सिटीले हार्दा लिभरपुललाई फाइदा, शीर्ष स्थानमा बनायो ५ अंकको अग्रता

शब्द एक्स्प्रेस संवाददाता
आईतबार २५ कार्तिक, २०८१
२ वर्षअघि

विराटनगर । लिभरपुलले इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा शनिबार ५ अंकको ठोस अग्रता लिएको छ ।

घरेलु मैदान एन्फिल्डमा भएको खेलमा डारविन नुनेज र मोहमद सलाहको गोलमा एस्टन भिल्लालाई २–० गोलले पराजित गर्‍यो ।

Advertisement

यसअघिको खेलमा डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर सिटीको हारले लिभरपुललाई अझ फाइदा पुगेको हो ।

सिटी ब्राइटनसँग २–१ गोलले स्तब्ध भएको हो । लिभरपुलको ११ खेलबाट २८ अंक भएको छ । समान खेलमा सिटी २३ अंकमा दोस्रोमा छ ।

आर्ने स्लटको लिभरपुलले लिगमा ६ क्लिन सिट पनि राखेको छ । सिटी भने लगातार चौथो हार बेहोर्न बाध्य रह्यो ।

पेप ग्वार्डिओलाले सिटी आएयता लगातार चार हारको सामना गरेको यो नै पहिलो पटक हो ।

इर्लिङ हालान्डको गोलले अग्रता लिएपछि ब्राइटनले पुर्नआगमन रच्यो । उसका लागि जाओ पेड्रो र म्याट ओ’रिलेले गोल गरे ।

अन्य खेलमा ब्रेन्टफोर्डले बर्नमाउथलाई ३–२, फुलहमले क्रिस्टल प्यालेसलाई २–० र उल्भ्सले साउथह्याम्पटनलाई २–० ले हरायो ।

प्रकाशित समय: बुधबार १० असार, २०८३, ०५:५०:१०
भोक्राहामा विद्यार्थीलाई लक्षित गर्दै लागुऔषधविरुद्ध सचेतनामूलक कार्यक्रम
बिहिबार ११ असार, २०८३
रंगेली-५ का वडा अध्यक्ष र वडा सदस्य पक्राउ, के हो कारण ?
बिहिबार ११ असार, २०८३
वैकल्पिक विकास वित्त परिचालन विधेयक राष्ट्रपतिद्वारा प्रमाणीकरण
बिहिबार ११ असार, २०८३
पाकिस्तानले रक्षा बजेट १८ प्रतिशत बढाउँदै
बिहिबार ११ असार, २०८३
फौजदारी कानुन संशोधन : जीपीएस जोडेर कैदी घर बस्न पाउने
बिहिबार ११ असार, २०८३
कक्षा १२ को नतिजा त्रुटिपूर्ण रहेको भन्दै विद्यार्थीहरूले गरे प्रदर्शन
बिहिबार ११ असार, २०८३
विद्यालय गोलीकाण्डपछि ‘गोरबक्स’माथि प्रतिबन्ध
बिहिबार ११ असार, २०८३
भेनेजुएलामा भूकम्प : ३२ जनाको मृत्यु ७०० घाइते
बिहिबार ११ असार, २०८३
कैलालीमा ग्रिनेड विस्फोट हुँदा नेपाली सेनाका हुद्दाको मृत्यु
बिहिबार ११ असार, २०८३
प्रदेशसभा खारेजीको एजेन्डा छोड्न रास्वपालाई बाबुरामको सुझाव
बिहिबार ११ असार, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०