नेपालका पूर्वप्रशिक्षक बने श्रीलंकाको ‘कोच’, नेपालमा के-के थियो उनको योगदान ?

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार २० कार्तिक, २०८१
२ वर्षअघि

विराटनगर । श्रीलंका राष्ट्रिय फुटबल टोलीकाे मुख्य प्रशिक्षकमा अब्दुल्लाह अल्मुताइरी नियुक्त भएका छन् । नेपाली टोली सम्हालिसकेका उनी यसअघि श्रीलंकाकाे अन्तरिम प्रशिक्षक थिए ।

एसिया कप प्लेअफको लागि उनलाई दुई खेलमा प्रशिक्षककाे जिम्मेवारी दिइएको थियो । उनको प्रशिक्षणमा श्रीलंकाले कम्बोडियासँग पहिलो खेल गोलरहित बराबरी खेलेको थियो ।

Advertisement

दोस्रो खेलमा भने पेनाल्टी सुटआउटमा ४–२ ले विजयी हुँदै श्रीलंका तेस्रो चरणमा प्रवेश गरेकाे थियाे ।

अल्मुताइरीले नेपाललाई सन् २०२१ को साफ च्याम्पियनसिपमा पहिलोपल्ट फाइनलमा पुर्‍याएका थिए ।

कतारको तलब खाएर नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीलाई सिकाउन नेपाल आएका थिए, कुवेती अब्दुल्लाह अल मुताइरी ।

२०७७ चैत १८ गते एक वर्षका लागि नेपालको ‘कोच’ बनेका अल मुताइरीले २०७९ भदौ २६ गते जिम्मेवारी त्यागेको घोषणा गरे ।

अखिल नेपाल फुबटल संघ (एन्फा)ले दोस्रोपटक सम्झौता थपेको थियो । अल्मुताइरी र एन्फाबीच २०७८ कात्तिकमा तीन वर्षको लागि नयाँ सम्झौता भएको थियो ।

५२५ दिन नेपाली फुटबललाई सेवा गरेपछि अल्मुताइरीले सामाजिक सञ्जालमार्फत् आफ्नो कार्यअवधि टुंग्याएको घोषणा गरेका थिए ।

खेलाडी र समर्थकले औधि रुचाएको र नेपाल नै बस्ने मन हुँदाहुँदै पनि प्रशिक्षक अलमुताइरीले कुवेत फर्किने निधो गरेका थिए ।

यसको प्रमुख कारण थियो, अखिल नेपाल फुटबल संघ (एन्फा) भित्रको किचलो ।

साफ च्याम्पियनसिपको ३८ वर्षे लामो इतिहासमा नेपाललाई पहिलोपल्ट फाइनलमा पुर्‍याएका अल्मुताइरीसँग तत्कालीन वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङको विवाद भएको थियो ।

राजीनामा दिँदा नेम्वाङकै नाम उल्लेख गरेका थिए, अलमुताइरीले । पछि छानबिन नभई उक्त विषय त्यतिकै टुंगियो । र, उनले नेपाल छोडे ।

नेपाली फुटबल टोलीले पहिलोपटक पाएको प्रो–लाइसेन्सप्राप्त प्रशिक्षक थिए, उनी । कतार फुटबल एसोसिएसनले एक वर्षका लागि अल्मुतारीलाई प्रशिक्षकको रूपमा पठाएको हो ।

जसअन्तर्गत उनले कतार फुटबल एसोसिएसनबाट मासिक तलब पाउँथे । तर, उनलाई एन्फाले बस्ने र खाने सुविधाको व्यवस्था गरेको थियो ।

अलमुताइरीको डेढ वर्षको बसाइमा उनी नेतृत्वको नेपालले १९ खेल खेल्दा पाँच खेलमा जित, र दुई खेलमा बराबरी खेल्यो ।

१२ खेलमा भने नेपालको नतिजा निराशाजनक रह्यो । तथापि, ती हारहरूमा हुने गोलान्तरमा भने व्यापक रूपमा फेरबदल आएका कारण उनी समर्थकको नजरमा परे ।

त्यसबाहेक अलमुताइरीले फुटबल विकासको लागि नेपाललाई आर्थिक सहयोग गर्न फिफा र एएएफसीलाई अपिल पनि गर्नेगरेका थिए ।

नेपाली फुटबल व्यावसायिक नभएकै कारण गुणस्तरीय फुटबल खेलाडी उत्पादन गर्न नसकेको उनको निष्कर्ष थियो ।

नेपाली खेल र खेलाडीलाई योगदान दिन रुचि भएका अलमुताइरी २०७८ मा वर्षकै उत्कृष्ट प्रशिक्षक घोषित भएका थिए ।

उनको कमान्डमा नेपाल पहिलोपटक एएफसी एसियन कप २०२३ प्रतियोगित छनोटअन्तर्गत तेस्रो चरणसम्म पुगेको थियो ।

त्यसैगरी, उनकै नेतृत्वमा गत वर्ष माल्दिभ्समा भएको १३औँ साफ च्याम्पियनसिपमा नेपालले फाइनल यात्रा तय गरेको थियो । तर, उपाधि भने जित्न सकेन ।

नेपाल आउनुअघि कुवेत र साउदी अरेबियाको कोचको भूमिका उनले निभाएका थिए ।

त्यसैगरी उनले कीर्गिस्तान यू–१६ टिमलाई २०१९ देखि २०२० सम्म एक वर्ष कोच गरेका थिए ।

नेपाली फुटबलका ‘गेमचेन्जर’ का रूपमा चिनिएका अलमुताइरीले दोस्रो पटक तीन वर्षका लागि सम्झौता भएको एक वर्ष पनि नपुग्दै नेपाल छोडे ।

अल्मुताइरी अफगानिस्तान र कुवेती क्लब अल जाहराको प्रशिक्षक हुँदै श्रीलंकाको प्रशिक्षकका रूपमा छन् ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
संघीय संसदका दुवै सदनको चालु अधिवेशन अन्त्य
बिहिबार १५ असोज, २०८३
अब ज्यालादारी र करारमा कर्मचारी नियुक्त गर्न नपाइने
बिहिबार १५ असोज, २०८३
भारतीय राजदूत श्रीवास्तव आजै फर्किँदै
बिहिबार १५ असोज, २०८३
बाढीपहिरोले क्षति पुर्‍याएको बेनी–जोमसोम सडक मर्मत सुरु
बिहिबार १५ असोज, २०८३
सामाजिक सञ्जाल नियमन गर्न छुट्टै कानुन ल्याउँदै सरकार, बालबालिकालाई उमेरगत प्रतिबन्धको तयारी
बुधबार १४ असोज, २०८३
इटहरीमा सीप तथा रोजगार मेला सुरु
बुधबार १४ असोज, २०८३
दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाउ आदेश
बुधबार १४ असोज, २०८३
महासभामा प्रधानमन्त्रीको सम्बोधन विश्वभर चर्चामा आयो : परराष्ट्रमन्त्री खनाल
बुधबार १४ असोज, २०८३
महाकालीको बाढीले दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुल भत्कियो
बुधबार १४ असोज, २०८३
चोलेन्द्रशमशेरलाई जेनजीबाट नभई अपरिचित समूहबाट थ्रेट आएको सरकारको स्पष्टीकरण
मङ्गलबार १३ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०