लुम्बिनी वाइवाई यु-१९ राष्ट्रिय क्रिकेटको फाइनलमा, कोशी बाहिरियो

शब्द एक्स्प्रेस संवाददाता
शनिवार १७ कार्तिक, २०८१
२ वर्षअघि

विराटनगर । विराटनगरमा जारी नरेश श्रेष्ठ मेमोरियल वाई वाई पुरुष यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्विनी र वागमती प्रदेशले विजयी भएका छन् ।

प्रतियोगिताअन्तर्गत शनिबार भएको खेलमा लुम्विनीले लगातार ५ खेलमा जित हात पार्दै एक खेल अगाडी नै फाइनलमा प्रवेश गरेको छ भने वागमतीले कोशीलाई पराजित गर्दै फाइनलमा पुग्ने आशालाई जिवितै राखेको छ ।

Advertisement

बैजानाथपुरको गिरिजाप्रसाद कोइराला खेल मैदानमा भएको खेलमा वागमतीले कोशी प्रदेशलाई ७० रनले पराजित गरेको हो ।

पराजित भएसँगै कोशीको फाइनल यात्रा समाप्त भएको छ ।

टस जितेर ब्याटिङ गरेको वागमतीले निर्धारित ५० ओभरको खेलमा ४८ दशमलव ३ बलमा सवै विकेट गुमाई १ सय ८१ रनको सामान्य योगफल बनायो । वागमतीका शार्थक धितालले ३५ रन बनाउँनु उत्तम मगरले पनि ३५ रन बनाए । काशीका प्रतिक पोखरेलले ३ विकेट लिँदा प्रेम कामतले पनि ३ विकेट लिए ।

१ सय ८१ रनको लक्ष्य पाएको कोशीले २९ दशमलव ५ बलमा सवै विकेट गुमाउँदै १ सय ११ रनमा सिमित भयो ।

कोशीका सोनु अन्सारीले ३० रन बनाउँदा क्रितिक कामतले २६ रन जोडे ।

वागमतीको प्लेयर अफ म्याच दिपक सेरलाले सर्वाधिक ५ विकेट लिए ।

उनले १० ओभरमा ३ मेडन राख्दै २० रन दिए । वागमतीले ४ खेलमा २ मा जित हात पार्दै तेस्रो स्थानमा उक्लिएको छ भने कोशीले खेलेको ५ खेलमा १ मा जित र ५ खेलमा पराजित हुँदै छैठौ स्थानमा रहेको छ ।

त्यसैगरी, मेर्लिबोन ज्वाला क्रिकेट मैदानमा आजै भएको अर्काे खेलमा लुम्विनीले गण्डकी प्रदेशलाई ५ विकेटले पराजित गरेको छ ।

आज विहान पानी परेका कारणले २७ ओभरमा छोट्याएको खेलमा टस जितेर ब्याटिङ गरेको गण्डकीले ९ विकेट गुमाई ८६ रन बनायो ।

गण्डकीका सोहेल कुवँरले सर्वाधिक २५ रनको योगदान दिए ।

लुम्विनीका सन्तोष यादवले ३ विकेट लिँदा आकाश त्रिपाथीले पनि ३ विकेट लिए ।

८७ रनको विजयी लक्ष्य पाएको लुम्विनीले २२ दशमलव ४ बलमा ५ विकेट गुमाउँदै पार गरेको थियो ।

लुम्विनीका सन्तोष यादवले सर्वाधिक नटआउट ४४ रन बनाए ।

गण्डकीका अपरित पौडेल र सिब्रीन श्रेष्ठले २–२ विकेट लिए ।

प्लेयर अफ द म्याच लुम्विनीका अलराउण्डर खेलाडी सन्तोष यादव घोषित भए ।

गण्डकीले खेलेको ५ खेलमा जित्दै निकाल्दै १० अंकका साथ पहिलो स्थानमा रहेर फाइनलको यात्रा तय गरेको छ भने गण्डकीले खेलेको ५ खेलमा २ मा जित र ३ मा पराजित हुँदै ४ अंकका साथमा चौथो स्थानमा छरेको छ ।

आइतबारको खेल बैजानाथपुरको गिरिजाप्रसाद कोइराला खेल मैदानमा सूदुरपीशचम र वागमती प्रदेश तथा मेर्लिबोन ज्वाला क्रिकेट मैदानमा गण्डकी र कर्णाली प्रदेशबीच खेल हुनेछ ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
संघीय संसदका दुवै सदनको चालु अधिवेशन अन्त्य
बिहिबार १५ असोज, २०८३
अब ज्यालादारी र करारमा कर्मचारी नियुक्त गर्न नपाइने
बिहिबार १५ असोज, २०८३
भारतीय राजदूत श्रीवास्तव आजै फर्किँदै
बिहिबार १५ असोज, २०८३
बाढीपहिरोले क्षति पुर्‍याएको बेनी–जोमसोम सडक मर्मत सुरु
बिहिबार १५ असोज, २०८३
सामाजिक सञ्जाल नियमन गर्न छुट्टै कानुन ल्याउँदै सरकार, बालबालिकालाई उमेरगत प्रतिबन्धको तयारी
बुधबार १४ असोज, २०८३
इटहरीमा सीप तथा रोजगार मेला सुरु
बुधबार १४ असोज, २०८३
दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाउ आदेश
बुधबार १४ असोज, २०८३
महासभामा प्रधानमन्त्रीको सम्बोधन विश्वभर चर्चामा आयो : परराष्ट्रमन्त्री खनाल
बुधबार १४ असोज, २०८३
महाकालीको बाढीले दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुल भत्कियो
बुधबार १४ असोज, २०८३
चोलेन्द्रशमशेरलाई जेनजीबाट नभई अपरिचित समूहबाट थ्रेट आएको सरकारको स्पष्टीकरण
मङ्गलबार १३ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०