बलात्कार आरोप लागेपछि फ्रान्सको टोलीमा अटाएनन् एम्बाप्पे !

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार २३ कार्तिक, २०८१
२ वर्षअघि

विराटनगर । स्पेनिस क्लब रियल मड्रिडमा प्रभाव जमाउन संघर्ष गरिरहेका किलियन एम्बाप्पे फेरि फ्रान्सको टोलीबाट बाहिरिएका छन् ।

विश्वकप विजेता एम्बाप्पे युइएफएअन्तर्गत नेसन्स लिगअन्तर्गत इजराइल र इटालीविरुद्धको खेलका लागि टोलीमा नअटेका हुन् ।

बिहीबार प्रशिक्षक डिडिएर डेसच्याम्प्सले सार्वजनिक गरेको टिममा उनलाई समावेश गरिएको थिएन । यसअघि एमबाप्पे तिघ्राको चोटका कारण टोलीबाट बाहिरिएका थिए ।

तर, यस पटक एमबाप्पे घाइते नभएको र उनी छनोट हुन चाहेको डेसच्याम्प्सले बताए । स्ट्राइकरबिना आफ्नो छनोटबारेमा विस्तृत रूपमा बताएनन् ।

तर, स्विडेनको मिडियाले भने पेरिस सेन्ट-जर्मेनका पूर्वस्टारलाई बलात्कार अनुसन्धानको कारण टोलीमा नसमेटिएको बताएका छन् ।

गत महिना नेसन्स लिगमा फ्रान्सले इजरायल र बेल्जियमलाई हराउँदा एमबाप्पेले स्टकहोमको भ्रमण गरेका थिए ।

पछि स्वीडेनका सञ्चारमाध्यमले उनीमाथि बलात्कारको अनुसन्धान भइरहेको बताएका थिए । उनको कानुनी टोलीले ती रिपोर्टलाई झूटो भन्दै खण्डन गरेका छन् ।

यसै समरमा फ्रान्सेली क्लब पिएसजीबाट स्पेन पुगेका एम्बाप्पेको प्रदर्शन पछिल्ला केही सातायता राम्रो देखिएको छैन । आफ्नो नयाँ टोलीको खेल शैलीमा अनुकूलन गर्न उनी संघर्षरत छन् ।

गत महिना क्लासिकोमा बार्सिलोनासँग ४–० ले पराजित हुँदा एमबाप्पे अदृश्य भएका थिए ।

यो साता च्याम्पियन्स लिगमा एसी मिलानसँग ३–१ ले पराजित हुनुमा उनी कुनै कारक थिएनन् । एमबाप्पेले जुनयता फ्रान्सका लागि गोल गरेका छैनन् ।

फ्रान्सले नोभेम्बर १४ मा इजरायलसँग घरेलु मैदानमा खेल्नेछ र त्यसको तीन दिनपछि इटाली जानेछ । चार खेलपछि इटाली समूह तालिकाको शीर्ष स्थानमा छ र फ्रान्सभन्दा एक अंकले अगाडि छ । बेल्जियम तेस्रो स्थानमा छ ।

प्रकाशित समय: शुक्रबार २३ कार्तिक, २०८१, ११:५२:१०
बाढीले सर्वस्व गुमाएकी विष्णुकुमारीको उपचारमा सुनील शर्माको पहल, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण
बुधबार २४ भदौ, २०८३
सुनसरी–४ मा कांग्रेसको अधिवेशन सरगर्मी, क्षेत्रीय सभापतिमा गफार अन्सारीको उम्मेदवारी
बुधबार २४ भदौ, २०८३
गोल्छा च्यारिटी ट्रस्टद्वारा विपद् उद्धार कोषमा १ करोड ११ लाख सहयोग
मङ्गलबार २३ भदौ, २०८३
इटहरीको प्रहरी हिरासतमा ६८ वर्षीय थुनुवाको मृत्यु
मङ्गलबार २३ भदौ, २०८३
मकवानपुरमा १६२ किलो गाँजासहित दुई जना पक्राउ
मङ्गलबार २३ भदौ, २०८३
रूसमा हिमपहिरोमा परी ११ पर्वतारोहीको मृत्यु, ६ जना घाइते
सोमबार २२ भदौ, २०८३
ज्वालामुखी विस्फोटपछि इन्डोनेसियाका आठ विमानस्थल बन्द, १ लाख ७० हजार यात्रु प्रभावित
सोमबार २२ भदौ, २०८३
बाढी र जलवायु न्यायको विषय उठाउँदै इन्दिरा रानाले बेलायती उपसभामुखसँग गरिन् भेट
सोमबार २२ भदौ, २०८३
दुहबी नगरपालिकाले दियो २० युवालाई बारिस्टा तालिम, स्वरोजगार बनाउने लक्ष्य 
आईतबार २१ भदौ, २०८३
सुनको मूल्य तोलामा ३ हजार १ सय रुपैयाँले घट्यो
आईतबार २१ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०