली उत्पादन अनिवार्य गर्न सांसद् श्रेष्ठको माग
मङ्गलबार १२ जेठ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०