वाइवाई यु-१९ राष्ट्रिय क्रिकेटको फाइनलमा सुदूर र लुम्बिनी भिड्ने

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार २० कार्तिक, २०८१
२ वर्षअघि

विराटनगर । विराटनगरमा जारी नरेश श्रेष्ठ मेमोरियल वाइवाई पुरुष यु-१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी प्रदेश भिड्ने भएका छन् ।

अंक तालिकाको शीर्ष स्थानमा रहँदै सुदूर र दोस्रो स्थानमा रहेको लुम्बिनीले बुधबार (भोलि) फाइनल खेलमा प्रतिस्पर्धा गर्ने भएका हुन् ।

Advertisement

लिगको सबै खेल सम्पन्न हुँदा सुदूरपश्चिमले ६ खेलमा ५ मा जित र १ खेलमा हार खेप्दै १० अंकका साथ शीर्ष स्थान कब्जा गर्‍यो ।

लुम्बिनीले पनि ६ खेलमा ५ मा जित र १ खेलमा पराजय बेहोर्दै १० अंक जोड्यो । तर, साथ नेट रन रेटका आधारमा पछि पर्दै लुम्बिनी दोस्रो स्थानमा रह्यो ।

गण्डकी प्रदेश ६ खेलमा तीन खेलमा जित र तीन खेलमा पराजित हुँदै ६ अंकका साथ तेस्रोमा रहँदा मधेशले ६ खेलमध्ये ३ मा जित र ३ खेलमा पराजय बेहोर्‍यो । ६ अंक भए पनि नेट रन रेटमा पछि पर्दै मधेश चौथो स्थानमा रह्यो ।

वागमती ६ खेलमध्ये दुई खेलमा जित र ४ खेलमा पराजित हुँदै चार अंकका साथ पाँचौं स्थानमा रहँदा कर्णाली ६ खेलमा दुई जित र ४ खेलमा पराजित हुँदै ४ अंकका साथ छैँटौं स्थानमा रह्यो ।

घरेलु टोली कोशी भने ६ खेलमध्ये एकमा जित र ५ खेलमा पराजित हुँदै दुई अंकका साथ पुछारमा रह्यो ।

प्रतियोगिताअन्तर्गत आज भएको खेलमा मधेश र कर्णाली प्रदेशले जित हात पारे ।

विराटनगरको मेर्लिबोन ज्वाला क्रिकेट मैदानमा भएको खेलमा कर्णालीले वागमती प्रदेशलाई २० रनले पराजित गरेको हो ।

टस जितेर ब्याटिङ गरेको कर्णाली निर्धारित ५० ओभरको २० दशमलव ५ बलमा सबै विकेट गुमाई ७५ रनमा सीमित भयो ।

कर्णालीका विजय बोहोराले १६ रन बनाउँदा कमल विष्टले १५ रनको योगदान दिए ।

वागमतीका दिनेश विष्टले ५ विकेट लिए । उनले ३ दशमलव ५ बलमा २ मेडन राख्दै ६ रन मात्र दिए । त्यस्तै दयानन्द मण्डलले ३ विकेट र दिपक सेरलाले २ विकेट लिए ।

७६ रनको विजयी लक्ष्य पाएको वागमतीले १८ दशमलव ३ बलमा सवै विकेट गुमाउँदै ५५ रनमा सीमित हुन पुग्यो ।

वागमतीका रोशन विश्वकर्माले १३ रन बनाउँदा उत्तम मगरले १० रनको योगदान दिए ।

कर्णालीका प्लेयर अफ द म्याचविपिन शर्माले ४ विकेट लिँदा युनिस ठकुरी र अनुज चनराले समान ३–३ विकेट लिए ।

आजै वैजनाथपुरको गिरिजाप्रसाद कोइराला खेल मैदानमा भएको रोमाञ्चक खेलमा मधेशले लुम्बिनीलाई १ विकेटले पराजित गरेको छ ।

यस खेलभन्दा अगाडि प्रतियोगितामा लुम्बिनी एकमात्र अपराजित टोली रहेको थियो ।

टस जितेर ब्याटिङ गरेको लुम्बिनीले निर्धारित ५० ओभरको खेलमा २० ओभरमा सबै विकेट गुमाई ७० रनको योगफल बनायो ।

लुम्बिनीका समीर अलीले सर्वाधिक १२ रनबाहेक अरू ब्याटरले दोहोरो अंकलाई छुन सकेनन् । मधेशका प्लेयर अफ द म्याच अविशेख तिवारीले सर्वाधिक ५ विकेट लिए । उनले ६ ओभरमा १६ रन दिए ।

७१ रनको लक्ष्य पाएको मधेशले २७ ओभरमा ९ विकेट गुमाउँदै लक्ष्य भेट्टायो । मधेशका मयन यादवले २२ रन बनाउँदा इमरमन शेखले ११ रनको योगदान दिए । लुम्बिका रमेह कुर्मीले ४ विकेट लिँदा सन्तोष यादवले ३ विकेट लिए ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
संघीय संसदका दुवै सदनको चालु अधिवेशन अन्त्य
बिहिबार १५ असोज, २०८३
अब ज्यालादारी र करारमा कर्मचारी नियुक्त गर्न नपाइने
बिहिबार १५ असोज, २०८३
भारतीय राजदूत श्रीवास्तव आजै फर्किँदै
बिहिबार १५ असोज, २०८३
बाढीपहिरोले क्षति पुर्‍याएको बेनी–जोमसोम सडक मर्मत सुरु
बिहिबार १५ असोज, २०८३
सामाजिक सञ्जाल नियमन गर्न छुट्टै कानुन ल्याउँदै सरकार, बालबालिकालाई उमेरगत प्रतिबन्धको तयारी
बुधबार १४ असोज, २०८३
इटहरीमा सीप तथा रोजगार मेला सुरु
बुधबार १४ असोज, २०८३
दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाउ आदेश
बुधबार १४ असोज, २०८३
महासभामा प्रधानमन्त्रीको सम्बोधन विश्वभर चर्चामा आयो : परराष्ट्रमन्त्री खनाल
बुधबार १४ असोज, २०८३
महाकालीको बाढीले दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुल भत्कियो
बुधबार १४ असोज, २०८३
चोलेन्द्रशमशेरलाई जेनजीबाट नभई अपरिचित समूहबाट थ्रेट आएको सरकारको स्पष्टीकरण
मङ्गलबार १३ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०